Home » » जम्दैछ सन्नी लियोन र इमरान हासमीको जोडी

जम्दैछ सन्नी लियोन र इमरान हासमीको जोडी


बलिउडमा सिरियल किसरको उपाधी पाएका इमरान हास्मीलाई अब पर्दामा पोर्न स्टार सन्नी लियोनीसँग मस्ती गर्ने भएका छन्। अब हामीले उनलाई लियोनसँग मस्ती गर्दै गरेको अवस्थामा देख्न सकिनेछ। महेश भट्टले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सन्नी र इमरान सँगै देखिन लागेको भारतिय संचारमाध्यमहरूले जनाएका छन्। महेश भट्टले निर्माण गर्ने अधिकांश सिनेमा सेक्स केन्द्रीत हुन्छन्। यसअघि महेशले सन्नीलाई ‘जिस्म २’ सिनेमा मार्फत बलिउडमा भित्राएका थिए। नायक इमरान हास्मीले पनि सन्नीसँग काम गर्दा आफूलाई कुनै समस्या नहुने बताएका छन्। एकारित पोर्नस्टार अर्कोतिर सिरियल किसर, सिनेमा गरम बन्ने विश्लेषण धेरैको छ। महेश भट्टको क्याम्पबाट बन्ने अधिकांश सिनेमामा उत्तेजक दृश्य समावेश गरिएको हुन्छ। यसैले पनि अहिलेसम्म नाम तय नगरिएको यो चलचित्रले बलिउड बजारलाई फेरी एकपटक तताउने विश्वास गरिएको छ।

0 comments:

Post a Comment

Find Us On Facebook