Home » » सोसल मिडियाका रिस उठाउने अपडेटहरु

सोसल मिडियाका रिस उठाउने अपडेटहरु


एक नयाँ अनुसन्धानले सोसल मिडियामा कस्ता कुराहरुको अपडेटले मानिस रिस उठाउँछ भन्ने कुराको तथ्य फेला पारेको छ । स्विटब्यान्ड डट कमले गरेको उक्त अनुसन्धानमा खानपान र व्यायामका सामग्रीहरु मानिसका लागि सोसल मिडियामा सबभन्दा रिस उठ्ने तत्व बनेका छन् । टेलिग्राफका अनुसार सबभन्दा रिस उठाउने सोसल मिडिया अपडेटहरु यसप्रकार छन्ः – खानपान र व्यायामका गफ हाँक्नेहरुः जसले तपाईंलाई उनीहरुले कति टाढासम्म साइक्लिङ गरे, कति चाँडै उनीहरु दौडिए र कति किलो तौल घटाएजस्ता सामग्रीहरु पस्किनाले । – जसले सोसल मिडियामा आफ्नो सबै खानाहरुको बारेमा जानकारी दिन्छ, त्यो निकै रिस उठ्ने हुन्छ । – भाव लुकेका स्टेटस लेख्नेहरु । – गेमका इन्भाइटरहरु । जसले साथीहरुलाई फेसबुकमा आफूले खेल्ने सबै गेमका लागि अनुरोध गर्ने गर्दछन् । – गौरवान्वित आमा–बुवा । पक्कै पनि तपाईंको छोराछोरी निकै स्पेशल हुनुहुन्छ तपाईंको लागि । तर, उनीहरुले चालेको प्रत्येक पाइला, हाच्छिउँ गरेका कुराहरु अरु मानिसहरुका लागि त्यति रोचक नलाग्ला । – मानिसहरु जसले आफ्नो साना साना र प्रत्येक पर्सनल कुराहरु साटासाट गर्ने गर्दछ । – केहि कार्यक्रमको जानकारी । तपाईंले कुनै कार्यक्रमको होस्ट गर्दै हुनुहुन्छ या तपाईं कुनै कार्यक्रममा सम्बन्धित हुनुहुन्छ भने त्यस्ता कार्यक्रमको जानकारी दिनु भनेको राम्रो हो तर दुईपटकभन्दा बढि टुइट गर्नु भनेको उनीहरुलाई रिस उठाउनु मात्र हो । – लगातार नेटवर्किङ साइटमा व्यस्त भइरहने । अपडेट गरिएका स्टेटसमा लाइक र कमेन्ट गर्नु राम्रो नै मानिन्छ । तर, धेरै गर्नुभयो भने पिछा गरेकोजस्तो हुन्छ ।

0 comments:

Post a Comment

Find Us On Facebook