Home » » दुई युवतिले नांगो छातीमा "OBAMA HELP" लेखेर ओबामालाई देखाएपछि..

दुई युवतिले नांगो छातीमा "OBAMA HELP" लेखेर ओबामालाई देखाएपछि..


जर्मनी भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दुई युवतिले नांगिएर आफ्ना कुरा राखेका छन । युक्रेनको महिलावादी समूह 'फेमिन' का दुई कार्यकर्ता महिलाले जर्मनी भ्रमणमा रहेका ओबामा अगाडी बर्लिनमा बुधवार अर्धनग्न भएर प्रदर्शन गर्दा बर्लिन प्रहरीले सास्ती ब्यहोर्नु परेको छ ।

सार्वजनिक रुपमा बर्लिनमा भाषण गर्नुअघि ‘फेमिन’का कार्यकर्ताहरुले शरिरको माथिल्लो भागमा कुनैपनि बस्त्र नलगाइकन प्रदर्शन गरेका हुन । यसअघि पनि यो संस्थाका कार्यकर्ताहरुले अष्ट्रेलिया र अमेरिकामा यस्तै प्रदर्शन गर्दै महिला अधिकारको पक्षमा वकालत गरिसकेको दाबी गरेको छ ।

नांगो छाति र शरिरमा ओबामा हेल्प लेखेर महिलाहरुले कुटनीतिक भ्रमणका क्रममा जर्मनि भ्रमणमा रहेका ओबामा भन्दा मात्र सय मिटरको दुरीमा प्रदर्शन गरेको बताइएको छ । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो ।

गत साता पनि यस्तै प्रदर्शन गर्ने फेमिनका तीन महिला कार्यकर्तालाई प्रहरीले पक्रिएर ४ महिना जेल सजाय सुनाएर थुनेको छ । उनिहरुले पक्राउ परेर जेलमा परेकालाई रिहाइ गर्नुपर्ने माग समेत राखेका छन । 










0 comments:

Post a Comment

Find Us On Facebook