Home » » यस्तो केटासंग टाढै रहँदा राम्रो

यस्तो केटासंग टाढै रहँदा राम्रो


तपाईं यो टोलको सबभन्दा हृयाण्डसम व्यक्ति हुनुहुन्छ र तपाईंको चर्चा कलेजका प्रत्येक कक्षा कोठामा छ । यदि यस्तै शब्दहरु कुनै केटाहरुलाई भनिदिने हो भने तपाईंलाइ थाहा नै छ कि कति छिटै केटाहरु तपाईंको जालमा पर्छन् ।
तर, यस्ता शब्दहरु धेरै व्यक्तिहरु माझ छानिएको एक व्यक्तिलाई भन्दा बुद्धिमानी होला । यदि तपाईं सुमधुर सम्बन्ध खोजिरहनु भएको छ भने, यी कुराहरुले कस्ता व्यक्तिबाट टाढा रहँदा ठिक होला भन्ने कुरामा जानकारी गर्नेछ ।
कोमल प्रियतमः
यस्ता व्यक्तिहरु आफूलाइ एकदम जतनकासाथ सम्हालियोस् भन्ने चाहन्छन् ।
उनीहरुमा पुरुषार्थ भन्ने कुरा केहि पनि हुँदैन । यदि तपाईंको प्रेमी आफ्नो धेरै समय ऐनाको अगाडि व्यतित गर्छ र सौर्न्दर्य स्पातिर मन डुलाउँछ भने, त्यस्ता व्यक्तिहरु आफ्नो प्रशंसा आफै गर्छन्, त्यसकारण उनीहरुसंग तपाईंलाइ प्रशंसा गर्ने फुर्सद नै हुदैँन ।
निर्णायकः
यद्यपि, यो भन्न सजिलो छ कि प्रेम गर्नलाइ खुल्ला दिमागको आवश्यकता पर्छ तर यस्ता मानिसहरुले तपाईंको बितेका दिनमा गरेको कामको आधारमा निर्णय लिन्छन् । उसले तपाईंलाई आफ्नो सिद्धान्तहरुको झटारो हानेर दोषी तुल्याएरै मार्न खोज्छ ।
खेलकुद मेरो पहिलो प्रेमः हामी सबैलाई थाहा नै छ, केटाहरु खेलमा अलि बढि रुची राख्छन् तर त्यो रुची तपाईंमा कम र खेलमा ज्यादा भयो भने सोच्नै पर्ने अवस्था हुन्छ । यदि उसलाई तपाईंसँग फिल्म हेर्न हो कि कुनै खेल हेर्ने हो भनेर सोध्दा त्यसमा उसले तपाईंको पछिल्लो विकल्प रोज्नुहुन्छ भने, सावधान, तपाईंले उहाँको माया पाउनुहुन्न ।
आत्म केन्द्रितः
यदि सबै दिइएको अवस्थामा तपाईंको प्रेमीले तपाईंलाइ गलत र आफूलाई सहि साबित गर्न खोज्नु हुन्छ भने त्यस्ता व्यक्तिहरुसंग तपाईंले आफ्नो सम्बन्ध अगाडि नबढाउँदा नै ठिक हुन्छ ।
स्वामिगत ढाँचाः
कुनै केटाले ‘तिमी मेरो लागि जन्मेकी हौ ‘ भन्यो भने त्यसमा शंका गर्ने ठाउँ निकै हुन्छ । हो, यस्ता कुराहरु फिल्मको लागि मात्र उपयुक्त हुन्छ असली जिन्दगीमा होइन । यद्यपी कसैले माया गर्ने कुरा थाहा पाउँदा कसलाई खुसी लाग्दैन र – तर त्यति हदसम्म पनि होइन जसले गर्दा तपाईंको व्यक्तिगत जिन्दगी नै गुमाउनु परोस् । चिनी पनि धेरै खाए तितो हुन्छ भने झैं माया धेरै कडा भयो भने गाह्रो हुन्छ ।

0 comments:

Post a Comment

Find Us On Facebook