|
तनहुँ- त्रिशुली नदी घुम्न आएका चार युवतीसहित पाँच जनालाई त्रिशुली नदीले बगाउँदा बेपत्ता भएका छन्। चितवनको नारायणघाटबाट कुरिनटार घुम्न आएका उनीहरु पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका हुन्। नदीमा बेपत्ता हुनेहरुमा मनिषा रेग्मी, राजनी रेग्मी, लिजा रेग्मी, अस्मिता रेग्मी र जनक रावत छन्।
६ जनाको समूहमा कुरिनटार घुम्न आएका उनीहरुमध्ये एक युवतीलाई त्रिशुली नदीले बगाएपछि उद्धारको गर्न खोजेका अन्यलाई समेत नदीले बगाएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका एसएसपी दुर्गा बहादुर कुवरले बताए। नदीले बगाएका पाँचै जना १८ वर्षदेखी २० वर्ष उमेरका रहेका छन्। उनीहरुसँगै आएका बालक सुशान्त रेग्मी भने नदी किनारमा बसेकाले जोगिएका छन्।
नदीमा बेपत्ता भएका पाँचै जनाको विपद् व्यवस्थापन तालिम केन्द्रका शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय बासिन्दाल् खोजी गरिरहेका छन्।
|
0 comments:
Post a Comment