Home » » यौन सचेतना किन आबश्यक

यौन सचेतना किन आबश्यक


हिजोआज यौन छताछुल्ल छ । अव्यवस्थित छ । अर्थात यौन अराजकता बढेको छ । किशोर किशोरीहरु यौनप्रति उत्सुक र सचेत बन्न सामाजिक एवं पारिवारिक शहरिया वातावरणले प्रेरित भैरहेका छन् ।
 तर सहि जानकारी पाउन सकिरहेका छैनन् । उनीहरुको यौन जिज्ञासा मेट्ने गरी विद्यालयमा यौनशिक्षा दिने कुनै पाठ्यक्रम तयार पारिएको छैन । किशोर-किशोरीको यौनप्रतिको जिज्ञासा कौतुहलता जस्ता प्रश्नको जवाफ न अभिभावकले दिने गरेका छन् न त शिक्षकले । सामाजिक एवं पारिवारिक संस्कार अनुसार यौनका बारेमा अभिभावकहरुसँग खुलेर सोध्ने हिम्मत कमै मात्र किशोर-किशोरीमा होला ।

फलस्वरुप बालबालिकाहरु विद्यालयमा यौनशिक्षाको अभावमा विग्रीनेकुलतमा लाग्ने यौन विकृतिको शिकार हुने पुगेका  छन् । यसको कारण भनेको घरमा बाबुआमाबाट आफ्ना बालबालिकाहरुलाई यौन शिक्षाको बारेर खुलेर भन्ने खालको घरपरिवारसमाज वातावरण नहुनु र विद्यालयमा पनि यौन सम्बन्धि शिक्षाको कमि हो । कुनैपनि सन्तानको बाल्यकाल बाबुआमाको निगरानीमा उनीहरुको विनायोजनामा वितिरहेको हुन्छ । बालबालिका सानाहुँदासम्म आफुले मागेको कुरा नपाउँदा रोएर व्यक्त गर्ने र आफूले मागेको सामाग्री प्राप्त हुदा खुशी व्यक्त गर्ने गर्दछन् । तर जब उनीहरुको उमेर किशोरावस्थामा प्रवेश गर्न थाल्दछ तब उनीहरु बाबु आमासँग मागेको कुरा नपाउँदा रुनेमात्र नभइ बाबुआमाको पछाडि पनि छुट्टै कुरा गर्ने बाबुआमासँग समस्या व्यक्त गर्न नसक्ने हुन थाल्छन् । यतिमात्र होइन उनीहरुको शारीरिक अवस्थामा पनि परिवर्तन हुँदै जान्छ ।  'आधा गाग्रो पानी धेरै छचल्किन्छ' भन्ने उखान जस्तै उनीहरु पनि यौनको अधुरो ज्ञान लिएर विकृतिमा लाग्नसक्ने सम्भावना धेरै हुन्छ ।
यौनशिक्षा दिनु अघि किशोर किशोरीलाई सहि परिभाषा बुझाउन विस्रनु हुँदैन । यौनको नाममा नैतिकहिन अश्लिलता प्रदर्शनतर्फ भने प्रेरित गर्नु हुँदैन । यौन शिक्षामार्फत यसको आवश्यकता महत्वका बारेमा सहि जानकारी दिनसके किशोर किशोरीहरु  यौन विचलनबाट मुक्त हुन सक्छन्  । यौन समग्रमा वा सम्भोग कलाको ज्ञान दिनु होइन । सहि यौनशिक्षाको असर विकृत यौन गतिविधिका बारेमा जानकारी दिनु शारीर र स्वास्थ्यका बारेमा बताउनु हो ।


गलत संगतमा परेका किशोर-किशोरीहरुमाथि शिक्षक अभिभावकले निरन्तर निगरानी राख्न आवश्यक छ । किशोर उमेरमा प्रवेश गरेका छोरा-छोरीले कस्ता टेलिभिजन कार्यक्रम हेर्दै छन् उनीहरुको संगत कस्तो छ ? बयस्क चलचित्र हेर्ने गरेका छन् ? कस्तो पुस्तक पढ्दै छन्  फोन वा मोवाइलमा कोसंग कस्तो गफ कति लामो समयसम्म गर्दैछन् ? राती नसुति बस्ने गरेका छन कि ? अङ्ग प्रदर्शन हुने अति छोटा स्कर्ट अगाडिका वक्षका अधिकांश भाग देखिने पहिरन पेन्टी देखाउने र शालीन संवादको सट्टा सार्वजनिक स्थलमा घरमा छाडा शब्द बोल्ने गरेको छन् कि ? जस्ता बानी-व्यहोरालाई अभिभावकले निरन्तर निगरानीमा राख्नु पर्दछ । किशोर -किशोरीमा यस्ता असामान्य र अस्वभाविक लाग्ने बानी-वेहोरालाई अभिभावक निरन्तर निगरानीमा राख्नु पर्छ । किशोर-किशोरीमा यस्ता असामान्य र अस्वाभाविक लाग्ने बानी-व्यहोरा देखिए तत्काल आमाले छोरीलाई र बाबुले छोरालाई नरम शैलीमा सम्झाए समाधानको उपाय चांडै निस्कन सक्छ । गाली गरे वा िहंसात्मक उपाय अपनाए अभिभावक र छोरा छोरीबीच संवादहीनता बढेर जान्छ ।

विद्यालयमा किशोर-किशोरीलाई स्पष्ट रुपमा यौनशिक्षा नदिएका कारण यौन विकृति बढेको छ । बालिकाहरु पहिलो पटक रजस्वाला हुँदा रगत देखेर आतिएका घटना धेरै छन् । शिक्षक वा अभिभावकले किशोर किशोरीलाई विकृति यौनबाट मुक्त गर्न रजस्वला स्वप्नदोष किशोर उमेरमा हुने यौनारङ्गमा परिवर्तत यौन परिवर्तन यौन प्रजनन् स्वास्थ्य सुरक्षित यौनसम्बन्ध सुरक्षित गर्भपतन असुरक्षित गर्भपतन गर्भनिरोधक साधन आदिका बारेमा सहि जानकारी दिनु आवश्यक छ ।

यस्ता विषयमा बेलैमा जानकारी दिएर युवावस्थामा प्रवेश गर्ने बेलामा गरिने यौनसम्वन्धि गल्तीबाट बचाउन सकिने यौन शिक्षा परामर्शदाताहरुको भनाइ छ । सही यौनशिक्षाले किशोरी उमेरमा हुने असुरक्षित गर्भबोक्ने स्थितिलाई पनि रोक्न सकिन्छ । मनोविज्ञहरु भन्छन्:यौन शिक्षाले किशोर किशोरीहरु यौनसम्बन्धि गलत धारणालाई खारेज गर्दै आत्मविश्वासी बनाउन महत्वपुर्ण भूमिका खेल्छ । यौन र प्रेमको ज्ञान नभएका कारण कतिपय युवा युवतीहरु कलिलो उमोरमा प्रेम विवाह गर्ने र पछि पछुताउने गर्दछन् । यदि यौनीकताको परिपक्कता ज्ञान भएर गरेको प्रेममा सायद एकले अर्कालाई धोका दिने घटना कमैमात्रामा भएका होलान । इमेलइन्टरनेट र फेसबुकमा पनि विकृति फैलाउने खालका सुचना भन्दा पनि यौन शिक्षा सम्बन्धि सचेत पार्ने खालका सूचना प्रसारण गरिनु पर्दछ । सदुपयोग गर्ने हो भने फेस बुक मान्छेको सूचना आदान प्रदान गर्न उत्तम माध्यम पनि हो तर यसको सदुपयो भन्दा पनि दुरुपयोग गर्ने यौन विकृति र्फौलाउने माध्यम पो हो जस्तो पो लाग्छ त कहिले काहित  यसतर्फ सबै सजग रहन आवश्यक छ ।

मानव रुचिमध्ये प्रेमपछि यौनसम्बन्ध सबैभन्दा बढी कौतुहलताको विषय मानिन्छ । यो विषय पनि उनिहरुले रहस्य र रोमान्चकताको तहमा राखेर जिज्ञासु नजर र मन दौडाउछन् । यौनलाइ बुझ्न लालयीत बन्ने उमेर हो किशोरउमेर ।

त्यसकारण  किशोर किशोरीलाई यौन विकृतिबाट बचाउनको निम्ति यौन सचेतनामूलक कार्यक्रमको आवश्यक छ । त्यसको निम्ति घरमा अभिभावकले यौन शिक्षा दिने विद्यालयमा पाठ्यक्रममा नै समावेश गर्ने र यौन सचेतना संचार अभियान मिडियाहरुमा पनि संचालन गने्र  किशोर किशोरी स्वयं के गर्न हुने र के गर्न नहुने भन्नेमा  सचेत भएमा यौन विकृतबाट आफै बच्ने हो कि ?

0 comments:

Post a Comment

Find Us On Facebook