फेसबुकमा च्याटरूम आउँदै

फेसबुकले तपाइँलाइ च्याट रूमको सुविधा दिन सक्नेछ । फेसबुक च्याट रूमलाइ अहिले टेस्ट गरिरहेको छ । यसको कोडनेम ‘होस्ट च्याट’ राखिएको बताइएको छ ।
फेसबुकपनि यस कुराको पुष्टि गरेको छ कि यस प्रकारको फीचरको अहिले टेस्ट भैरहेको छ, तर यस सम्बन्धमा धेरै कुरा गर्न भने फेसबुकले मानेको छैन । च्याट र म्यासेन्जरको मामलामा फेसबुकलाइ ह्वाट्सएप, गूगल ह्याङ्गआउट, ब्ल्याकबेरी म्यासेन्जर र ऐपलको आईमेसेज आदि का साथमा कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
च्याट रूमबाट फेसबुकलाइ निकै फाइदा हुन सक्दछ । फेसबुकको लगातार यो स्ट्र्याटेजी रहेको छ कि यूजरले फेसबुकमा धेरै भन्दा धेरै समय बिताउनु । च्याट रूमका कारण यूजरले साइटमा धेरै भन्दा धेरै समय बिताउने छन । किनभने कुनैपनि म्यासेजिङका क्रममा यूजर धेरै समय सम्म साइटमा रहँदैन, तर च्याट रूम भने धेरै समयसम्म खुली रहन्छ ।
techcrunch लाइ सूत्रहरूले बताए अनुसार फेसबुकले यसका लागी अपडेट स्टेटस र एड फोटोज/भिडियो को संगै होस्ट च्याटको बटन दिन सक्नेछ । यसमा क्लिक गरेपछि एउटा च्याटरूम खुल्नेछ, जसको नाम होस्ट हुन सक्नेछ ।
होस्टले यसमा साथीहरूलाइ जोड्नेछ । यद्दपी बिना इन्भिटेशन पनि यसमा साथीहरू सहभागी हुन सक्नेछन । यसमा सबै साथीहरूलाइ न्यूज फीडमा उनका साथीले एक च्याट रूम बनाएको कुरा देखाइदिनेछ । जहाँ उनका लागी यो च्याट रूममा ज्वाइन गर्ने अप्सन पनि हुनेछ ।
होस्टले प्राइभेसी सेटिङ्स पनि गर्न सक्नेछ कि को को ज्वाइन गर्न सक्नेछन । होस्टले जसलाइ चाहन्छ, उसलाइ च्याट रूमबाट बाहिर राख्न सक्दछ । साथै यसमा साथीहरूलाइ सहभागी गराउँने सुविधा पनि प्राप्त हुनेछ ।
टेस्ट भैरहेको होस्ट च्याटमा मात्र टेक्स्टको प्रयोग भैरहेको छ, यसमा फोटो तथा भिडियो जोडिएको छैन ।

महँगो मोबाइललाई सस्तो बनाउने तरिका

९ असार, काठमाडौं । बजारमा महँगोमा किनेको मोबाइल सेटलाई सामान्य जुक्ति लगाएर घरमा ल्याएर मूल्य घटाउन सकिन्छ । यो सुविधा सबै मोबाइल प्रयोगकर्ताले प्राप्त गर्न सक्छन् । १०/१२ हजार रुपैयाँमा किनेका सेटको मूल्य घरमा ल्याएर ५ हजारमा झार्न सकिन्छ ।
सामान्य विद्यार्थी र पेशाकर्मीले तीन हजार रुपैयाँको इन्टरनेट डाटा कार्ड र तीन हजारको भ्वाइस रेकर्डर साथमा राखेका हुन्छन् । त्यसबाहेक साइन्टिफिक क्यालकुलेटर, क्यालेन्डर, अंग्रेजी ग्रामर, डिक्स्नरी, हेल्थ टिप्स बुक, दिशा पत्ता लगाउने कम्पासलगायत घरायसी, अध्ययन र कार्यालयको कामको सिलसिलामा नियमित प्रयोग हुने समानको लागि हजार रुपैयाँभन्दा बढी खर्च गरेको पाइन्छ ।
सबैभन्दा सस्तो स्मार्टफोन किनेर जोकसैले यी सबै सुविधा सोही सेटबाट प्राप्त गर्न सक्छ । अहिले नेपाली बजारमा सामसुङको ११ रुपैयाँदेखि माथि र भारतीय तथा चिनियाँ कम्पनीका ७ हजार रुपैयाँभन्दा माथिको मूल्यमा स्मार्टफोन सेट उपलब्ध छन् । तर, जानकारीको अभावमा धेरै मोबाइल प्रयोगकर्ताले इन्टरनेटको डाटा कार्ड सँगै बोकेर हिँडेका हुन्छन् ।
मोबाइल सेटले स्वतः डाटा कार्डको काम गर्दछ । सेटमा सिमबाट चल्ने इन्टरनेटलाई तार वा ताररहित माध्यमबाट कम्युटरमा सेयर गर्न सकिन्छ । मोबाइल सेटमा वायरलेस अप्सनभित्र रहेको ‘टेथरिङ’ मा क्लिक गरी डाटा केबुलबाट कम्प्युटरमा इन्टरनेट सार्न सकिन्छ । यस्तै, ‘हट स्पट’ मा क्लिक गरी मोबाइल सेटको इन्टरनेट वाईफाई प्रविधिबाट ल्यापटप र अन्य मोबाइल सेटमा सेयर गर्न सकिन्छ । स्मार्टफोनमा थ्रीजी सपोर्ट गर्ने हुँदा पहिले सिमकार्डलाई थ्रीजी बनाउनुपर्छ ।
पात्रो, डिक्स्नरी, क्यालकुलेटर, कम्पासजस्ता जनउपयोगी चिज फोन सेट निर्माता कम्पनीले किनेर प्रयोगकर्ताका लागि सित्तैमा बाँडेका हुन्छन् । मोबाइल सेटको मूल्य तिर्दा नै ती सुविधाको मूल्य समावेश गरिएको हुन्छ । एन्ड्रोइड स्मार्टफोनहरुमा गुगल प्ले र आइफोनमा एप्स स्टोर भन्ने आइकनमा गएर त्यस्ता एप्लिकेसन डाउनलोड गर्न सकिन्छ । त्यहाँ केही शुल्क तिर्नुपर्ने र धेरै निःशुल्क एप्लिकेसन राखिएका हुन्छन् । एप्लिकेसनको नाम ठ्याक्कै याद नभएमा गुगलमा चाहिएको चिज सर्च गर्न मिल्दोजुल्दो शब्द टाइप गरेजस्तै गर्न सकिन्छ ।
स्मार्टफोन इन्टरनेट चलाउन र दैनिक उपयोगी जानकारी हातैमा लिनको लागि बनाइएका हुन् । यसका लागि अन्य उपकरण र पुस्तकको प्रयोग गर्नु अनावश्यक खर्च बढाउनु हो । यसबाहेक प्रायः ४ हजार ५ सय रुपैयाँभन्दा माथिका फोन सेटलाई पनि इन्टरनेट डाटा कार्डको रुपमा प्रयोग गर्न सकिन्छ । केबुललेे फोन सेटलाई कम्प्युटरमा जोडेर डायल अप प्रविधिबाट टेलिकम वा एनसेलको इन्टरनेट कनेन्ट गर्न सकिन्छ । यसका लागि अन्य केही उपकरण चाहिँदैन, सम्बन्धित फोन सेटको वेभसाइटबाट सानो एप्लिकेसन डाउनलोड गरेर कम्प्युटरमा राख्नुपर्छ । वाईफाई चल्ने गैरस्मार्टफोन सेटमा getjar.com बाट चाहिएको अप्लिकेसन डाउनलोड गर्न सकिन्छ ।

फेसबुक तथा ट्विटर चलाउनु यौनक्रीडा गर्नुभन्दा आनन्ददायक

सान फ्रान्सिस्का  - इन्टरनेटको शैलीमा जीवन बिताउनेहरूका लागि फेसबुक र ट्विटर चलाउनु यौनक्रीडा गर्नुभन्दा पनि बढी आकर्षक तथा आनन्ददायक भएको शुक्रबार प्रकाशित एक अनुसन्धानको नतिजामा उल्लेख गरिएको छ ।     सिकागो विश्वविद्यालय, बुथ स्कुल अफ बिजिनेसले जर्मनीमा एक सातासम्म गरेको सर्वेक्षणमा फेसबुक तथा ट्विटरजस्ता सामाजिक सञ्जाल हेर्नु, त्यसमा फोटो राख्नु तथा अरू राखेका कुरामा टिप्पणी गर्नु यौनक्रीडा गर्नु वा चुरोट पिउनुभन्दा पनि आकर्षक भएको देखिएको छ ।   यस्ता सामाजिक सञ्जाल सजिलै उपलब्ध भएको, त्यसमा संलग्न हुन धेरै लागत पनि नलाग्नेभएकाले यसलाई पन्छाउन निकै कठिन भएको सर्वेक्षणमा देखिएको यसका प्रमुख अनुसन्धानकर्ता विलहेल्म होफम्यानले बताउनुभएको छ ।    यस्ता सामाजिक सञ्जालमा १८ वर्षदेखि ८५ वर्षसम्मका व्यक्ति सहभागी हुने गरेको स्मार्टफोनमा गरिएको सर्वेक्षणमा देखिएको छ ।    सर्वेक्षणमा सहभागी हुनेहरूलाई यौनक्रीडा, मदिरा, चुरोट तथा आनन्द दिने सामग्रीका सम्बन्धमा उनीहरूको चाहनाका विषयमा पनि प्रश्न गरिएको थियो ।    सहभागीहरूले ट्विटर तथा फेसबुकजस्ता सामाजिक सञ्जालप्रतिको आकर्षण अन्य सामग्रीप्रतिको आकर्षण भन्दा अझै कडा भएको तथा पन्छाउन नसकिने भएको बताएका छन् । अध्ययनमा यस्तो कार्य व्यसनको रूपमा देखा पर्ने पनि देखिएको छ ।    अध्ययनमा कामका समयमा मानिसले यौनक्रीडा, खरिददारी जस्ता विषयका आकर्षणलाई पनि भुल्ने गरेको देखिएको छ ।

अब हाफ पाइन्टबाटै मोबाइज चार्ज हुने

अब हाफ पाइन्टबाटै मोबाइज चार्ज हुने भएको छ । पत्यार नलाग्न सक्छ तर, यो वास्तविकता हो । बैज्ञानिकहरुले यस्तो हाप पाइन्ट र स्लिपिङ व्याग बनाएका छन्, जसले उर्जा प्राप्त गर्न सक्छ र चाहिएको बेला त्यसबाट तपाई फोन चार्ज गर्न सक्नु हुनेछ ।यो कपडामा हिँड्दा निस्कने उर्जालाई इलेक्ट्रोनिक इनर्जीमा बदल्ने फेबरिक हुन्छ, जसले तपाईको स्मार्टफोन चार्ज गर्न पाउँछ । स्लिपिङ व्यागमा सुत्दा फोन चार्ज हुन्छ ।मोबाइल फोन कम्पनी भोडाफोनले यूनिभर्सिटी अफ साउथहृयाम्पटनको सहयोगमा यस्तो प्रविधि बनाएको हो । परीक्षणका क्रममा यो हापपाइन्ट लगाएर दिनभर हिड्दा वा नाच्दा चार घण्टाका लागि फोन चार्ज गर्न पुग्छ भने स्लिपिङ ब्यागमा एक रात सुत्दा ११ घण्टासम्म चार्ज हुन्छ । हाल यो परीक्षणमै रहेकाले बजारमा भने उपलब्ध छैन ।

'कुन अक्षरबाट नाम सुरू भएका महिला बढी खर्चालु'''

'मानिसको जीवनमा नामको पनि निकै ठूलो महत्व हुन्छ । मानिसले नामबाट पनि उसको स्वभाव, बानीव्होराबारे अड्कल काट्ने गर्छन् । मानिसको नामको सुरूवाती अक्षरबाट पनि यसबारे जानकारी हासिल गर्ने गर्छन् ।'
ज्योतिष विज्ञानले नामबाटै बानी ब्यहोराको बारे जानकारी हासिल गर्न मद्धत गर्ने ज्योतिषहरु बताउँछन् । ज्योतिषहरूका अनुसार जुन महिलाको नाम अंग्रेजी अक्षर डब्लूबा
ट सुरू हुन्छ ती महिला निकै खर्चालु हुने गर्छन् । उनीहरू निकै शौखिन हुन्छन् र भौतिक सुख-सुविधा तथा फेशनप्रति निकै रूची राख्ने खालका हुन्छन् । ''
डब्लूबाट नाम सुरू हुने महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । उनीहरू पुरूषहरूको भिडमा समेत निकै चर्चित हुने गर्छन् । यी महिलाहरू निकै रहस्यवादी हुन्छन् र उनीहरू अरूको भित्रि कुरा जान्न निकै उत्सुक हुन्छन् । ''
यस्तै, डब्लू अक्षरबाट नाम सुरू हुने महिलाहरू अनावश्यक रूपमा अरूसँग सम्बन्ध राख्न चाहँदैनन् । सकेसम्म उनीहरू विवादबाट टाढा रहन चाहन्छन् । उनीहरू 'साथी बनाउँदा उक्त व्यक्तिको हैसियत र उसको क्षमताबारे पनि निकै विचार गर्ने गर्छन् । '
यी महिलाहरू निकै जिद्धी हुने गर्छन् । जसरी डब्लू अक्षरमा बिचमा अग्लो र छेऊ-छेऊमा गहिरो हुन्छ त्यसरी नै महिलाहरुको जीवनमा यस्तै खाले उतारचढावहरु आउने गर्छन् । यिनीहरु चुनौतीलाई भने डटेर सामना गर्ने खालका हुन्छन् ।''

सोसल मिडियाका रिस उठाउने अपडेटहरु

एक नयाँ अनुसन्धानले सोसल मिडियामा कस्ता कुराहरुको अपडेटले मानिस रिस उठाउँछ भन्ने कुराको तथ्य फेला पारेको छ । स्विटब्यान्ड डट कमले गरेको उक्त अनुसन्धानमा खानपान र व्यायामका सामग्रीहरु मानिसका लागि सोसल मिडियामा सबभन्दा रिस उठ्ने तत्व बनेका छन् । टेलिग्राफका अनुसार सबभन्दा रिस उठाउने सोसल मिडिया अपडेटहरु यसप्रकार छन्ः – खानपान र व्यायामका गफ हाँक्नेहरुः जसले तपाईंलाई उनीहरुले कति टाढासम्म साइक्लिङ गरे, कति चाँडै उनीहरु दौडिए र कति किलो तौल घटाएजस्ता सामग्रीहरु पस्किनाले । – जसले सोसल मिडियामा आफ्नो सबै खानाहरुको बारेमा जानकारी दिन्छ, त्यो निकै रिस उठ्ने हुन्छ । – भाव लुकेका स्टेटस लेख्नेहरु । – गेमका इन्भाइटरहरु । जसले साथीहरुलाई फेसबुकमा आफूले खेल्ने सबै गेमका लागि अनुरोध गर्ने गर्दछन् । – गौरवान्वित आमा–बुवा । पक्कै पनि तपाईंको छोराछोरी निकै स्पेशल हुनुहुन्छ तपाईंको लागि । तर, उनीहरुले चालेको प्रत्येक पाइला, हाच्छिउँ गरेका कुराहरु अरु मानिसहरुका लागि त्यति रोचक नलाग्ला । – मानिसहरु जसले आफ्नो साना साना र प्रत्येक पर्सनल कुराहरु साटासाट गर्ने गर्दछ । – केहि कार्यक्रमको जानकारी । तपाईंले कुनै कार्यक्रमको होस्ट गर्दै हुनुहुन्छ या तपाईं कुनै कार्यक्रममा सम्बन्धित हुनुहुन्छ भने त्यस्ता कार्यक्रमको जानकारी दिनु भनेको राम्रो हो तर दुईपटकभन्दा बढि टुइट गर्नु भनेको उनीहरुलाई रिस उठाउनु मात्र हो । – लगातार नेटवर्किङ साइटमा व्यस्त भइरहने । अपडेट गरिएका स्टेटसमा लाइक र कमेन्ट गर्नु राम्रो नै मानिन्छ । तर, धेरै गर्नुभयो भने पिछा गरेकोजस्तो हुन्छ ।

होसियार !, अब मोबाईलमा पोर्न फिल्म हेर्नेको खैरेत छैन !

५ बैशाख यदि तपाई ब्ल्याकबेरी प्रयोगकर्ता हुनुहुन्छ, र फोनमा पोर्न फिल्म हेर्ने गर्नु हुन्छ भने होसियार ! अब ब्ल्याकबेरी मोबाईलमा पोर्न फिल्म हेर्नेको खैरेत छैन । अब तपाईको फोनले नै तपाईको जासुसी गर्नेछ र तपाईको नेटवर्कमा जोडिएका सम्पुर्ण साथीहरुलाई तपाईले पोर्न फिल्म हेरिरहनु भएको छ भनि जानकारी दिन्छ । अब अश्लिन फिल्म हेर्दा तपाईको फोनले नै तपाईलाई समस्यामा पार्न सक्छ ।
कुरो के हो भने, ब्ल्याकबेरीको मेडिया प्लेयरमा जब कुनै नयाँ भिडियो प्ले हुन्छ, तब त्यसको जानकारी फोनले स्वतः युजर बिबिएम कन्टेन्टमा पु¥याई दिन्छ ।ब्ल्याकबेरीका अनुसार उसले प्रयोगकर्ताका लागी ह्वाट आईएम लिस्टनिगं टु भन्ने एप्स डिजाईन गरेको छ । यसको माध्यमले बिबिएम कन्टेस्ट लिस्टमा रहेका साथीहरुलाई तपाईले कुन भिडियो हेरिरहनु भएको छ, भन्ने जानकारी हुन्छ ।
बिबिएम कन्टेस्टमा जानकारी शेयर भएपछि तपाईको फ्रेन्ड लिस्टमा भएका सम्पुर्ण साथीहरुलाई तपाईको मेडिया प्लेयरको गतिबिधि थाहा हुन्छ । अझ, तपाईको घरका कोहि बिबिएम कन्टेस्ट लिस्टमा भए भने त पोर्न फिल्म हेर्दा आपत नै पर्ला । तर तपाईले चिन्ता गर्नु पर्दैन, किनकी, बिबिएम सेटिङमा गएर तपाईले ह्वाट आईएम लिस्टनिगं टु लाई डिजेबल गरेर सर्भिस नै बन्द गर्न पनि सक्नु हुनेछ । ब्ल्याकबेरीको नयाँ फोन Q10 मा यस फिचर दिईएको, जसलाई तपाईले डिजेबल गर्न सक्नु हुन्छ ।

Find Us On Facebook