|
जेठ २८ काठमाडौको पद्मकन्यामा क्याम्पसमा अध्ययनरता एक युवती मृत अवस्थामा भेटिएकी छिन्। स्नातकोत्तर गर्दे गरेकी २४ वर्षिय गीता चौधरी बस्दै गरेको कोठामै अर्ध नग्न अवस्थामा भेटिएकी हुन् । उनको शव हातको कुईना, खुटटाको कुर्कुच्चाम घाउ भएको अवस्थामा फेला परेकेा छ ।
प्रहरीका अनुसार उनको दुबै हातमा कोतारेको जस्तो घाउ पनि छ । चारतले घरको छतमा रहेको एउटा कोठामा एक्लै बस्दै आएकी चौधरी शनिबार दिउँसो घरमै थिईन् । भाडा माझेको आवाज कोठा बाहिर आइरहेको उनका छिमेकीले प्रहरीलाई जानकारी दिएका छन् । ब्रेनबक्स एजुकेसन कन्सल्टेन्सीमा काम गर्ने उनको शब भुईमा अर्धनग्न अवश्थामा प्रहरीले फेला पारेको थियो ।
कोठामा भित्रबाट चुक्कुल लगाएको र झ्याल खुल्लै रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थल र शवको प्रकृती हेर्दा शंकास्पद भएको जनाएको छ ।
|
0 comments:
Post a Comment