Posted by Nepal no 1 news site
Posted on 2:46 AM
with No comments

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना नेपाली फ्यानहरुलाई आभार प्रकट गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई माया गर्ने, प्रशंसा गर्ने र शुभकामना दिने सबैलाई आभार प्रकट गरेका हुन्। उनले नेपाली फ्यानलाई प्रतिक्रिया दिन नसक्दा भने दुःखी भएको बताए। 'नेपालबाट ट्विटरमार्फत् मेन्सन गर्ने सबैलाई मेरो सन्देश छ,' उनले ट्विटरमा लेखेका छन्, 'नेपाली फ्यानलाई प्रतिक्रया दिनखोज्दा 'ट्विट् डज नट एक्जिस्ट' भन्ने सन्देशले निराश बनाएको छ।' अमिताभ बच्चनलाई ट्विटरमा ५२ लाख ४५ हजार ७ सयले फलो गरेका छन्।
0 comments:
Post a Comment