Home » » कञ्चनपुरमा बाबू द्वारा चार वर्षिया छोरीलाई यौन शोषण

कञ्चनपुरमा बाबू द्वारा चार वर्षिया छोरीलाई यौन शोषण


प्रहरीद्वारा जबरजस्ती करणी अन्र्तगत मुद्धा चलाउने तयारी, नाबालिका छोरीलाई मुख मैथन गराउने कञ्चनपुरको सुडा गाविसका गोरे ओडलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नी चारवर्षिया छोरीलाई मुख मैथुन गराउदै आएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । शनिबार दिउसो घरमै आफ्नै चारवर्षिया छोरीलाई मुख मैथुन गराउने क्रममा आमाले देखेपछि प्रहरीमा खबर गरेपछि उनी पक्राउ परेका हुन ।

सुडा प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले सुडा गाविस ६ गाउँजीका गोरे ओडलाई पक्राउ गरेपछि जबरजस्ती करणी अन्र्तगत मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विर्खबहादुर रावलले जानकारी दिनुभयो । बालबालिकालाई अप्राकृतिक मैथुन गराउनु पनि जबरजस्ती करण अन्र्तगत नै पर्ने भएकाले जिल्ला अदालतबाट म्याद थप गराएर कारबाही प्रक्रिया थालेको उहाँले बताउनुभयो ।

अदालतबाट दोषि ठहर भएमा उनलाई ७ देखी १२ वर्षसम्म कैद हुनेछ । श्रीमतीले पनि आफुलाई समेत त्यस्तै गर्न बाध्य पार्दै आएको प्रहरी समक्ष बताएकी छिन । गोरेले पनि आफ्नो पहिले देखीनै त्यस्तै बानि बसेकाले गल्ती भएको प्रहरी समक्ष स्वीकार गरेका छन । प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले यस्तो घटना पहिलो पटक सार्वजनिक भएको बताउनुभयो ।

0 comments:

Post a Comment

Find Us On Facebook