Home » » राष्ट्रपति रामवरण यादव बिरामी,विदेश लाने तयारी

राष्ट्रपति रामवरण यादव बिरामी,विदेश लाने तयारी




१ असार, काठमाडौं । राष्ट्रपति डा। रामवरण यादव बिरामी पर्नुभएको छ । शुक्रबार शिक्षण अस्पतालमा उपचारका लागि पुग्नुभएका यादवको आन्द्रामा समस्या देखिएपछि डाक्टरहरुले अन्यत्र रिफर गरेको शीतलनिवास स्रोतले बतायो । उहाँलाई उपचारका लागि आइतबार विदेश लाने तयारी सरकारले गरेको छ ।

‘उहाँलाई केही महिना पहिले देखि नै पेटको समस्या थियो । उहाँको ठूलो आन्द्रामा दाग देखिएकाले उपचारका लागि बाहिर लानुपर्ने भएको छ । आइतबार जापान लाने सम्भावना छ, त्यहाँ नभए अमेरिका पनि जानुपर्ने हुन सक्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अनलाइनखबरसँग भन्नुभयो । दाहालका अनुसार यादवको पेटको उपचार शिक्षण अस्पतालका ल्यास्ट्रोलोजिष्ट डा। शशी शर्माले गर्दै आउनुभएको थियो । शर्माको सिफारिसमा शनिबार ग्रान्डीमा अत्याधुनिक मेसिनमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा दाग देखिएको हो ।
शिक्षण अस्पतालको सिफारिसमा शनिबार उहाँको थप चेकजाँच धापासीस्थित निजी अस्पताल ग्रान्डीमा गरिएको थियो । ‘टिचिङमा हिजो उपचार गरिएको थियो, ठूलो आन्द्रामा समस्या देखिएपछि टिचिङले ग्रान्डीमा सिफारिस गरेकाले आज ग्रान्डीमा देखाइएको हो ।’ शीतलनिवास स्रोतले भन्यो– ‘उहाँको ठूलो आन्द्रामा दागजस्तो देखिएकाले डाक्टरहरु मिटिङ बसिराखेका छन् । रोग पत्ता लगाउने उपकरण राम्रो नभए बाहिर गएर थप चेकअप गर्नुपर्ने डाक्टरहरुको सल्लाह छ ।’ राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो । तीन दिनदेखि राष्ट्रपति यादवलाई पखाला लाग्ने र खान मन नलाग्ने समस्या देखिएको थियो ।
‘उहा“लाई केही महिना पहिले देखि नै पेटको समस्या थियो । उहा“को ठ″लो आन्द्रामा दाग देखिएकाले उपचारका लागि बाहिर लान’पर्ने भएको छ । आइतबार जापान लाने सम्भावना छ, त्यहा“ नभए अमेरिका पनि जान’पर्ने ह’न सक्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भन्न’भयो । दाहालका अन’सार यादवको पेटको उपचार शिक्षण अस्पतालका ल्यास्ट्रोलोजिष्ट डा. शशी शर्माले गर्दै आउन’भएको थियो । शर्माको सिफारिसमा शनिबार ग्रान्डीमा अत्याध’निक मेसिनमा सीटी स्क्यान गर्दा ठ″लो आन्द्रामा दाग देखिएको हो ।

0 comments:

Post a Comment

Find Us On Facebook