Home » » स्तनकै कारण वाषिर्कोत्सवमा रोक

स्तनकै कारण वाषिर्कोत्सवमा रोक


आफ्नो हाईस्कुलको वाषिर्कोत्सवमा सहभागी हुन जान लागेकी एक छात्रालाई ठूलो स्तन देखिने पोसाक लगाएका कारण स्कुलका पदाधिकारीहरूले प्रवेशमा रोक लगाएका छन्। वासिङ्टनको सिल्भरडालीकी बि्रटानी मिन्डरले आफ्नो हाईस्कुलको वाषिर्कोत्सवमा आयोजना हुने सांस्कृतिक कार्यक्रमका लागि डिजाइनरमार्फत् आफ्नो ड्रेस तयार पारेकी थिइन्। उनको पहिरन स्तनको क्लेभेज देखिने किसिमको थियो। क्लेभेज देखिएका कारण स्कुलका पदाधिकारीहरूले त्यसलाई छोपेको खण्डमा मात्र प्रवेश दिने बताए। मिन्डरलाई स्कुल प्रवेशमा रोक लगाइएको खवर सार्वजनिक भएपछि उनका अभिभावकहरूले आफ्नी छोरीको शारीरिक बनोटप्रति स्कुलका पदाधिकारीहरूले घृणा गरेका कारण सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। बि्रटानीका अनुसार सबैको शरीर र अंग एक समानको हुँदैन। अंग समान नहुँदैमा हेंलाको दृष्टिकोणले हेर्न नहुने उनको तर्क छ।

0 comments:

Post a Comment

Find Us On Facebook