Home » » दुई आत्मा एक हुन एउटै धर्म हुनुपर्छ

दुई आत्मा एक हुन एउटै धर्म हुनुपर्छ


विगत चार वर्षदेखि म एक युवतीसँगको प्रेममा छु। यसबीच केही समय हामीबीच वैमनस्यता पनि भयो। गएको भ्यालेन्टाइनदेखि फेरि हामी एक भएका छौं। अब त चाहेर पनि हामी अलग हुन सक्दैनौं, म जसलाई माया गर्छु, उनी क्रिस्चियन हुन् र म हिन्दू। दुई आत्मा एक हुन एउटै धर्म हुनुपर्छ भन्ने मलाई लाग्दैन, तर यो समाजले मान्दो रहेछ। उनी मेरो पहिलो र अन्तिम प्रेमिका हुन्। पछि गएर मैले उनलाई मात्र रोज्नुपर्ने हुन्छ। यस्तो अवस्थामा मैले कस्तो निर्णय लिनु उचित होला ?

आर

दुई विपरीत धर्मीबीच प्रेम मौलाउनु नयाँ कुरा होइन। संसारमा यस्ता प्रेमका थुप्रै उदाहरण छन्। हिन्दी चलचित्र जगत्कै कुरा गर्ने हो भने सुनिल दत्त र नर्गिस, शाहरुख खान र गौरीकै उदाहरण पर्याप्त हुन सक्छ। मुख्य कुरा एक-अर्काबीचको सामञ्जस्यताको हो। एक-अर्काप्रति विश्वास र सामञ्जस्यता छ भने वैवाहिक जीवन बिताउन धर्मले बाधा पुर्‍याउँदैन। माथि दिइएका उदाहरणले के देखाउँछ भने धर्म परिवर्तन नगरीकनै एक-अर्काको धर्मको सम्मान गरेर पनि बाँच्न सकिन्छ। यद्यपि यस्तो प्रयोग नेपाली समाजमा त्यति भएको छैन। यसरी विवाह गर्नुपर्दा धर्म परिवर्तनलाई मुख्य सर्तका रूपमा अगाडि सारिएको पाइन्छ। तपाईंले धर्म परिवर्तन नगरी विवाह गर्ने कि आफ्नी प्रेमिकाको सल्लाहका धर्म परिवर्तन गर्ने वा उनीसँग विवाह नगर्ने यो तपाईंको विवेकको कुरा हो। 

0 comments:

Post a Comment

Find Us On Facebook