रुँदै फर्किइन् ग्यापा तामाङ

सोल (कोरिया), असार १४ – धादिङ लापाकी ग्यापा तामाङ कोरियाबाट रुदै घर फर्केकी छिन् । कोरियन पुरुषसूग बिहे गरेकी २५ बर्षे कान्छी छोरी गौरी तामाङले आत्माहत्या गरेपछि पोस्ट मार्टम प्रतिबेदन बुझ्न र शव दाहसस्कार गर्न उनी यहाँ आएकी थिइन् ।
घटना सुनेदेखि बग्न सुरु गरेका उनका आँशु घर फर्किन्छन्, एयरपोर्ट पुग्दासम्म रोकिएका थिएनन् । ‘मेरो मुटुको धड्कनले किन छोडेर गइ ?’ भन्दै ग्यापा एकोहोरो कहाल्लिन्थीन् गम्च्छिनमा । ‘मलाई सुखी राख्छु भनेर बाचा गरेको यहि हो ?’ उनी हिक्हिकाउदै देहत्याग गरेकी छोरीलाई सोध्थिन् । संगै रहेका ज्वाइू छाङ ब्यङ दोको चित्त दुखाई पनि उस्तै छ । ‘जति नै दुख कस्ट भए पनि किन प्राण त्याग्नु ?’
एकछिन पीडा बिसाएर ग्यापाले कुरा गरिन् । साथीको लहै लहैमा लागेर गौरी कोरियन पुरुष खोज्दै हिडेकी थिई रे । आफु र श्रीमान् बेलबहादूर तामाङले रोक्ने धेरै प्रयास गरे पनि गौरी नमानेको पनि खुलासा गरिन् । ‘आमा बुबाको मन न हो छोरा छोरी खुशी हुन्छन् भने किन इच्छा पुरा नगरिदिने भनेर स्वीकृति दिएकी थियौं तर हामीलाई आूशुको सागरमा डुबाएर गइ’ ग्यापाले भरिलो आूशु पुछ्दै भनिन् । गौरी आफैंले म्यारिज ब्युरो खोज्दै गएर गत बर्षको अक्टोबरमा गम्च्छिनका ५० बर्षका छाङ ब्यङ दोसूग बिहे गरेकी थिइन् । काठमाण्डौका सुपर म्यारिज ब्युरो र लाम्टाङ म्यारिज ब्युरोले उनीहरुको बिबाहको चाँजोपाँजो मिलाएको थियो ।
गौरीले आत्माहत्या गर्नुको कारण स्पस्ट नखुले पनि पूर्व तयारी गरेर आत्महत्या गरेको तथ्य ‘आइ वान्ट टु डाइ’ भनेर मे १४ मा लेखेको सुसाइट नोटबाट थाहा हुन्छ । उनले ‘तिमी अर्कैसंग रमाउ’ पनि लेखेकी छिन् ।
त्यस्तै त्यहाँको बहुसांस्कृतिक परिवारका सदस्यहरुसूग पनि सम्झनाका लागि भन्दै तस्बिर खिचाएकी थिइन् । उनले मे ३१ मा कोहि नभएका बेला आफू बस्दै आएको घरमा सलले झुण्डिएर आत्माहत्या गरेकी थिइन् । अंग्रेजीमा लेखिएको छोरीको नोट सहयोगीहरुले उल्था गरेर सुनाएपछि ‘म्यारिज ब्यूरोहरु मार्फत आएर कुनै छोरीले कोरियामा मर्नु नपरोस् र फेरी कुनै नेपाली आमाहरु यो भूमीमा रुन नपरोस् ।’ ग्यापाले भनिन् । भावबिह्वल उनले बिदेशीसँग बिबाह गराउने म्यारिज ब्यूरोहरुलाई सरकारले तत्काल बन्द गर्नुपर्ने माग पनि राखिन् ।
परिवारिक सहमतिमै गौरीको शब बौद्ध परम्परा अनुसार दाह संस्कार गरिएको थियो । शव स्थानीय जेइल अस्पतालमा राखिएको थियो । अस्पतालले पोस्टमार्टमको प्रारम्भिक प्रतिबेदन सार्बजनिक गर्दै गौरीको शरीरमा कुनै प्रकृतिको खत र बिषजन्य पदार्थको प्रयोग नभएको जनाउदै दाह संस्कारका लागि अनुमति दिएको थियो ।
बैबाहिक भिसामा कोरिया आएर आत्माहत्या गर्ने गौरी पहिलो नेपाली महिला हुन् । नेपाली दूतावासको तथ्यांक अनुसार हालसम्म १ हजार ५० नेपाली महिलाहरु बैबाहिक भिसामा आएका छन् । यी मध्ये अधिकांश घरेलु हिंसामा रहेको छन् ।

श्रीमान् भेटन आउँदा अर्कैसँग प्रेम

ललितपुर, १६ असार-  सप्तरीकी बिपना गिरी नियमित रूपमा नक्खु कारागारमा श्रीमान् भेट्न आउँथिन् । सोसियल रिह्याबिलिटेसन सेन्टर (सीआरसी) मा रहेका श्रीमान् भेट्न आउने क्रममा उनको ड्रग रिह्याबिलिटेसन सेन्टर (डीआरसी) मा रहेका एक कैदीसँग चिनजान भयो । त्यसको तीन÷चार महिनापछि अर्काे पुरुषसँगको सम्बन्ध बाक्लिँदै गयो । उनी कारागारमा खानेकुरा लिएर भेट्न अझ बढी आउन थालिन् तर श्रीमान्लाई होइन, अर्कै पुरुषलाई । ती पुरुष तीन महिनाअघि मात्र सजाय सकाएर बाहिरिए । नक्खु कारागारका आन्तरिक प्रशासनका एक कर्मचारीका अनुसार जेलबाट छुटेलगत्तै उनीहरूको विवाह भएको छ । उनको पहिलो श्रीमान्को सजाय सकिन भने अझै नौ महिना बाँकी छ । उनी मात्र होइन, पछिल्लो समयमा नक्खु कारागारमा यस्तो घटना समान्य बन्न थालेको छ । सप्तरीकै अर्का एक कैदीलाई पनि ६ महिना पहिले यही कारागारमा रहँदा नै श्रीमतीले छाडेकी थिइन् । कारागार प्रशासनका अनुसार युनिटीको मुद्दामा कारागार परेका बन्दीहरूमध्ये दुईजना बन्दी एउटै ब्लकमा थिए, उनीहरू दुवै मिल्ने साथी पनि । त्यस क्रममा एक बन्दीकी श्रीमती नियमित भेट्न आउँथिन् । अर्का बन्दीको भाइ आउँथे । घर पनि नजिकै भएकाले युवक दाइ र युवती श्रीमान् भेट्न सँगै आउँथे । दाइको साथीको श्रीमती भएकाले उनले पनि ‘भाउजु’ भन्दै मोटरसाइकलमा सँगै लाने–ल्याउने गर्थे । तीन-चार महिनादेखि भेट्न आउने दुवै कारागारमा आएनन् । दुवै बन्दीलाई आफन्तहरूले उनीहरूका सम्बन्धका कुरा सुनाउन थाले । सुरुमा त उनीहरूले विश्वास गरेनन् । ‘तर, मन्दिरमा गएर विवाह नै गरेपछि नपत्याई सुखै पाएनन्,’ उनीहरू भन्छन् । त्यही विषयलाई लिएर उनीहरूबीच झगडासमेत भएको थियो । यी दुई घटनापछि अहिले कारागारमा रहेका सबै कैदी कतिखेर आफ्नी श्रीमती पनि अरूसँग गएको समाचार सुन्नुपर्ने हो भन्ने चिन्तामा डुब्न थालेका छन् । अविवाहित युवा–युवतीले प्रेम गर्नु नौलो कुरा होइन तर श्रीमान् कैदमा परेपछि श्रीमतीले अर्कैसँग प्रेम सम्बन्ध गरी विवाह गर्दा स–साना लालाबालाको हालत कस्तो होला ? नक्खु कारागारका कैदीहरू अहिले यही पीडामा छन् । श्रीमती अर्कैसँग गएपछि उनीहरूले भोग्नुपरेको यो समस्या निकै पीडादायी पनि छ । विधिपूर्वक विवाह गरेका तर कुनै अभियोगमा जेलमा परेका ती कैदीहरू आफ्नी श्रीमतीको चिन्तामा जेलजीवन बिताइरहेका छन् । आफ्ना साथीका श्रीमतीले छाडे रे भन्ने कुरा सुन्दा सुन्दै आफू पनि कहिले यही पीडामा पर्ने हो भन्ने चिन्ता उनीहरूमा सधैं हुने गरेको छ । नक्खु कारागारमा हाल ५ सयको हाराहारीमा कैदी छन् । जसमध्ये विवाहित कैदी धेरैजसोका श्रीमती अर्कै व्यक्तिसँग विवाह गरेर गएका छन् । कलेज, पार्क अनि फिल्म हल प्रेमको सुरुआत हुने ठाउँ भएजस्तै नक्खु कारागार पनि पछिल्ला वर्षमा प्रेम र वैवाहिक सम्बन्ध तोडिने ठाउँ बन्दै छ । विभिन्न किसिमका अपराध प्रमाणित भएर कारागारमा परेका कैदी मात्र होइन, मुद्दा नटुंगिएका थुनुवा पनि कारागारभित्र रहँदा श्रीमतीबाट विछोडको चपेटामा परेका छन् । कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार कतिपय बन्दी÷कैदीका श्रीमतीले जेलमा भेट्न आउने क्रममा अन्य पुरुषसँग चिनजान भई विवाह भएको छ । कारागारभित्र साताको एक-दुईओटा सम्बन्ध अन्त्य सामान्य लाग्न थालेको यहाँ कार्यरत कर्मचारी बताउँछन् । कैदी-बन्दीलाई कारागारभित्र हुँदासम्म सबैभन्दा बढी चिन्ता नै श्रीमतीको हुने कैदी शेख सफी बताउँछन् । उनका अनुसार परिवारका अरू सदस्यहरू पर्खेर बस्नेमा ढुक्क भए पनि उनीहरू श्रीमतीप्रति ढुक्क हुन सक्दैनन् । ‘बूढा भएका बाबु–आमा र साना छोराछोरी पर्खेर बस्छन् भन्नेमा ढुक्क हुन्छ,’ उनले भने, ‘तर, श्रीमतीले अर्काेसँग विवाह गरी भन्ने खबर कहिले आउला भनेर सधैं डर हुन्छ ।’ श्रीमती अपरिपक्व उमेरको हुँदा चिन्ता बढी हुने उनले बताए । त्यसो त चार÷पाँचजना सन्तानलाई छाडेर अर्काे पुरुषसँग विवाह गरेको घटनाले उनीहरूलाई झनै सशंकित तुल्याएको छ । श्रीमती छाडेर गए बालबालिकाको बिचल्ली हुन्छ भन्ने चिन्ता उनीहरूमा हुने गर्छ । ‘यहाँ त दिनहुँजस्तो सम्बन्ध टुटेको र अर्कैसँग जुटेको नयाँ–नयाँ कथा सुन्न पाइन्छ,’ कारागार प्रमुख लक्ष्मीप्रसाद रेग्मी भन्छन्, ‘भर्खर विवाह गरेकादेखि ४०|-५० वर्ष पुगेका महिलासमेत सन्तानको विवाह गर्ने उमेरमा छाडेर गएका छन् ।’ श्रीमान् कारागारमा परेको दुई÷तीन महिनामा नै विवाह गर्ने गरेको उनले बताए । श्रीमती अर्काेसँग विवाह गरेपछि थोरैका बालबालिका परिवारका अरू सदस्य र आफन्तसँग बस्ने अनुभव पनि रेग्मीले सुनाए । अधिकांश कैदी÷बन्दीका सन्तान संस्थाहरूमा बसेका छन् । बिदाका समयमा उनीहरूले सन्तानलाई कारागारभित्र ल्याउने गरेका छन् । स्वास्थ्य सहायकका रूपमा कारागारमा कार्यरत तिलबहादुर बस्नेतका अनुसार त्यहाँभित्र आउनासाथ १० प्रतिशतलाई मानसिक रोग लाग्ने गरेको छ । लामो समय कारागार बस्नुपर्ने हत्या, लागूऔषधलगायतका मुद्दामा यस्ता घटना बढी हुने गर्छन् । मानसिक रोगीमध्ये पनि धेरैलाई कडा खालका मानसिक रोग लाग्ने उनले बताए । ‘कारागारभित्र शारीरिक रोगभन्दा पनि मानसिक रोगको बढी खतरा रहन्छ,’ उनले भने ।  कैदी-बन्दीको प्रजनन अधिकारका विषयमा नीति बन्न नसकेको उनीहरूको गुनासो छ । आर्थिक अवस्था न्यून भएकै कारण अपराधमा संलग्न हुने धेरै रहेको जेलर रेग्मीले बताए । परिवारका अरू सदस्यले सहयोग नगर्दा वा आर्थिक भार पर्नु पनि कैदी÷बन्दीको श्रीमतीको अर्काे विवाहको कारण बनिरहेको छ । ‘कतिपय अवस्थामा अर्काे विवाह उनीहरूको बाध्यता बन्छ भने कतिका लागि रहर भएको छ,’ रेग्मीले राजधानीसँग भने । विकसित मुलुकमा जस्तै ‘प्रजनन अधिकार’ सम्बन्धी नीति बन्न सके यस्ता घटनामा कमी आउने कैदी÷बन्दीको बुझाइ छ ।  

आफनै भतीजोले गर्भ बोकाएपछि…

१६ असार- आफ्नै भतिजोले गर्भ बोकाएर भागेपछि ओखलढुंगा कुन्तादेवीकी एक महिलाले प्रहरीमा भतिजोलाई पति बनाइदिन माग गर्दै उजरी दिएकी छन् । कुन्तादेवी –९ साउनेकी काकी नाता पर्ने २३ वर्षीया विश्वकर्मा थरकी एक महिलाले शुक्रबार भतिजोलाई झिकाएर पति बनाइदिन माग गर्दै उजुरी दिएकी हुन् । भतिजोले गर्भ बोकाएको पाँच महिना भइसकेको उनले बताइन् । 

पाँच महिनापछि एकाएक भतिजो बेपत्ता भएपछि ती महिला प्रहरीमा आएकी हुन् । उनका श्रीमान एक वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । उनका दुई भाइ छोरा छन् । सासु ससुरासँगै घरमा बस्दै आएकी विश्वकर्मासँग भतिजो हेमले जिल्ला सदरमुकाम आएका बेला ललाईफकाई अवैध यौन सक्पर्क गरेको उनको दावी छ । श्रीमानले विदेशबाट पठाएको पैसा लिन सदरमुकाम आएका बेला हेमले अफिस हेर्न जाउँ भन्यो, अनि आफ्नै अफिसभित्रै लगेर अपिसमा नै नचाहँदा नचाहँदै यौन सम्पर्क गरेको उनले बताइन् । आफूले काकी भतिजाको नातामा यस्तो गर्नु हुँदैन भन्दा पनि हेमले नमानेको बताइन् ।

वि.क.को शारीरिक अवस्था फरक देखिएपछि गाउँमा आमा समूहको बैठकमा कुरा उठेको थियो । त्यसपछि घटना बाहिर आएको महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी हेमकुमारी तामाङले बताइन् । उनको अहिले गाउँमा बस्न सक्ने अवस्था छैन । तामाङका अनुसार सासु ससुराले घर निकाला गरे पनि केटालाई झिकाउँदासम्मका लागि समाजमा छलफल गरी घरमै बस्ने वातावरण मिलाइएको छ । आफ्नै दाजुभाइ परेकाले हाडनाता लाग्ने भएकाले उनीले गाउँ नै छाड्नुपर्ने स्थानीय विक परिवारले बताउँदै आएका छन् । उजुरी गर्ने ठाउँ थाहा नभएको र गर्भ नरहला भनेर त्यसबेला कतै उजुरी नगरेको पीडित विकले बताइन् ।
यता भतिजाको गर्भ बोक्ने बुहारीलाई घरमा राखेको भन्दै समाजले घृणा गर्न थालेकोमा सासुले दुःख व्यक्त गरिन् । बुहारी र नातिको माया त लागे पनि बुहारीको बुद्धि बिग्रनाले समाजमै बदनाम हुनु परेको उनको गुनासो छ। विदेशमा पसिना चुहाएर भए पनि बालबच्चालाई गास, बास जुटाउन छोरा मलेसिया गएका बेला यस्तो घटना सामना गर्नु परेको परिवारको गुनासो छ।

र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले भने आरोपित व्यक्तिलाई खोजी गरिरहेको र अनुसन्धान पश्चात मात्रआरोपितको संलग्नताको बारेमा बास्तविकता पत्ता लाग्ने बताएको छ । 

पार्टीको टुटे पनि सम्धीको नाता


काठमाडौं - दुई नेता निकै हतारमा थिए– दुलहीको बुबा बैठकको तयारीमा थिए भने दुलाहाका बुबा बैठक जाने तयारीमा। एउटालाई शनिबारदेखि सुरु हुने बैठकको तयारी गर्न पोखरा जाने हतार, अर्कोलाई पार्टी जिम्मेवारी बाँडफाँट के होला भनेर पेरिसडाँडा पुग्ने चटारो।

तर यही चटारोबीच दुवैले शनिबार बिहान २ घन्टामै आफ्ना सन्तानको बिहे सम्पन्न गराए।  
असार १५ मा किसानलाई रोपाइँमा जानेजस्तै शनिबार हतारमा रहेका दुई सम्धी थिए – नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र एकीकृत माओवादीका केन्द्रीय सदस्य केशव नेपाल। वैद्य पोखरा जाने तयारी थिए भने नेपाल पेरिसडाँडा पुग्ने। तर हतार–हतार नेपालका एक्ला छोरा अनज र वैद्यकी कान्छी पुत्री सृजनाबीच शुक्रबार बिहेको गाँठो कसियो।
संविधानसभा चुनाव बहिष्कार, उपयोग वा भाँड्ने नीति बुन्न पोखरा जान लागेका वैद्यले धापासीनजिकैको डेराबाट छोरी अन्माए। बुधबार मात्र केटा–केटीबीच प्रेम सम्बन्ध रहेको  दुवै नेताले थाहा पाएका थिए। बिहे गर्न राजी भएको कुरा उनीहरूले आमाबुबासँग निर्धक राखेपछि बुधबारै केटा–केटीको औपचारिक भेट गराइएको थियो।
'बुधबार बिहेको कुरो छिनियो। बिहिबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कोर्ट म्यारिजका लागि निवेदन दिए,' एक जन्तीले भने, 'शुक्रबार दुवै नेतालाई बैठकको हतारो थियो। बिहे बिहानै सक्ने निर्णय भएको हो।' वैद्यले दुई पार्टीको वैचारिक कारणले सम्धी नेपाललाई बिहे आफ्नो घरमा नगर्ने कि भन्ने जिज्ञासा राखेपछि नेपालले कोर्टबाटै घर लैजाने जवाफ दिएका थिए।
वैद्यको घरबाट एकाएक बैठकमा हिँड्न हतार छ, बिहे बिहानै सक्ने कि? भनेर नेपाल परिवारलाई फोन गएपछि दुई घन्टामा बिहे सकाइएको थियो। इन्जिनियरिङ पढिरहेका अनुज एकीकृत माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन्। २०६३ सालमा अनुज बुवासँगै माओवादीमा प्रवेश गरेका थिए। सृजना स्नात्तककोत्तर गरिरहेकी छिन्।
कोटपाइन्ट र टाई लगाएका अनुज दुलाहा जस्ता देखिन्थे भने दुलहीले कुर्थासुरवाल पहिरिएकी थिइन्। बिहेमा मण्डप थिएन, टिटेबुलमा सेतो फूलको माला र रातो टीका थियो। दुलाहा–दुलही दुवैले एकअर्कालाई माला लगाइदिएपछि सहभागीले ताली बजाए र बिहे टुंगियो।
दुई पार्टीका तर्फबाट कसैलाई नबोलाउने सहमति भएको थियो दुई सम्धीबीच। तर 'पोखरा हिँड्न हतार छ' भन्दै महासचिव रामबहादुर थापा, सचिव नेत्रविक्रम चन्द, कुलबहादुर केसीलगायत नेता वैद्य निवास पुगे। नेपालले तत्कालै वैद्यका माइली छोरी चेतनाका ससुरा एवं एकीकृत माओवादीका नेता अग्निप्रसाद सापकोटालाई बोलाए। सहभागी नेताहरूले दुलाहा–दुलहीलाई टीका र खादा लगाएर बधाई दिएका थिए।
दुलाहा–दुलही दुवै राजनीतिक परिवारमा हुर्केको सन्दर्भ औंल्याउँदै वैद्यले छोटो भाषढण पनि गरे। 'कम्युनिस्ट संस्कार र सिद्धान्तका लागि यो नयाँ आयाम हो। यो रूपान्तरणलाई हामीले भावनात्मक एकताका रूपमा अँगाल्नु पर्छ,' वैद्यले छोरी–ज्वाइँलाई बधाई दिँदै भने।
छोराबुहारीलाई घर भित्र्याउँदाको खुसीमा नेपालले भने, 'जीवन एकता, संघर्ष, रूपान्तरण हो। यही दिशामा छोराबुहारीले जीवनको सुरुवात गर्ने छन्। यो परिवार राजनीतिक संस्कारमै हुर्केकाले त्यो दिशा समाउनेमा ढुक्क छु।'
२०४२ सालमा नेकपा (मशाल)को पाँचौं महाधिवेशनबाट वैद्य महामन्त्री बन्दा नेपालले उनलाई सहयोग गरेका थिए। त्यतिबेला वैद्यलाई सहयोग गर्ने एकसय ७ जनामध्ये सिन्धुपाल्चोक निवासी नेपाल पनि थिए। नेपालपछि मोहनविक्रम सिंहकै पार्टीमा फर्केका थिए। वैद्यका तीन छोरीमध्ये माइली चेतनाको अग्नि सापकोटाका जेठा छोरा दीपकसँग बिहे भएको हो। संयोगले वैद्यका दुई सम्धी सिन्धुपाल्चोक र एकीकृत माओवादी पाटीकै छन्। जेठी छोरी बिहे गरेर सिलिगुडी बागदुगरा पुगेकी छिन्।

विदेश बस्ने जग्गा धनीलाई थाहै नदिई डेढ करोडको जग्गा बिक्री


१६ असार, काठमाण्डौं । विदेशमा बस्दै आएका एक व्यक्तिको दुई करोडभन्दा बढी मूल्य पर्ने जग्गा उनलाई थाहै नदिई बिक्री भएको छ । नक्कली जग्गाधनी प्रमाणपत्र बनाई जग्गा बिक्री भएको हो । अर्काको जग्गा बिक्री गरी करोडौं कमाउन खोज्ने दुई जना भने प्रहरीको फन्दामा परेका छन् ।

विदेशमा रहेको मौका छोपी रुपन्देहीका रसिब धिताको बूढानिलकण्ठस्थित दुई रोपनी जग्गा नक्कली कागजपत्रका आधारमा बिक्री भएको हो । नक्कली जग्गाधनी प्रमाणपत्र तथा धितालको नाममा नक्कली नागरिकता बनाएर जग्गा खरिदबिक्री गर्ने झापा घर भई गोंगबु बस्ने सुमन श्रेष्ठ र बूढानिलकण्ठका कान्छा थापा पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरुलाई शुक्रबार पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

सिआइबीका अनुसार अभियुक्त श्रेष्ठले आफूलाई रसिव धितालका रुपमा प्रस्तुत गरी सो जग्गा राजन श्रेष्ठलाई १ करोड ५५ लाख रुपैयाँमा बिक्री गरेका थिए । वास्तविक जग्गाधनी धितालले आफ्नो जग्गा बिक्र भइसकेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए । मालपोत कार्यालयबाट उनको जग्गा राजन श्रेष्ठका नाममा नामसारी भइसकेको थियो । श्रेष्ठले पनि सो जग्गा अन्य व्यक्तिलाई बिक्री गरिसकेपछि मात्र किर्ते भएको तथ्य खुलेको हो ।

घिताल परिवारले २०४० सालमा सो जग्गा एक लाख रुपैयाँमा खरिद गरी पूर्वजग्गाधनीलाई नै कमाउन दिएका थिए । तर, जग्गाधनी लामो समयसम्म सम्पर्कमा नभएपछि सुमन श्रेष्ठले आफू जग्गाधनीको छोरो भएको भन्दै सो जग्गाका मोहीलाई १० लाख रुपैयाँ दिएर फकाई नक्कली धनी बनेर जग्गा बिक्री गरेका हुन् ।

यसरी जग्गा किर्तेको काममा चाबहिल मालपोतका कर्मचारीसमेतको मिलेमतो रहेको स्रोतले दाबी गरेको छ ।

खानेपानी आपूर्ति खुलाउन सरकार उदासीन, बन्द अझै लम्बिने

पानी व्यवसायीले तीनदिनदेखि खानेपानी आपूर्ति बन्द गराएको कारण राजधानीमा खानेपानीको अभाव हुँदा पनि सरकारले कुनै चासो देखाएको छैन । व्यवसायीहरुले सरकारले आप\mना माग सम्बोधन नगरेको हुनाले आपूर्ति बन्दको आन्दोलन अझ बढ्ने शनिबार बताएका छन् । ट्यांकर र जार दुवै खानेपानी सेवा अहिले बन्द रहेको छ ।
मिडिया इन्टरनेसनलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खाने पानी संयुक्त संघर्ष समितिले जायज माग पनि राज्यले सम्बोधन नगरेको भन्दै आन्दोलन थप सशक्त बनाउने उद्घोष गरेको छ । संघर्ष समितिका संयोजक विष्णु दाहालले आफूहरुका २० बुँदे माग सरकारले सम्बोधन नगरेसम्म पानी आपूर्ति ठप्प पार्ने चेतावनी दिनुभयो । खानेपानीको गुणस्तर कायम गर्न पहल गर्दा समेत राज्यले वेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् ।
पिउने पानीमा भ्याट हटाइनुपर्ने, हरेक समय पानीको आपूर्ती खु्ल्ला गरिनुपर्ने, बन्द हड्ताल जस्ता समस्यामा पानीका गाडीमाथि भएका क्षतिको राज्यले क्षतिपूर्ति दिनुपर्ने माग व्यवसायीले राखेका छन् । पानीका बारेमा राज्यको उचित नीति नभएकोले उहाँले चौतर्फी कर तिर्नुपरेको कारण व्यवसायी मारमा परेको बताउनुभयो ।
आफूहरु तत्काल वार्ता गरेर समस्या समाधान गर्न तयार रहेको तर सरकारले वार्तामा महत्व नदिएको उहाँले उल्लेख गर्नुभयो । ‘सहरी विकास मन्त्रालयसँग वार्ता भयो तर वार्तामा मन्त्रालयले खासै चासो दिएन’, उहाँले भन्नभयो, ‘सरकारको सम्बन्धित जिम्मेवार निकाय पनि समस्याबाट पन्छिन खोजेको कारण आन्दोलन लम्बाउनुपरेको हो ।’ उक्त अन्तरक्रियामा पनि सरकारी अधिकारी सहभागी हुन नमानेको आयोजक मिडिया इन्टरनेसनलले जनाएको छ ।
नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष धर्मनन्द श्रेष्ठले आफूहरुले उपभोक्तालाई अप्ठ्यारो पार्न नखोजेको तर सरकारको लाचारीपनका कारण पानी आपूर्ति बन्द गर्न बाध्य भएको बताउनुभयो । उहाँले पानीलाई अत्यावश्यक वस्तुका रुपमा ढुवानीमा लाग्ने कर मिनाहा गर्नुपर्ने बताउनुभयो ।
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष बेगबहादुर लामाले पानी ढुवानी गर्ने मजदुरका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । खानेपानी व्यवसायमा संलग्न विभिन्न व्यवसायीले खानेपानी संयुक्त संघर्ष समितिको गठन गरी दुई महिनादेखि आन्दोलन गर्दै आएका छन् ।

सुकिला मान्छेलाई समेत लाग्यो असार १५ (फोटोफिचर)

 दही चिउरा खाने असार, १५ अर्थात धान दिवसका दिन भक्तपुरमा भव्यताका रोपाईंको आयोजना भयो । बाजा गाजासहित भक्तपुरको ब्रम्हायणी परिसरमा १० औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव गरिएको हो । प्रत्येक वर्ष असार १५ का दिन काठमाडौं उपत्यकाबाट नजिक पर्ने जलमग्न खेतमा शहरबाट रोपाईको उल्लास मनाउन जानेहरुको भीड लाग्न थालेको छ । यो दिनमा सक्कली किसानहरुलाई साँच्चै नै असारको चटारो हुन्छ भने विभिन्न नेता, कलाकार र खेती किसानी छाडेकाहरु पनि रमाइलोका लागि हिलोमा पस्ने र फोटो खिचाउने गर्छन्, जसले गर्दा असार १५ विस्तारै एउटा मनोरञ्जनात्मक पर्वजस्तो बन्दै जान थालेको छ ।
1
उत्पादनको एउटा महत्वपूर्ण हिस्सा ओगटेको धान खेतीलाई प्रोत्साहन दिने हेतुले वर्षेनी धान दिवस मनाउने गरिएको छ । धान उत्पादनमा बृद्धि गरी राष्ट्रिय अर्थतन्त्रको समृद्धिको नाराका साथमा यस वर्ष भक्तपुरमा धान दिवस मनाइएको हो । दिवसका अवसरमा विभिन्न जिल्लावाट आएका प्रतिनिधिहरुले आफ्नो कौशल प्रस्तुत गरेका थिए । यस्तो दिवस मनाएर मात्रै कुनै औचित्य नहुने भन्दै उत्पादन बढाउन सरकारले बेलैमा विउ र मलखादको व्यवस्था गर्नु पर्ने ताथलीका कृषक श्रीकृष्ण केसीले अनलाइनखबरलाई बताउनुभयो । सरकारले समयमा कुनै पनि वाली लगाउने बेलामा मलखादलगायत बिउ बिजनको ब्यवस्था नगर्ने र यस्ता दिवसमात्रै मनाउने कार्यले कुनै पनि हालतमा धानको उत्पादनमा वृद्धि हुन नसक्ने केसीको गुनासो छ ।
2
नेपालमा धानको उत्पादन वृद्धि गर्नका लागि किसानदेखि सरकारसम्म सबैले सचेत हुनुपर्ने वाली विज्ञ भोलामान सिंहले बताउनुभयो । सिंहका अनुसार हाल नेपालमा २५ हजार मेटि्रक टन धान उत्पादन हुने गरेको छ । धान नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भएका कारण यसको जगेर्ना गर्ने र उत्पादनमा वृद्धिका लागि सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विगतमा असारका बेला पानीको अभाव झेल्नुपरे पनि यसपालि बेलैमा मनसुन शुरु भएकाले कृषकहरुले पानीको खासै अभाव महसुस गर्नु परेको छैन । अझ असार १५ कै दिन राजधानी वरपर बिहानैदेखि पानी परेकाले कृषकहरु घुम ओढेर खेतमा काम गर्न निस्किएको दृश्यले साँच्चैको असार १५ लाई झल्काएको थियो ।
हेर्नुहोस् भक्तपुरको रोपाईँका केही दृश्य
ropai-3
3
ropai-7
ropai-11
ropai-14
ropai-17
ropai-18
ropai-1
ropai-2
ropai-3
4
5
6
 8
तस्वीर : भरतवन्धु थापा, विकाश श्रेष्ठ र उमेश पुन /अनलाइनखबर

कारागारमा श्रीमान् भेट्न आउँदा अर्कैसाग प्रेम बसेपछि…


१६ असार, ललितपुर । सप्तरीकी बिपना गिरी नियमित रूपमा नक्खु कारागारमा श्रीमान् भेट्न आउँथिन् । सोसियल रिह्याबिलिटेसन सेन्टर (सीआरसी) मा रहेका श्रीमान् भेट्न आउने क्रममा उनको ड्रग रिह्याबिलिटेसन सेन्टर (डीआरसी) मा रहेका एक कैदीसँग चिनजान भयो । त्यसको तीन/चार महिनापछि अर्को पुरुषसँगको सम्बन्ध बाक्लिँदै गयो । उनी कारागारमा खानेकुरा लिएर भेट्न अझ बढी आउन थालिन् तर श्रीमान्लाई होइन, अर्कै पुरुषलाई ।

ती पुरुष तीन महिनाअघि मात्र सजाय सकाएर बाहिरिए । नक्खु कारागारका आन्तरिक प्रशासनका एक कर्मचारीका अनुसार जेलबाट छुटेलगत्तै उनीहरूको विवाह भएको छ । उनको पहिलो श्रीमान्को सजाय सकिन भने अझै नौ महिना बाँकी छ । उनी मात्र होइन, पछिल्लो समयमा नक्खु कारागारमा यस्तो घटना समान्य बन्न थालेको छ । सप्तरीकै अर्का एक कैदीलाई पनि ६ महिना पहिले यही कारागारमा रहँदा नै श्रीमतीले छाडेकी थिइन् ।

कारागार प्रशासनका अनुसार युनिटीको मुद्दामा कारागार परेका बन्दीहरूमध्ये दुईजना बन्दी एउटै ब्लकमा थिए, उनीहरू दुवै मिल्ने साथी पनि । त्यस क्रममा एक बन्दीकी श्रीमती नियमित भेट्न आउँथिन् । अर्का बन्दीको भाइ आउँथे । घर पनि नजिकै भएकाले युवक दाइ र युवती श्रीमान् भेट्न सँगै आउँथे । दाइको साथीको श्रीमती भएकाले उनले पनि ‘भाउजु’ भन्दै मोटरसाइकलमा सँगै लाने–ल्याउने गर्थे । तीन/चार महिनादेखि भेट्न आउने दुवै कारागारमा आएनन् । दुवै बन्दीलाई आफन्तहरूले उनीहरूका सम्बन्धका कुरा सुनाउन थाले । सुरुमा त उनीहरूले विश्वास गरेनन् ।

‘तर, मन्दिरमा गएर विवाह नै गरेपछि नपत्याई सुखै पाएनन्,’ उनीहरू भन्छन् । त्यही विषयलाई लिएर उनीहरूबीच झगडासमेत भएको थियो । यी दुई घटनापछि अहिले कारागारमा रहेका सबै कैदी कतिखेर आफ्नी श्रीमती पनि अरूसँग गएको समाचार सुन्नुपर्ने हो भन्ने चिन्तामा डुब्न थालेका छन् । अविवाहित युवा–युवतीले प्रेम गर्नु नौलो कुरा होइन तर श्रीमान् कैदमा परेपछि श्रीमतीले अर्कैसँग प्रेम सम्बन्ध गरी विवाह गर्दा स–साना लालाबालाको हालत कस्तो होला ? नक्खु कारागारका कैदीहरू अहिले यही पीडामा छन् । श्रीमती अर्कैसँग गएपछि उनीहरूले भोग्नुपरेको यो समस्या निकै पीडादायी पनि छ । विधिपूर्वक विवाह गरेका तर कुनै अभियोगमा जेलमा परेका ती कैदीहरू आफ्नी श्रीमतीको चिन्तामा जेलजीवन बिताइरहेको राजधानी दैनिकमा खबर छ ।

आफ्ना साथीका श्रीमतीले छाडे रे भन्ने कुरा सुन्दा सुन्दै आफू पनि कहिले यही पीडामा पर्ने हो भन्ने चिन्ता उनीहरूमा सधैं हुने गरेको छ । नक्खु कारागारमा हाल ५ सयको हाराहारीमा कैदी छन् । जसमध्ये विवाहित कैदी धेरैजसोका श्रीमती अर्कै व्यक्तिसँग विवाह गरेर गएका छन् । कलेज, पार्क अनि फिल्म हल प्रेमको सुरुआत हुने ठाउँ भएजस्तै नक्खु कारागार पनि पछिल्ला वर्षमा प्रेम र वैवाहिक सम्बन्ध तोडिने ठाउँ बन्दै छ । विभिन्न किसिमका अपराध प्रमाणित भएर कारागारमा परेका कैदी मात्र होइन, मुद्दा नटुंगिएका थुनुवा पनि कारागारभित्र रहँदा श्रीमतीबाट विछोडको चपेटामा परेका छन् । कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार कतिपय बन्दी/कैदीका श्रीमतीले जेलमा भेट्न आउने क्रममा अन्य पुरुषसँग चिनजान भई विवाह भएको छ । कारागारभित्र साताको एक/दुईओटा सम्बन्ध अन्त्य सामान्य लाग्न थालेको यहाँ कार्यरत कर्मचारी बताउँछन् । कैदी/बन्दीलाई कारागारभित्र हुँदासम्म सबैभन्दा बढी चिन्ता नै श्रीमतीको हुने कैदी शेख सफी बताउँछन् ।

उनका अनुसार परिवारका अरू सदस्यहरू पर्खेर बस्नेमा ढुक्क भए पनि उनीहरू श्रीमतीप्रति ढुक्क हुन सक्दैनन् । ‘बूढा भएका बाबु–आमा र साना छोराछोरी पर्खेर बस्छन् भन्नेमा ढुक्क हुन्छ,’ उनले भने, ‘तर, श्रीमतीले अर्कोसँग विवाह गरी भन्ने खबर कहिले आउला भनेर सधैं डर हुन्छ ।’ श्रीमती अपरिपक्व उमेरको हुँदा चिन्ता बढी हुने उनले बताए । त्यसो त चार/पाँचजना सन्तानलाई छाडेर अर्को पुरुषसँग विवाह गरेको घटनाले उनीहरूलाई झनै सशंकित तुल्याएको छ । श्रीमती छाडेर गए बालबालिकाको बिचल्ली हुन्छ भन्ने चिन्ता उनीहरूमा हुने गर्छ ।

‘यहाँ त दिनहुँजस्तो सम्बन्ध टुटेको र अर्कैसँग जुटेको नयाँ–नयाँ कथा सुन्न पाइन्छ,’ कारागार प्रमुख लक्ष्मीप्रसाद रेग्मी भन्छन्, ‘भर्खर विवाह गरेकादेखि ४०/५० वर्ष पुगेका महिलासमेत सन्तानको विवाह गर्ने उमेरमा छाडेर गएका छन् ।’ श्रीमान् कारागारमा परेको दुई/तीन महिनामा नै विवाह गर्ने गरेको उनले बताए । श्रीमती अर्कोसँग विवाह गरेपछि थोरैका बालबालिका परिवारका अरू सदस्य र आफन्तसँग बस्ने अनुभव पनि रेग्मीले सुनाए । अधिकांश कैदी/बन्दीका सन्तान संस्थाहरूमा बसेका छन् । बिदाका समयमा उनीहरूले सन्तानलाई कारागारभित्र ल्याउने गरेका छन् ।

स्वास्थ्य सहायकका रूपमा कारागारमा कार्यरत तिलबहादुर बस्नेतका अनुसार त्यहाँभित्र आउनासाथ १० प्रतिशतलाई मानसिक रोग लाग्ने गरेको छ । लामो समय कारागार बस्नुपर्ने हत्या, लागूऔषधलगायतका मुद्दामा यस्ता घटना बढी हुने गर्छन् । मानसिक रोगीमध्ये पनि धेरैलाई कडा खालका मानसिक रोग लाग्ने उनले बताए । ‘कारागारभित्र शारीरिक रोगभन्दा पनि मानसिक रोगको बढी खतरा रहन्छ,’ उनले भने ।

कैदी/बन्दीको प्रजनन अधिकारका विषयमा नीति बन्न नसकेको उनीहरूको गुनासो छ । आर्थिक अवस्था न्यून भएकै कारण अपराधमा संलग्न हुने धेरै रहेको जेलर रेग्मीले बताए । परिवारका अरू सदस्यले सहयोग नगर्दा वा आर्थिक भार पर्नु पनि कैदीरबन्दीको श्रीमतीको अर्को विवाहको कारण बनिरहेको छ । ‘कतिपय अवस्थामा अर्को विवाह उनीहरूको बाध्यता बन्छ भने कतिका लागि रहर भएको छ,’ रेग्मीले भने । विकसित मुलुकमा जस्तै ‘प्रजनन अधिकार’ सम्बन्धी नीति बन्न सके यस्ता घटनामा कमी आउने कैदी/बन्दीको बुझाइ छ ।

के छापियो आइतबारका पत्रपत्रिकामा ?

आज मिति २०७० असार १६ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रपत्रिकाले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले पद त्याग्ने घोषणा गरेको खबरलाई उच्च प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले फोरम फेरिएको फेरियै गरेको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले पानी नहुँदा वीर अस्पतालमा शल्यक्रिया रोकिएको खबरलाई प्रमुख रुपमा छापेको छ ।
उपत्यकामा खानेपानीको हाहाकार भएको खबरलाई नयाँ पत्रिकाले मुख्य बनाएको छ भने वैद्यले निर्वाचन बहिष्कार गर्ने प्रस्ताव गरेको राजधानी दैनिकमा खबर छ ।
1
2
3
4
5
6

बुढीआमाले क्रिम सोँचेर मुखमा सुपर ग्लू दलेपछि………

रातको समयमा इमरजेन्सी नम्बरमा एक्कासी फोन आयो । न्युजिल्याण्डको डुनेडिनस्थित इमरजेन्सी कार्यालयका फोन उठाउने मान्छे अक्क न बक्क भए । फोन गर्नेवाला महिलाको आवाज थियो भन्ने त ठम्याउन सकियो तर फोन गर्ने ती महिला बोल्न सकिरहेकी थिइनन् । उनी मात्र अँ…..अँ……मात्र गरिरहेकी थिइन् । इमरजेन्सी कार्यालयका कर्मचारीलाई आपत् पर्यो । उनले सोँचे ती महिला निकै संकटमा छिन् र उनलाई चोरडाँकाहरुले आक्रमण गरी मुखमा केही कोचिदिएका कारण बोल्न सकिरहेकी छैनिन् । फोन आएको नम्बर हेरेर फोन उठाउनेले सोधे, के तपाइँ डुनेडिनबाट बोल्नुभएको हो ? ती महिलाले अँ भनिन् ।



सुरक्षा अधिकारीहरुले एउटा टोली नै खटाएर फोन ट्यापिङ गरी ती महिला बसेको घर पत्ता लगाएर उनलाई तत्काल उद्धार गरी अस्पताल पूराए । अस्पतालमा लगेपछि प्याराफिनको प्रयोग गरी ग्लु स्टिकले टालिएको उनको मुख खुलाइयो । मुख खुलेपछि उनले ढुक्कको स्वास फेर्दै मुख टालिएपछिको बेचैनी सुनाइन् ।

६४ वर्षकी ती महिलाले रात सुत्ने बेलामा दिनहुँ अनुहारमा क्रिम दल्ने रहिछन् । क्रिम तथा अन्य सौन्दर्य प्रशाधनका सामान राख्ने भाँडोमा सुपर ग्लुको बट्टा पनि राखेकी रहेछिन् । बत्ती निभाइसकेपछि उनले भाँडोबाट क्रिम भनेर एउटा बट्टा निकालिन् । त्यो खोलिन् र त्यसभित्रको चिज निकालेर ओँठमा लगाइन् । उनलाई रुघा लागेकाले क्रिम हो होइन भनेर छुट्टाउन गन्ध समेत पत्तो पाउन सकिनन् त्यसैले उनले क्रिम भनेर सुपर ग्लु ओठमा लगाइन् । ओठमा सुपर ग्लु लगाएपछि ओँठ टालियो । उनी विलखबन्दमा परिन् । धन्न इमरजेन्सी नम्बरमा फोन गर्दा प्रहरी आएर उनलाई उद्धार गर्यो र बढि दुख भोग्नु परेन । नत्र ती बुढीआमैको रात कसरी बित्दो हो बरै !

रुकुम केन्द्र बनाएर ५ दशमलव ५ रेक्टरको भुकम्प, २० बढी घाइते

रुकुम जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रवार साँझ ५ दशमलव ५ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको छ । जिल्लामा अहिलेसम्म महसुस गरिएका भुकम्पको धक्कामध्ये यो सबैभन्दा ठूलो हो ।
जिल्लाको रुकुमकोटदेखि दक्षिण-पश्चिम भेगलाई केन्द्र बनाएर साँझ ५ बजेर २५ मिनेटमा ५.५ रेक्टर स्केलको भुकम्प आएको राष्ट्रिय भुकम्प मापन केन्द्रलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए । भुकम्पको धक्का रुकुम आसपासका १५ भन्दा बढि जिल्लाहरुमा महसुस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
भुकम्पका कारण जिल्लाभरमा एक दर्जनबढी घरहरु भत्किएका छन भने २० भन्दा बढि स्थानीयबासीहरु भुकम्प पछिको भागदौडमा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुकम्पले प्रहरी चौकी सोलाबाङको भबनमा क्षति पुगेको छ ।
भुकुम्पले अर्मा, नुवाकोट, पेउघा, मुरु, खारालगायतका गाविसहरुका कही घरहरु चर्किएका छन् । भुकम्पको धक्का रुकुमसहित सल्यान, जाजरकोट, दाङ, रोल्पा, गुल्मी लगायतका जिल्लाहरुमा अनुभव गरिएको थियो । यहाँका सबै गाविसहरुमा भुकम्पको धक्का गरिएकाले स्थानियहरु आतंकित बनेका छन । भुकम्पपछि पनि जिल्लाभरका स्थानियहरु फेरी आउने डरले घर छोडेर बाहिरै जम्मा भएका छन । स्थानियहरु बिभिन्न स्थानका खुल्ला चौरहरु,सार्वजनिक स्थानमा जम्मा भएको प्रहरीले जनाएको छ ।
रुकुममा अघिल्लो असारयता ९ पल्ट भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षतिको पूर्ण विवरण नआईसकेकाले प्रहरी परिचालन गरेर थप क्षतिको बिबरण संकलन गरिरहेको प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जनाए । ‘भुकम्पका कारण ठूलो अप्रिय घटनाभने भएको छैन,’ प्रहरी नायब उपरिक्षक भट्टले कान्तिपुरसित भने, ‘क्षतिको बिबरण संकलनका लागि मातहतका सबै प्रहरी कार्यालयहरुलाई परिचालन गरिएको छ ।’

चार वर्षीया नाबालिका बलात्कृत

 सिराहा, १४ असार– सिराहामा एक चार वर्षीया नाबालिका बलात्कृत भएकी छन् । अर्नामा गाविसकी ती नाबालिकालाई स्थानीय १९ वर्षीय प्रमोद कामतीले बलात्कार गरेका हुन् । घरनजिकैको ट्युबबेलमा खेलिरहेका बेला कामतीले उनलाई फकाएर लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । 

ज्ञानेन्द्रले घोषणा गरेको २५ लाख कहाँ पुग्यो ?


पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपीडितलाई २५ लाख रुपैंया दिने घोषणा गरेको हप्ता दिन बितिसकेको छ । तराई भ्रमणमा रहेका बेला पूर्वराजाले सो रकम हिमानी ट्रष्टमार्फत् पीडितसम्म पुर्याउने घोषणा गर्नुभएको थियो । साथै जिन्सी सहयोगसमेत संकलन गर्न पूर्वराजाले आह्वान गर्नुभएको थियो ।

हिमानी ट्रष्टले उक्त २५ लाख नगद र भौतिक राहत सामाग्री आफैं पीडित क्षत्रेमा गएर वितरण गर्छ या सरकारी राहतकोषमा जिम्मा लगाउँछ भन्ने अझै स्पष्ट भएको छैन । स्रोतका अनुसार ज्ञानेन्द्रले घोषणा गरेको सहयोग रकम हिमानी ट्रष्टको कोषमा निकासा हुन बाँकी छ ।

ट्रष्टले राहतबारे शनिबार जानकारी दिने

स्रोतका अनुसार पूर्वराजाले २५ लाख रुपैयाँ दिने घोषणा गरेपछि हिमानी ट्रष्टले थप रकम र जिन्सीसमेत जम्मा गरेर राहत वितरण गर्ने योजना बनाएको छ । अरु संस्था र निकायलाई समेत आहृवान गरेर रकम बढाई एकमुष्ट वितरण गर्ने तयारी भएको स्रोतको भनाइ छ ।

झम्सिखेलबाट भर्खरै नक्साल सारिएको ट्रष्टको कार्यालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी राहत वितरणसम्बन्धी योजना सार्वजनिक गर्ने हिमानी ट्रष्टको योजना छ ।

टिलपिल आँखामा शवको प्रतीक्षा

काठमाडौं - पर्वतारोही सोना शेर्पा विश्वको नवौं अग्लो शिखर सफल आरोहण गरेर फर्किने प्रतीक्षामा थियो उनको परिवार। त्यो प्रतीक्षा सोनाको परिवारका लागि कल्पनामात्रै रह्यो जब उत्तरी पाकिस्तानमा तालिबान लडाकुद्वारा ३६ वर्षे हिमाली पथप्रदर्शक शेर्पाको हत्या भएको समाचार आयो।


यतिबेला सोनाको शोकाकुल परिवार इस्लामाबादबाट कहिले शव आउने हो? कुरिरहेको छ। सफल आरोहणको प्रतीक्षा अहिले शवको प्रतीक्षामा बदलिएको छ। नागा पर्वतको आधारशिविरबाट सोनाले अन्तिमपटक शुक्रबार परिवारका सदस्यहरुसँग टेलिफोन सम्पर्क गरेका थिए।
'आरोहण सकिनेबित्तिकै ढिला नगरी घर आउँछु भनेको थियो,' आँखाभरि आँसु पार्दै ७० वर्षे आमा फुर्छिकीले भनिन्। उत्तरी पाकिस्तानमा तालिबान समूहले आक्रमण गर्दा शेर्पासहित ११ जना निहत्थाको हत्या गरेको थियो। तालिबान बन्दुकधारीले आधारशिविरको पालभित्र प्रवेश गरी शेर्पासहित युक्रेनी, चिनियाँ र पाकिस्तान नागरिकको गोली हानी हत्या गरेका थिए।
परिवारको पालनपोषण गर्ने एउटै सदस्य सोनाको हत्यापछि उनकी २८ वर्षे पत्नी डोल्मालाई ८ वर्षीया पेमा रिन्जी र १९ महिनाको पेमा दोर्जी छोराहरूको भविष्य के हुन्छ भन्ने चिन्ताले सताएको छ।
'मेरो जीवन अब, कता जान्छ केही थाहा छैन। दुई छोरा साना छन्। छोराहरुलाई राम्रो शिक्षा कसरी गर्ने हो,' सुन्निएका आँखामा गला अवरुद्ध पार्दै उनले भनिन्। राम्रो शिक्षा दिन नसके सन्तानको भविष्य छैन भन्ने उनलाई थाहा छ।
नातेदार तथा शुभेच्छुकले भरिएको भान्सासँगै जोडिएको सानो कोठामा शोकाकूल बनेकी डोल्माले भनिन्, 'यो घटना सपनाजस्तै लागेको छ। उनको मृत्यु भयो भन्ने विश्वासै लागेको छैन।'
शोकमा डुबेकी फुर्छिकीले भगवानसँग प्रार्थना गर्दै भनिन्, 'मेरो छोरालाई आतंककारीले मारेको सुनेको छु, तर मेरो छोरा नेता होइन। हिमाल चढ्नेहरूको सहयोगीमात्रै हो।'
ट्रेकिङ व्यवसायमा संलग्न भाइ छिरिङ शेर्पाले शारीरिक रूपमा बलिया सोना निकै सहयोगी, सरल स्वभावले मृत्युँसँग पुर्‍याएको ठान्छन्।
गत महिना अमेरिकी सेनाले गरेको कारबाहीमा तालिबानका दोस्रो तहका नेता वलिउर रेहमान हत्याको प्रतिशोध साध्न त्यो आक्रमण गरेको बताइएको छ।
'मेरो दाइको हत्या कुनै राजनीतिक कारणले भएको होइन,' छिरिङले दाइ सोनालाई सम्झँदै भने।
सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोहण टोलीसँगै गएका सोनालाई उनीहरुकै आग्रहमा नागा पर्वतको आरोहणमा संलग्न गएका थिए। चिनियाँ टोलीको आग्रहलाई अस्वीकार नगरी सोना जेठ २७ गते त्यसतर्फ गएका थिए।
'दाइले भारतबाट फोन गर्दा व्यस्त भएको कारण मैले कुरा गर्न पाइनँ,' उनले भने। परिवारका सदस्यका अनुसार सोनाले तीनपटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए। उनले कोरियाली टोलीसँग पहिलोपटक मकालु र नागा पर्वतको सन् २००९ मा सफल आरोहण गरेका थिए।
शनिबारबाट सोनाका समूहले ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वतको आरोहण सुरु गर्दै थियो। आरोहणको समायोजन तथा व्यवस्थापन गरेकोे सेभेन समिट ट्रेकिङका प्रमुख मिङमार शेर्पाले भने।
यसैबीच, नेपालका लागि पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेेलले सोमबारसम्म सोनाको शव नेपाल पठाउने तयारी भएको बताए। 'हामी विदेश तथा गृह मन्त्रालयका सहयोगमा अहिले आवश्यक प्रशासनिक कार्य पूरा गर्न व्यस्त छौं,' उनले भने।

देव गुरुङ र मात्रिका यादव उपस्थित बैठकमा बेग्लै रमाइलो

देव गुरुङ नेकपा-माओवादीका केन्द्रीय सचिव एवं ३३ दलीय मोर्चाका मुख्य जिम्मेवार नेता हुनुहुन्छ । यतिबेला ३३ दलभित्र गुरुङको भूमिकालाई देखेपछि ३३ दलका अन्य नेताहरु गुरुङप्रति रुष्ट हुन थालेका छन् । त्यसैगरी मन्त्री भएका बेला कर्मचारीलाई शौचालयमा थुन्ने अर्का माओवादी नेता मात्रिका यादव पनि कम रमाइलो पात्र हुनुहुन्न । आखिर गुरुङ र यादव दुबैजना एकैठाउँ बसेर कुनै विषयमा छलफल गर्नु पर्यो भने झन् कस्तो होला !
गुरुङका सामु विप्लव फिक्का
गत वर्ष प्रज्ञा प्रतिष्ठानमा आयोजित वैद्य पक्षीय माओवादीको महाधिवेशनमा नेत्रविक्रम चन्दको प्रभावलाई पछि पार्दै कार्यकर्ताका माझमा समेत गुरुङ वाहीवाही कमाउन सफल हुनुभएको थियो । यतिबेला ३३ दलीय मोर्चाका हरेक बैठकहरुमा सचिव विप्लवको कुनै चर्चा सुनिँदैन । रहेक वक्तव्यमा ‘३३ दलका तर्फबाट’ भन्दै गुरुङकै नाम आउने गरेको छ ।
‘देव गुरुङमा जति क्षमता देखियो, त्यस्तो क्षमता विप्लवमा देखिएन ।’- ३३ दलको कार्यदलमा सहभागी साना दलका एक नेता अनुभव सुनाउँदै भन्छन्- ‘गुरुङ अरुका कुरा रामै्रसँग र चुपचाप सुनेजस्तो गर्छन् तर आफ्ना कुराहरु छाड्दैनन् र लिखित डकुमेन्टमा पनि घुसाइहाल्छन् । आफ्ना कुरा हरुलाई प्रस्तुत गर्न सक्ने गुरुङमा जुन क्षमता छ, त्यो विप्लवमा देखिएन ।
‘लोकतन्त्र’ शब्दप्रति गुरुङको वितृष्णा
३३ दलका नेताहरु माओवादी सचिव गुरुङको गेम प्लान र जिद्दीपनदेखि दिक्क लाग्ने गरेको बताउँछन् । भुक्तभोगी साना दलका एक नेताका अनुसार गुरुङ असाध्यै जिद्दी पाराका छन् । ३३ दलीय मोर्चामा लोकतन्त्र शब्द नै राख्न हुन्न र जनगणतन्त्र भन्नुपर्छ भन्ने गुरुङको आग्रहले यतिबेला निकै अप्ठ्यारो पारेको छ ।
संयुक्त मोर्चालाई पार्टीको जनवर्गीय संगठनजस्तो बनाउन खोज्ने र लोकतन्त्र शब्दप्रति नै वितृष्णा देखाउने गुरुङ्गको कार्यशैलीकै कारण रेग्मी सरकार विरुद्ध सडकमा आएको नागरिक समाजलाई समेत आन्दोलनमा ल्याउन नसकिएको मोर्चाका नेता बताउँछन् । ‘गुरुङलाई लोकतन्त्र भन्नासाथ एलर्जी भैहाल्छ, अनि कसरी उठ्छ संयुक्त आन्दोलन ?’- एक नेताले अनलाइनखबरसँग भने ।
विगत संविधानसभाका बेला हुने कतिपय दलीय वार्तामा गुरुङलाई देखेपछि कांग्रेस र एमालेका नेताहरुले अनुहार खुम्च्याउँदै आजा कुरा नमिल्ने भो भन्ने गरेको चर्चा चल्थ्यो । संविधानसभा विवाद समाधान उपसमितिमा प्रचण्डले सहमति गरिसकेका विषयलाई पनि गुरुङले उल्ट्याइदिने गरेका थिए । संविधानसभामा सचेतकको भूमिकामा समेत रहेका गुरुङले हरेक सहमतिहरुमा अड्को थाप्ने गरेको एमाले कांग्रेसका नेताहरुको अनुभव छ । तर, वैद्यपक्षका नेताहरुले भने गुरुङको यो भूमिकालाई क्रान्तिकारी अडानका रुपमा व्याख्या गर्दै आएका छन् ।
अर्का क्रान्तिकारी मात्रिका यादव
३३ दलको १० दल सम्मिलित कार्यदलमा देव गुरुङ जस्तै अर्का शक्तिशाली पात्र छन् मात्रिका यादव । वैद्यले भन्दा पहिल्यै नेकपा माओवादी गठन गरेर अध्यक्ष बनेका यादवले चाहिँ बैठकमा आफ्ना कुरा राख्ने सदस्यहरुलाई भौतिक रुपमै झम्टिने गरेको स्रोत बताउँछ । ‘विचारमा वाद प्रतिवाद गर्नुपर्नेमा आफूलाई चित्त बुझेन भने यादवजी झम्टिइहाल्नुहुन्छ ।’ स्रोत भन्छ ।
किशोर विश्वास माओवादीलाई घाँडो
यसअघि सद्भावना पार्टी र मधेसी जनअधिकार फोरमका नेता रही संविधानसभामा भाग नलिएर फोरम छाडेका किशोर विश्वास पनि ३३ दलीय मोर्चामा छन् । तर, वैद्यपक्षका नेताहरुका लागि विश्वास घाँडोजस्तै भएका छन् ।
देव गुरुङले ल्याएका हरेक प्रस्तावमा विरोध र प्रतिवाद गर्ने, जनगणतन्त्रको साटो लोकतन्त्रको वकालत गर्ने अनि मोर्चाका घटनालाई मिडियामा प्रचार गर्ने गरेको आरोप विश्वासमाथि माओवादी नेताहरुले लगाउने गरेका छन् । ३३ दलीइ मोर्चालाई घोर वामपन्थी बनाउने योजनाको मुख्य बाधक यिनै थारु नेता बन्न पुगेका छन् । मोर्चामा नेता नेता विश्वासले लोकतन्त्र र शान्तिलाई अस्वीकार गरिए मोर्चाबाटै अलग हुने धम्की दिने गरेको स्रोत बताउँछ । अर्कोतर्फ रेग्मी सरकारसँग वार्ता गर्ने नहुने विश्वासको अडान छ । लोकतन्त्रको साटो जनगणतन्त्र नै भन्नुपर्ने वैद्यपक्षका नेताहरुलाई रेग्मी सरकारसँग वार्तामा जान नदिने बाधकका रुपमा विश्वासले भूमिका खेलिरहेका छन् ।
३३ दलको कार्यदलमा सहभागी हुँदै आएका अन्य नेतामध्ये क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा र नेकपा एकीकृतका परि थापा लगायतको भूमिका चाहिँ असन्तुलित नदेखिएको स्रोतको विश्लेषण छ ।

रिस र यसलाई नियन्त्रण गर्ने तरीका


रिस ज्यादै शक्तिशाली भाव हो। रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोंकमा धेरै कुटपिट, हिंसा र हत्या हुने गरेका छन्। कहिलेकाहीं त कसरी यति धेरै ठूलो घटना भयो भन्ने पनि रिसाएको मानिसलाई थाहा हुँदैन।

रिसकै कारण वा रिस नियन्त्रण गर्न नसक्दा आफ्नो कार्यालयमा धेरै समस्या आउन सक्छन्, झगडा हुन सक्छ र आफूले गर्दै आएको काम राम्रोसँग गर्न सकिँदैन। रिसकै कारण घरमा कुटपिटका घटना हुन्छन् र कहिलेकाहीं सिकिस्त हुने गरी कुटपिट गर्ने, मट्टीतेल खन्याएर आगो लगाउने र कसैको ज्यानसमेत लिने प्रयास भइरहेको हुन्छ। त्यस्तै गरेर परिवारमा कलह, झगडा, अनमेल, पारपाचुके र केटाकेटीमा ज्यादै नकारात्मक भाव उत्पन्न हुने प्रमुख कारण पनि रिसाउने, झगडा गर्ने र कुटपिट गर्ने हो।

धेरै मानिसलाई लाग्छ होला रिस त अलिकति हुनैपर्छ नि, रिस नै भएन भने अरुले हेपि हाल्छन नी। रिस नदेखाउने हो भने घर, अफिसमा कसैलाई कसैको डर नै हुँदैन र सबैले आफूखुसी गर्न थाल्छन्। अरिस्टोटलले भनेजस्तै उचित किसिमले रिसाउनु सही हुन सक्छ तर यसरी रिसाउन सक्नु सजिलो छैन।

हामीले सानैदेखि सुन्दै पनि आएको कुरा हो रिसले आफू खा अर्थात रिसले सबभन्दा वढी नोक्सान आफैंलाई नै गर्छ भन्ने कुरा धेरैलाई थाहा छ। हामी रिसाउँदा हाम्रो मस्तिष्कबाट धेरै किसिमका रासायनिक तत्व निस्कन्छन् र त्यस्तै गरेर शरीरवाट एड्ररेनलीन र कर्टि्रसोल जस्ता रासायनिक पदार्थ निस्कन्छन्।

यी पदार्थले मुटुको धड्कन वढाउँछन्, रक्तचाप वढाउँछन् र शरीरलाई लड्न वा भाग्नका लागि तयार गर्छन्। हजारांै वर्ष पहिले जब मानिसहरु जंगलमा वस्थे र जंगली जनावरको सिकार गरेर आफ्नो पेट भर्थे त्यसबेला जनावरसँग लड्न सक्थे, मार्न सक्थे वा ज्यान बचाएर भाग्न सक्ने क्षमताको वास्तविक आवश्यकता थियो। प्रकृतिले मानवलगायत सम्पूर्ण जीवमा बाँच्ने आधारका लागि लड्ने वा भाग्ने व्यवस्था गरेको हुनुपर्छ। सभ्यताको विकाससँगै आजकल सामान्यतया लड्ने वा भाग्ने अवस्था आउँदैन तर, रिसाएका बेलामा शरीरलाई लड्न वा भाग्न तयार पार्ने काम पहिलेजस्तै नै हुन्छ अर्थात रिसाएका बेला निस्कने विभिन्न रासायनिक पदार्थ निस्कन्छन् र तिनले नराम्रो असर पार्छन्।

रिसका किसिमहरु :
(१) क्रोनिक एङगर :  यस्तो रिस धेरै लामो समयदेखि हुन्छ। आफ्नो जिन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबैप्रति समेत रिस उठीरहन्छ।

(२) भ्वाइलेन्ट एन्गर : अचानक, एक्कासि रिस उठ्छ तथा तथानाम गाली गर्ने र कुटपिट गर्ने समेत हुन सक्छ र छिट्टै रिस सेलाउँछ।

(३) प्यासिभ एङगरः रिस उठेको हुन्छ तर देखाउने तरिका फरक हुन्छ घुमाउरो पाराले, अरुलाई भनेको जस्तो गरेर वा बोल्दै नबोली आफ्नो रिस पोख्ने गर्छन्।

(४)सेल्फ इन्फेक्टेड एङगर :  रिस अरुसँग उठेको हुन्छ तर उनीहरुले आफैंलाई चोट पुर्याईउने, दुःख दिने जस्ता व्यवहार देखाउँछन् जस्तै शरीरका विभिन्न अंगमा घाउ बनाउने, खाना खान नमान्ने वा लागुपदार्थ वा रक्सी सेवन अत्यधिक गर्ने।

(५) कन्स्ट्रक्टिभ एङगर : रिस अत्यन्त शक्तिशाली इनर्जी हो र रिस उठीसकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ। कसैकसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने।

रिस उठ्दा के कस्ता लक्षणहरु देखिन्छन् :

मुड खराब छ भन्ने, आफ्नो काममा चाख नदेखाउने, आफ्ना सहकर्मी वा सुपरभाइजरको कुरा काट्ने, अफिसको कामको जिम्मेवारी नलिने, बिना सूचना काममा नआउने आदी।

रिसले के कस्ता रोगहरु निम्त्याउन सक्छ?

टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाका रोगहरु हुने वा लागुपदार्थ वा मद्यपान सेवन जथाभावी गर्ने हुन सक्छ।

रिसको व्यवस्थापन कसरी गर्ने।
रिस व्यवस्थापन गर्नका लागि रिस कुन ठाउँवाट उठ्छ भन्ने जान्नु आवश्यक छ।

तपस्यामा तन्नेरी



तन्नेरी भन्दैमा सबै कहाँ मोजमस्ती र रमाइलोमा मात्रै भुलेका छन् र? अचाक्ली भागदौड र चर्काे प्रतिस्पर्धाले जीवनलाई तनावहरूको भकारी बनाएका छन्। तन्नेरीलाई झन् धेरै टेन्सन छ। पढाइको टेन्सन, करिअरको टेन्सन, प्रेमको टेन्सन...। सबै अशान्त छन्। छटपटी, उकुसमुकुस र ग्लानिले जर्जर भएका युवा मनहरू अचेल ध्यान, योग र विपश्यना केन्द्र धाइरहेका छन्। लागुऔषध दुर्व्यसनीहरू पनि ध्यानबाट लाभान्वित भएका छन्। तन्नेरी पुस्ताको ध्यान, योग र अध्यात्मप्रतिको यो लगावलाई सजना बरालले एकाग्र भएर नियाल्न खोजेकी छिन्। ...  

साँझको ५ बजेको थियो। सिमसिम पानीले वातावरण शीतल बनेकोे थियो। हलभित्रका मान्छे एकाग्र भएर सत्संग सुनिरहेका थिए। गलामा ओशोको चित्रअंकित माला लगाएका र रातो वस्त्रमा सजिएका युवायुवती पलेटी मारेर ध्यानमग्न अवस्थामा बसेका थिए। एकैछिनपछि हलभित्रको शान्त माहोल बिथोलियो। सबैजना यथास्थानबाट जुरुक्क उठे। ब्याकग्राउन्डमा 'गोविन्द बोलो हरि गोपाल बोलो' बोलको भजन घन्किन थाल्यो। उनीहरू नाच्न थाले। माहोल डिस्कोको भन्दा कम तातो थिएन। भजनको बिट जति जति तीव्र हुँदै गयो, नाच्नेहरू उति जोसिँदै थिए। त्यसपछि कोही चिच्याउन थाले, कोही रुन, कराउन, हाँस्न र उफ्रिन थाले। केही बेरको नृत्यपछि उनीहरू पुनः भुइँमा बसे र जमिनमा लम्पसार परे।

काठमाडौँको नागार्जुनस्थित 'ओशो तपोवन' मा शनिवार साँझ देखिएको दृश्य हो यो। यहाँ प्रत्येक दिन ध्यान र योगासनका यस्ता विधि चलिरहन्छन्। यी विधिलाई स्वामी आनन्द अरुण 'वास्तविकतासँग परिचित हुने माध्यम' भन्छन्। 'तिनले हामीलाई काम, पढाइ, टेन्सन, प्रेसर सबै गन्जागोलबाट मुक्त गराइदिन्छन्,' ध्यानबाट उठेपछि २३ वर्षीया सन्जु महर्जनले अनुभव सुनाइन्, 'दिमाग शान्त हुन्छ, रिल्याक्स्ड फिल हुन्छ। संसारै अर्को लाग्छ।'

उपत्यकामा विभिन्न संघ, संस्था, केन्द्र, आश्रम र धार्मिक संगठन आदिले ध्यान र योग कक्षा तथा शिविर सञ्चालन गरिरहेका छन्। नेपाल विपश्यना सेन्टर, मनोक्रान्ति, ओशोधारा, ओशो तपोवन, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, जीवन विज्ञान, विश्व जागरण अभियान, पतञ्जलि योग सेन्टर, हिमालयन बुद्धिस्ट मेडिटेसन सेन्टर आदिले ध्यान, योग र प्राणायामका कक्षा, तालिम र शिविर चलाइरहेका छन्। ती स्थानमा बालबालिका, वृद्धवृद्धा, युवायुवती, स्वदेशी, विदेशी सबैको बराबर उपस्थिति हुन्छ। त्यसमा पनि युवा वर्गको संख्या अलि बढी हुने ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बताए। 'हामीकहाँ आउनेमध्ये ९० प्रतिशत व्यक्ति ३० वर्षभन्दा मुनिका युवा छन्,' उनले भने।

साँझ, बिहान, दिउँसो, जाडो, गर्मी जुनसुकै प्रहर र मौसममा पनि युवा वर्ग ध्यानका लागि तम्तयार बन्न थालेको छ। कोही एकाबिहानै ध्यानकेन्द्रमा पुगी गुरुले सिकाएबमोजिम एकाग्र हुने, लामो सास फेर्ने–छोड्ने, ओमकार जप्नेलगायत ध्यानका अनेक तौरतरिका अपनाइरहेका हुन्छन्। कतिपय केटाकेटी हप्तौँ दिनको शिविरमा सामेल भई तपस्यामा मुग्ध हुन्छन्। कतिले त साधनाकै लागि बिहानको पढाइलाई साँझमा 'सिफ्ट' गरेको पनि बताए। होहल्ला, मोजमस्ती, घुमफिर र नानाभाँती गर्ने उमेरका युवायुवती आखिर किन ध्यान, तपस्या, एकाग्रता वा मेडिटेसनप्रति आकर्षित भएका हुन्?

'बिहान ध्यान गरेपछि दिनभरि फ्रेस भइन्छ,' बानेश्वर क्याम्पसकी २१ वर्षीया मिथिला विष्ट भन्छिन्, 'पहिला–पहिला जति पढे पनि यादै हुँदैनथ्यो। सानो–सानो कुरामा रिस उठ्थ्यो, काम गर्न मरिगए जाँगर नचल्ने! जतिबेला पनि टेन्सनमात्रै हुन्थ्यो। तर, ध्यान गर्न थालेपछि मेरो आनीबानी पूरै परिवर्तन भयो।' उनी भीमसेनगोलास्थित जीवन विज्ञान नामक ध्यान केन्द्रमा प्रत्येक बिहान ध्यान गर्न पुग्छिन्। केन्द्रले साधकहरूलाई ध्यानका अनेक अभ्यास– जीवन अमृत, ऐश्वर्य विज्ञान, तनाव विसर्जन, कथार्सिस आदि सिकाउने गरेको छ।

ध्यानले एकाग्रता बढाउने मात्रै होइन, काम गर्न जोस, जाँगर र स्फूर्ति पनि दिने कुलेश्वरस्थित जनमैत्री कलेजकी रञ्जिता सुवेदीले बताइन्। लगभग एक वर्षदेखि मध्यबानेश्वरस्थित विश्व जागरण अभियानको सदस्य बनेकी रञ्जिता ध्यानले आफूमा आश्चर्यजनक परिवर्तन ल्याएको बताउँछिन्। 'म त्यतिबेला फ्रस्टे्रटेड थिएँ,' उनी भन्छिन्, 'परिवारमा  समस्यै–समस्या थियो। जिन्दगीमा केही गर्न नसक्ने भएँ भनेर साह्रै टेन्सन हुन्थ्यो । तर, जब मैले ध्यान गर्न थालेँ, १५ दिनभित्रमै ममा परिवर्तन आयो। मेरो सोच बदलियो, आत्मविश्वास बढ्यो। अहिले पढाइ, जागिर, परिवार सबैलाई ब्यालेन्स्ड गर्न सक्ने भएकी छु।' ध्यानकै कारणले यो सम्भव भएको उनको अनुभव छ।

युवायुवतीहरू विशेषगरी फ्रस्ट्रेसन, स्ट्रेस, रहर, उत्सुकता, परिवारको करबल, लहैलहै आदि कारणले ध्यान र योगमा लाग्ने गरेका छन्। दुर्व्यसनबाट मुक्त हुन र फिटनेसका लागि पनि कतिपयले ध्यान गर्छन्। प्रेममा धोका खाएर विक्षिप्त बनेकाहरू पनि ध्यानको शरणमा पुग्ने गरेको पाइयो।

ध्यान गरेपछि शरीर, छाला र कपाल आकर्षक हुने पनि धेरैको विश्वास छ। बालाजु, काठमाडौँका १८ वर्षीय रविन ढकालले मोटोपन घटाउन बालुवाटारको ओशोधारा जाने गरेको बताए। 'जे चाहेको थिएँ, त्योभन्दा बढी पाएँ,'  तीन महिनामा १५ किलो तौल घटेको बताउँदै उनले भने, 'फिजिकल फिटनेसको लागि गएको थिएँ। मेन्टल फिटनेस पनि पाएँ। मुख्य कुरा, मैले टेन्सन ह्यान्डल गर्ने तरिका थाहा पाएँ।'

ध्यान भन्नासाथ बुढापाका वा साधुसन्तले गर्छन् भन्ने आम बुझाइ छ। तर, विश्व जागरण अभियानका सञ्चालक स्वामी आनन्द विनोदका अनुसार १०–१२ वर्षको उमेरदेखि नै मानिसले ध्यानमा लाग्नुपर्छ। 'यसको अर्थ बुद्धले झैँ पीपलको बोटमुनि हातपाउ जोडेर, खानपिन र भोकप्यास नै भुलेर ध्यान गर्नुपर्छ भन्ने होइन,' उनले भने, 'ध्यानलाई व्यायामका रूपमा नाच्दै, गाउँदै र विभिन्न आसनमा पनि गर्न सकिन्छ।' उनका अनुसार जसरी हुन्छ शरिर र मनलाई विश्रान्ति दिनु नै ध्यान हो। ध्यानले मानिसलाई आन्तरिक र बाह्य दुवै रुपमा स्वच्छ र स्वस्थ बनाउने उनको धारणा छ।

'तर, मानिस साह्र्रै स्वार्थी र अल्छी छ,' उनले गुनासो गरे, 'ऊ आफूलाई रोग लागेपछि वा तनावग्रस्त भएपछिमात्रै धामी, झाँक्री, वैद्य वा डाक्टर खोज्न थाल्छ। 'प्रिभेन्सन इज बेटर द्यान क्योर' भन्ने थाहा हुँदाहुँदै पनि ऊ खानपिन र आचरणमा ध्यान दिँदैन।' प्राकृतिक चिकित्सक समेत रहेका स्वामी विनोदले भने, 'ध्यान गर्न आउने ७५ प्रतिशत युवा डिप्रेसनका रोगी हुन्छन्। रोग लागेपछि वा समस्या उत्पन्न भएपछि मात्रै ध्यान गर्न आउँछन् प्रायः युवायुवती।'

तपोवनका स्वामी आनन्द अरुणले पनि ध्यान र अध्यात्म रोज्ने अधिकांश युवा  तनावग्रस्त भएको फेला पारेका छन्। 'अहिले मानिसलाई सुख चाहिएको छ,' उनले भने, 'चाहेको कुरा नपाएपछि मानिस अशान्त र दिक्क हुन्छ। त्यो अशान्तिबाट टाढिने एउटै उपाय छ– आइदर वाइन अर डिभाइन। व्यक्ति थोरैमात्र पनि बुद्धिमान छ भने ऊ डिभाइन रोज्छ। हामीकहाँ आउँछ र ध्यान गर्न थाल्छ। होइन भने ऊ नशालाई अँगालेर आफू र आफूलाई घेर्ने पिर, मर्का र तनावलाई भुल्न खोज्छ। प्रायः युवा पछिल्लो विकल्प रोज्ने गर्छन्।'

काठमाडौँका २१ वर्षीय शिव पाखि्रन (नाम परिवर्तन) लाई १२ दिनसम्म मौन बस्नु ठूलो कुरा लागेको थिएन। तर, नमरी स्वर्ग देखिन्न भनेझैँ विपश्यनामा बसेपछि मात्रै उनले त्यहाँको तपस्याबारे चाल पाए। 'हातखुट्टा कटकटी खाने, ढाड दुख्ने, छट्पटी हुने के–के भयो, के–के?' उनले भने, 'त्यहाँ (नेपाल विपश्यना सेन्टर) बसेको तीन–चार दिनपछि मलाई फ्ल्यासब्याकमा गएझैँ लाग्यो। गिल्टी फिल हुन थाल्यो। मैले के गरेछु? किन गरेछु? भन्ने रियलाइज्ड भयो।' विपश्यनाको अनुभव शब्दमा अभिव्यक्त गर्न नसकिने उनले बताए। 'जे होस्, १२ दिन त्यहाँ बसेपछि म अर्कै भएर निस्किएँ,' उनले सारांशमा भने, 'चुरोट र गाँजा खाने मेरो बानी हट्यो।'

के छ ध्यानमा?
ध्यानले मानिसलाई वर्तमान वा यथार्थसँग परिचित गराउने स्वामी आनन्द अरुणको भनाइ छ। 'यसले साधकलाई अनरियलबाट रियलमा ल्याउँछ,' उनले भने, 'जे सत्य र वास्तविक हो त्यसको बोध गराउँछ। जसले गर्दा ऊ स्वेच्छाले आफूमा परिवर्तन ल्याउन सक्छ, जुन दिगो हुन्छ।'

जिन्दगीमा कसरी अगाडि बढ्ने भन्नेबारे युवा वर्ग अन्योलमा हुने जीवन विज्ञानका प्रवचनकर्ता रमेश नेपालको बुझाइ छ।  'उनीहरूलाई ध्यानले सही मार्ग देखाउन सक्छ,' उनले भने। शारीरिक र मानसिक दुर्बलता कम हुने भएकाले हिजोआज धेरैको ध्यान ध्यानतर्फ मोडिएको उनले पाएका छन्।

स्वामी आनन्द विनोदले भने ध्यानको वैज्ञानिक पक्षबारे जानकारी दिए। 'ध्यान वा प्राणायामले इन्टक्सिकेटेड ब्लड( प्रदूषित रगत) लाई शुद्धीकरण गर्छ,' उनले भने, 'रगत इन्टक्सिकेटेड छ भने तलतल लाग्ने, छटपटी आदि हुन्छ। तर, रगत सफा भइसकेपछि  मान्छेलाई फ्रेस महसुस हुन्छ। उसलाई गाँजा, चुरोट, रक्सी आदिको तलतल लाग्दैन। र, बिस्तारै कुलतबाट छुट्दै जान्छ।'

ध्यानको अुनभव लिइसकेका केही युवा भने ध्यानमा चमत्कार नै हुने बताउँछन्। 'एक किसिमको इनर्जी हुन्छ ध्यानमा,' केही वर्षअघि 'हिमालयन बुद्धिस्ट मेडिटेसन सेन्टर'मा एक हप्ता बिताएका पाल्देन गुरुङ भन्छन्, 'मलाई ध्यानमा बस्दा अचम्मै भएको थियो। रिंगटा लागेर ढल्न आँटेको थिएँ। जमिन रोटेपिङजस्तो फनफनी घुम्यो। डरले हत्त न पत्त आँखा उघार्छु त मलाई केही भएकै रहेनछ! न जमिन घुमेको थियो, न मलाई रिंगटा लागेको थियो। म त्यसै रन्थनिएछु।'

ध्यानको आकर्षण

विद्यार्थीलाई अनुशासन र नैतिकताको पाठ सिकाउन भन्दै कतिपय क्याम्पस तथा स्कुलले ध्यान कक्षा सञ्चालन गर्न थालेका छन्। ध्यान केन्द्र र प्रशिक्षकहरूलाई पनि स्कुल/कलेजका लागि समय छुट्याउन भ्याई नभ्याई भएको पाइयो। जीवन विज्ञानको सहयोगमा ग्लोबल इन्टरनेसनल कलेज, एपेक्स कलेज, नेपाल कमर्स क्याम्पसलगायतले विद्यार्थीलाई ध्यानको ज्ञान र तालिम दिने गरेका छन्। जीवन अमृत ध्यानबाट प्रेरित भएका ग्लोबल कलेजका प्रोग्राम कोअर्डिनेटर राजन खतिवडाले  कलेजमा पनि यसको अभ्यास थालेका छन्। ‘विद्यार्थीलाई अनुशासित बनाउन, उनीहरूको आत्मबल बढाउन र निर्णय गर्ने क्षमताको विकास गराउन ध्यानले निकै मद्दत पुग्ने रहेछ,' उनले भने, 'त्यसकारण हामीले ध्यानलाई बढी जोड दिइरहेका छौँ।'

ध्यानमा लागेका धेरेजसो केटाकेटी उत्साहित र ध्यानको प्रतिफलबाट सन्तुष्ट भएको पाइयो। विश्व जागरणमा भेटिएकी रञ्जिता, ओशोधाराका रविन, जीवन विज्ञानकी मिथिला, तपोवनकी सञ्जुलगायत सबैले आफूजस्ता युवालाई ध्यान गर्ने सल्लाह दिएका छन्। 'ध्यानले मनभित्रको उकुसमुकुस, ग्लानि–भाव र मानसिक तनाव हटाउन धेरै सहयोग गर्छ,' रञ्जिता भन्छिन्।

ध्यानलाई धेरैले धर्म ठानेको साधकहरू बताउँछन्। 'ध्यान भनेको शरीर र मनलाई स्वस्थ बनाउँदै आत्मबोध गराउने प्रक्रिया हो,' स्वामी आनन्द विनोद प्रस्ट्याउँछन्, 'यो कुनै धर्म होइन।'

बानेश्वरकी मिथिलालाई सुरुसुरुमा ध्यानमा लाग्न साह्रै मुस्किल परेको थियो।  ‘'बुढाबुढीले गर्ने काममा लागी, बच्चामै बुढी हुन आँटी, पागलै भई’ भन्थे मान्छेहरू,' उनले ध्यानमा लाग्दाका दिनहरू सम्भि्कइन्, 'कलेजमा साथीहरूले पनि खुब उडाउँथे मलाई। घरमा सबैले गाली गर्थे। पछि कुरा मिल्दै गयो।'

ध्यान वा तपस्याप्रति सबै युवा सकारात्मक छन् भन्ने चाहिँ होइन। उपत्यकाभित्र खुलेका ध्यान केन्द्र र प्रशिक्षकहरूप्रति कतिपय तन्नेरी आक्रोशित पनि रहेछन्। 'त्यसरी आनन्दले ध्यान गर्न त ढुकुटीभरि सुनका सिक्का हुनुपर्छ,' शंकरदेव क्याम्पसको स्तानक तेस्रो वर्षमा अध्ययनरत अमित चापागाईं 'अनन्त' भन्छन्, 'ध्यानकेन्द्रले सित्तैमा प्याकेज दिने होइनन्। ध्यान गर्न पनि खनखनी पैसा गन्नुपर्छ। ध्यान गर्ने समयमा काम गर्ने वा टुप्पी कसेर पढ्ने हो भने तनाव–सनाब केही पनि हुँदैन।'
(अम्मर जिसीको सहयोगमा) 

हिरासत छल्न अस्पताल

काठमाडौं - कमसल धितो राखेर सिद्धार्थ विकास बैंकबाट १३ करोड रुपैयाँ कर्जा लिई बद्मासी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गौरी ज्ञवाली सोमबार अस्पताल भर्ना भएकी छन्।


६ करोडको जग्गा २५ करोड मूल्यांकन गराएर १३ करोड ऋण निकालेको तथ्य खुलेपछि राष्ट्र बैंकको आग्रहमा ब्युरोले गौरी र किशोर ढकाललाई जेठ २३ गते पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।
अभियुक्त गौरी प्रेसर र सुगर बढेको भन्दै वीर अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज भर्ना भएकी छन्। ब्युरोले महानगरीय प्रहरी प्रभाग सिंहदरबार हिरासतमा राखेदेखि नै उनको परिवारले स्वास्थ्य समस्या देखाउँदै अस्पताल भर्नाको प्रयास गरेको थियो।
पटकपटक स्वास्थ्यसम्बन्धी गुनासो आएपछि उनलाई सोमबार वीर अस्पताल लगिएको र वीरले रेफर गरेर काठमाडौं मेडिकल कलेज पठाएको प्रहरीले जानकारी दियो। श्रीमती पक्राउ परेपछि किस्ट बैंकको सिइओ पदबाट राजीनामा दिन बाध्य उनका श्रीमान् कमल ज्ञवालीले नै गौरीलाई केएमसी भर्नाको 'च्यानल' मिलाएको स्रोतले जनायो।
गौरीको स्वास्थ्यमा समस्या देखिएकाले महानगरीय प्रहरी परिसर, काठमाडौंमा सम्पर्क गरेर निर्देशनअनुसार वीर अस्पताल लगिएको सिंहदरबार प्रभागका प्रहरी निरीक्षक निशान थापाले जानकारी दिए। 'वीरले परीक्षण गरेर केएमसी पठायो,' उनले नागरिकसँग भने, 'चिकित्सकले भर्ना गर्नुपर्छ भन्दै भर्ना लिए।'
काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत गोविन्द शर्माले गौरीबारे कुनै जानकारी दिन चाहेनन्। उनले 'अहिले प्रशासन बन्द भइसक्यो, भोलि फोन गर्नुस्, आइएम सरी' भन्दै फोन राखे।
सरकारी हिरासतमा रहेका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार सम्भव नभएमात्रै अन्य अस्पतालमा रेफर गर्नुपर्ने प्रावधान छ। तर, प्रहरी हिरासत छल्न आफन्त र चिकित्सकको मिलेमतो र प्रहरीको सहमतिमा पहुँचवाला बिरामी बनेर अस्पताल बस्ने गरेका छन्।
यसअघि ठगीको अभियोगमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएकी एभ्को इन्टरनेसनकी सञ्चालिका विनिता प्रधान पनि प्रहरी हिरासत छल्न स्वस्थ भए पनि गम्भीर बिरामी भन्दै वीर अस्पताल बसेकी थिइन्। किर्ते अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको गोविन्द संघाई २४ दिन नर्भिक बसेर सिधै धरौटीमा मुक्त भएका थिए।

श्रीमतीलाई पेस्तोल ताक्ने अखिल नेता पक्राउ


सम्बन्धबिच्छेदका लागि वकिलसँग परामर्श गरिरहेका बेला पेस्तोल ताक्दै श्रीमतीलाई मार्ने धम्की दिने एमाले निकट अखिलका नेता द्वारिका उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पुतलीसडकस्थित एक ल र्फमममा सम्बन्ध बिच्छेदका बिषयमा छलफल भइरहेका बेला उप्रेतीले बुधबार दिउँसो श्रीमती शोभा क्षेत्रीलाई पेस्तोल तोकेका थिए ।
उप्रेतीले अबैध हतियार प्रर्दशन गरेको खवर प्रहरीकहाँ पुगेपछि सिंहदरवारस्थित प्रहरी कार्यालयले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो । हाल उनलाई अनुसन्धानका लागि हनुमान ढोका राखिएको डीएसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
उप्रेती शंकरदेव क्याम्पसका पूर्व स्वबियु उपसभापति र युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि पनि हुन् । उनले आफु रोडम्याप साप्ताहिकसँग समेत संलग्न भएको बताएका छन् ।
श्रीमानले शंका गरेर सँगै बस्न सक्ने अबस्था नभएको भन्दै श्रीमती शोभाले सम्बन्धबिच्छेदको प्रकृया सुरु गरेकी थिइन् । श्रीमती शोभा पेशाले इन्जिनियर हुन् । वकिलका अनुसार उनीहरुवीच थुप्रै चरणमा सम्बन्ध बिच्छेदका लागि छलफल भएको थियो ।
उप्रेतीले आफुले द्वन्द्वकालमै २० हजार रुपैयाँ पेस्तोल किनेको स्वीकारेका छन् । प्रहरीले उनीमाथि अबैध हतियार राखेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।

आफ्नै पत्नीको गुप्ताङमा तेजाब हालेर पति फरार

सप्तरी, १२ असार । पतिले तेजाब हालेर घाइते भएकी बकधुवा गाविस–७ महुलीकी ३० वर्षीया बद्रीमाया विश्वकर्र्मा हिजो सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छन् । छिमेकी पुरुषसँग बोलेकामा आफ्नो चरित्रमाथि लाञ्छना लगाउँदै कुटपिट गर्ने पति ४८ वर्षीय कृष्णबहादुर विश्वकर्माले सुतिरहेका बेला गुप्ताङमा तेजाब हालेर फरार भएको पीडितले बताइन् । सख्त घाइते बद्रीमायाको उपचारका लागि स्थानीय महिलाले पाँच हजार चन्दा संकलन गरी युनिक अस्पतालमा भर्ना गरिदिएको र सो अस्पतालले सिफारिस गरेपछि मङ्गलबार अपराह्न अञ्चल अस्पताल भर्ना गरेको महिला अधिकारकर्मी बकधुवा गाविस–९ की कुसुम आचार्यले\ बताउनुभयो । जेठी पत्नीले छाडेपछि कृष्णबहादुरले १३ वर्ष अघि बद्रीमायासँग बिहे गरेका थिए ।बद्रीमायातर्फ ११ वर्षकी छोरी र पाँच वर्षको छोरा छन् । घटनाका बारेमा महुली प्रहरी चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Find Us On Facebook