|
नेपालगन्ज, असार २ - नेकपा-माओवादीसहितका असन्तुष्ट दलहरुको बन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपालगन्ज नगरपालिकासँग जोडिएको परस्पुर गाउँ जान पनि हेलिकप्टर प्रयोग गर्नुपरेको छ ।
बॉकेको राप्तीपारी नरैनापुरमा आमसभालाई सम्बोधन गर्न आइतवार बिहान यति एअरबाट नेपालगन्ज विमानस्थल ओर्लेका थिए । हुम्लामा रहेको फिस्टेल एअरको हेलिकप्टर मौसमी प्रतिकुलताले ढिलो भएपछि एमाओवादी अध्यक्ष दाहालले दुई घण्टा बिमानस्थलमै बिताउनुपर्यो । उनको नगरसँग जोडिएको परस्पुर गाउँमा कांग्रेस कार्यकर्ता सन्तोष बर्मासहितलाई पार्टी प्रवेश गराउने कार्यक्रम थियो ।
बॉके प्रहरीले स्कटिङ गरेर कार्यक्रमस्थल पुर्याउने आग्रह समेत गरेको थियो । तर, नेपालगन्जका मुख्य चोक धम्बोझीमा बन्दकर्ताको जमघट रहेको थाहा पाएपछि एमाओवादी अध्यक्ष दाहालले गाडी चढेर परस्पुर जान नचाहेका हुन् । दाहाल लगायतका एमाओवादी नेताहरुले चाहेको भए दुई घण्टा विमानस्थलमा पर्खिनुको सट्टा परस्पुर गाउँको कार्यक्रम सकेर नरैनापुर जानसक्ने अवस्था रहेको स्रोतले बतायो ।
‘स्कटिङ गरेर लैजान सक्छौ भन्यौं । तर, उहॉहरुले हेलिकप्टरबाटै जाने कार्यक्रम बनाउनुभएको रहेछ,’ बॉकेका प्रहरी उपरीक्षक भुपाल भण्डारीले भने । उनी दुई घण्टा पर्खेर हेलिकप्टरबाट नरैनापुर पुगेका थिए । त्यहॉको कार्यक्रमपछि परस्पुर गाउँको खेतमा हेलिकप्टर ओरालेर पार्टी प्रवेश गराई विमानस्थल फर्केका हुन् ।

0 comments:
Post a Comment