|
|
शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट) योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ?
५५
तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्नहुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित हुन्छ भन्छन्।
विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो। शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय नेपाली महिलामा हुनसक्छ र यो निकै असजिलो परिस्थिति हो।
त्यसैले पति-पत्नीले आफ्ना मनमा भएका दुःख तथा अप्ठयाराहरूलाई खुलस्त रूपमा एक-अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरेर समाधान खोज्नुपर्छ। यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा त्यसका लागि दुवैले केही समय निकाल्नुपर्छ। कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन्। तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन।
के-कस्ता कुराले यौन क्रियाकलाप सहज बनाउन सहयोग गर्ला ?
सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव हुन बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन्। योनि सुख्खा भएको अनुभव छ भने, प्-थ् वभििथ वा अन्य कुनै चिप्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ। केगेल कसरत लाभदायक हुन्छ। यसले योनि तथा भग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ। यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौन सम्पर्कमा संलग्न हुनुपर्ने भन्ने छैन। कोमल तरिकाले बिस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ। स्पर्श, अंकमाल अति विस्तारै यौनाङ्गको स्पर्श, सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सक्नुहुन्छ। असजिलो भएमा बन्द गर्ने, राति नै वा बेस्सरी थाकेको बेला यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन।
थकान पक्कै यौन क्रियाकलापमा संलग्न हुन वाधक हुनसक्छ। राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ। थाक्नुभन्दा पहिले नै शिशु सुतेको बेला समय निकाल्नु सहयोगी हुन्छ। नवजात शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्ने गर्दा थकान हटाउन मद्दत पुग्छ। हल्का र थोरै तर पटक-पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ। शिशु हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गर्दा पनि सहयोग नै पुग्छ। यस्तो अवस्थामा पोषणमा विशेष ध्यान पुर्याउनुपर्छ।
के गर्भ रहला ?
शिशुलाई स्तनपान नगराउने धेरैजसो महिला शिशु जन्मिएको यस्तै ४ देखि ६ हप्तामा महिनावारी र्फकन सक्छन्, तर यस्तै एकतिहाइ जति शिशुको जन्मपछिको महिनावारीमा डिम्ब निष्कासन नभएको हुन सक्छ। त्यसपछिका महिनावारीमा ढिम्ब निष्कासन हुने क्रम पनि बढी हुन्छ र शूक्रकीटसहितको वीर्य योनिमा पर्दा गर्भ रहने सम्भावना बढ्छ। शिशुलाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मको लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ।
तर अर्को पक्ष के पनि हो भने यी कुरामा केही अनिश्चितता हुन्छ। मुख्य कुरा के भने, गर्भको भयका कारण यौनसम्पर्क राख्न हिचकिचाउनुपर्ने जमाना अहिले छैन। गर्भावस्थादेखि नै आफ्नो परिवारको योजना गर्न सकिए सजिलै उपलब्ध गर्भनिरोधको साधन शिशुको जन्मपछि सक्दो चाँडो प्रयोग गर्न सकिन्छ। स्तनपान गराइरहेको स्थितिमा स्वास्थ्यकर्मीको सल्लाहमा प्रोजेस्टेरोन मात्र भएका चक्की वा सुई -डिपो) प्रयोग गर्न सकिन्छ। कन्डमको प्रयोग त जुनसुकै बेला पनि गर्न सकिने भयो।
म १८ वषर्ीया युवती हुँ। एक-दुई महिना भयो, यौनसम्पर्क गर्न मन लाग्छ। यद्यपि म विवाहअघि यौनसम्पर्क गर्न चाहन्नँ। यसलाई रोक्ने केही उपाय बताइदिनुहोला। मेरो योनि पनि सुन्निएको छ भने सेतो पानी पनि बग्छ।
५२६५
यो स्वाभाविक हो कि युवा अवस्थामा यौनचाहना तीव्र हुन्छ र यौन सम्पर्क राख्न मन लाग्छ, तर अहिले नै यौनसम्पर्क राख्न नचाहने कुराको पनि प्रशंसा गर्छु। विवाह गर्नुपहिले यौनसम्पर्क राख्नुको आफ्नै जोखिम हुन्छ, जस्तै कि अनिच्छित गर्भ रहनु। यौनचाहना स्वाभाविक तथा प्राकृतिक कुरा हो, त्यसैले यसलाई रोक्ने कुरा गर्नु त्यति बुद्धिमत्तापूर्ण हो जस्तो लाग्दैन। यौनसम्पर्क नराखे पनि यौनचाहना शान्त पार्न सकिन्छ। यौनसुख प्राप्त गर्न यौनसम्पर्क राख्नैपर्छ भन्ने छैन। यसका लागि सबैभन्दा राम्रो उपाय हस्तमैथुन गर्नु हो। भगांकुरको घर्षण हस्तमैथुन गर्ने एउटा महत्त्वपूर्ण उपाय हो भने अर्को प्रचलित उपाय— योनिमा औंला वा अन्य कुनै वस्तु पसाउनु।
यौन उत्तेजना हुँदा भगक्षेत्र केही फुलेजस्तो हुन्छ। कुनै संक्रमण वा अन्य कारणले शोथ भए सुन्निन सक्छ। यौन उत्तेजना हुँदा स्वाभाविक रूपमै रस आउँछ। अस्वाभाविक योनि श्राव -बढी, गन्हाउने) भए उपचार गर्नुपर्ने हुन्छ। तपाईंले अहिलेसम्म यौनसम्पर्क नराख्नुभएकाले त्यसलाई यौनरोग भन्न मिलेन।
|
|



0 comments:
Post a Comment