Home » » यौन सन्तुष्टि नपाउँदा श्रीमतीको रिस

यौन सन्तुष्टि नपाउँदा श्रीमतीको रिस


म २६ वर्षीय युवक हुँ र भर्खर मात्र विवाह गरेको छु। मेरो लिंगको अगाडिको भाग सानो र पछाडि भाग मोटो छ। म आफ्नी श्रीमतीले चाहेको सन्तुष्टि नपाएको अनुभव गर्छु। सहवासपछि उनी रिसाउँछिन्। यो कुरामा मलाई अति नै चिन्ता लाग्छ। ख. प्रश्नमा सीमित जानकारी मात्र भएको र प्रत्यक्ष परीक्षण गर्न नसकिएको स्थितिमा यस विषयमा चर्चा गर्न गर्न सकिने स्थिति त भएन, तर तपाईंलाई के भनौं भने व्यक्ति(व्यक्तिअनुसार लिङ्गको आकार फरक(फरक हुन्छ। लिङ्गको आकारको कुरा गर्दा, यसको नली आकारको मध्यभागलाई क्जबात वा द्ययमथ भनिन्छ भने अगाडितिरको फुकेको भागलाई मुण्ड भनिन्छ। मुण्डको अग्रभाग सानो हुँदै गएको हुन्छ भने पछाडितिर लिङ्गसँग जोडिएको भागदेखि बाहेक पनि केही बढी फुकेको भाग हुन्छ, जसलाई ऋयचयलब भनिन्छ। लिङ्गको मध्यभागसम्म त छाला टाँसिएकै हुन्छ तर मुण्डलाई समेत छोपे पनि यो भागमा छाला भने टाँसिएको हुँदैन। नटाँसिएको उक्त छालालाई अग्रचर्म भनिन्छ। यौन सन्तुष्टि नपाउँदा श्रीमतीको रिस मानव यौन प्रतिक्रिया चक्रका चरणहरूलाई विचार गर्ने हो भने यौन उत्तेजनाले निरन्तरता पाइरहे हामी एउटा विशेष स्थितिमा पुग्छौं जसलाई ुयौन चरमसुखु को स्थिति भनिन्छ। अर्ग्याजम भनेर चिनिने चरण छोटो हुने भए पनि महत्वपूर्ण छ। धेरैजसो व्यक्तिका लागि यो चरमसुख प्राप्तिको विशेष महत्व हुन्छ र चाहेअनुरुप उक्त कुरा प्राप्त गर्न नसक्दा लागेको दुःख वा पीडा रिसका रूपमा पोखिएको हुनसक्छ। तपाईंकी श्रीमतीलाई रिस उठ्ने अन्य कारण छ कि छैनन् भन्ने कुरा विचार गर्न नबिर्सनुहोला। महिलाले कसरी यौन आनन्द पाउँछन् रु योनि महिलाको महत्वपूर्ण यौन अङ्ग हो र यौन क्रियाकलापमा अनि यौन सम्पर्कमा यसको महत्वपूर्ण भूमिका हुन्छ। बुझ्नुपर्ने कुरा के हो भने महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा हुँदैन। अधिकांश महिलाको यौनसुखको केन्द्र भगांकुर हो। महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौन आनन्द प्राप्त गर्छन्। तपाईंलाई थाहै होला, भगांकुर बाहिरै हुन्छ। योनिको सन्दर्भमा पनि योनिको सम्पूर्ण लम्बाइको बाहिरीतिरको एकतिहाइ भाग चाहिँ यौन संवेदनशील हुन्छ। त्यसैले साधारणतः छोटो भनिने लिङ्गले पनि यौनसुख दिन सक्छ। योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरु तथा अग्रभागमा रहेको ःयलक खभलभचष्क ९जहाँ यौ नकेशहरु पाइन्छ० भागहरू यौन संवेदनशील हुन्छन्। त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ। व्यक्ति(व्यक्तिअनुसार फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र आदि अंगहरूलाई पनि यौन संवेदनशील अङ्ग मान्न सकिन्छ। यी कुरा गर्दा विशेष गरेर के बुझ्नु आवश्यक छ भने पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्र भने केही फरक हुन्छ। यौन उत्तेजनाको सुरुदे खि चरमसुखको स्थितिसम्म महिलाको तुलनामा पुरुष तुलनात्मक रूपमा चाँडो पुग्छन्। चरमसुखको स्थितिमा पुगेर वीर्य स्खलन भएपछि पुरु षहरूले यौनसम्पर्कलाई महिलाले जस्तो निरन्तरता दिन सक्दैनन्। निरन्तरता दिन नसकिएको स्थितिमा महिलामा यौन उत्तेजना बढ्ने क्रमले निरन्तरता नपाउन सक्छ अनि यौनसन्तुष्टि पाउने कुरा नै भएन। महिलाहरूलाई केही समय बढी लाग्ने भएकाले पहिले महिलालाई उनको यौन संवेदनशील अङ्गको घर्षण वा मर्दन गरर राम्रोसँग उत्तेजित गराई तयार गरेपछि अर्थात् प्राक्क्रीडामा संलग्न भएर मात्र योनिमा लिङ्ग प्रवेश गराउँदा समयको तालमेल मिल्न सक्छ। कतिपय स्थितिमा यौनसम्पर्क गर्दा श्रीमान्(श्रीमतीमध्ये कसको यौन सन्तुष्टिलाई प्राथमिकता दिने भन्ने कुरामा विचार पुर्‍याएर आलोपालो गर्न सकिन्छ। अब, अर्को कुरा मेरो विचारमा तपाईंकी श्रीमती रिसाएकी भए पनि असन्तुष्टिलाई लिएर आफ्ना भावना व्यक्त गर्नु झट्ट हेर्दा नकारात्मक भए पनि एक किसिमले सकारात्मक नै हो। त्यसलाई दमन गरिए स्थिति अझ खराब हुन सक्थ्यो। यसैलाई आधार बनाएर के गर्दा तपाईं र तपाईंकी श्रीमतीको बीचमा यौन तथा यससम्बन्धी सन्तुष्टि प्राप्त गर्न सकिन्छ भनेर कुराकानी गर्नुपर्छ। दुवैले सल्लाह गरी नयाँ प्रयोगहरू गरे तपाइर् हरूको यौनजीवन सुखमय बन्नसक्छ। महत्वपूर्ण कुरा त तपाईंले आफ्नो मनमा भएको हीनताबोध चटक्कै निकालेर फाल्न सक्नुपर्छ। बरु हीनतावोधसहितको चिन्ताले चाहिँ यौनजीवनमा नकारात्मक असर पार्न सक्छ। त्यसैकारण मनलाई बलियो बनाउन अनुरोध छ। म एकदम दुब्लो छु। ममा सेक्ससम्बन्धी उत्तेजना बढी छ। के म सेक्समा असफल त हुने होइन रु मेरो उमेर १८ वर्ष भयो। ७१६९९ तपाईंले आफू एकदम दुब्लो छु त भन्नुभयो तर तपाईंको वजन र उचाइ उल्लेख नभएको सन्दर्भमा यसै भन्न सकिने स्थिति भएन। अति नै कम वा बढी तौल भएको स्थितिमा त्यसको नकारात्मक प्रभाव यौन जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्छ। अर्कातिर किशोरावस्थामा केही हदमा शरीरको स्वरूपसम्बन्धी चिन्ता पनि हुन्छ। यौन उत्तेजना हुनुले तपाईंमा यौन सक्षमता राम्रैसँग विकास भैरहेको देखाउँछ, तर तपाईंले के कारणले असफल हुने कुरा गर्नुभयो थाहा भएन। यसरी नकारात्मक सोच राख्नुपर्ने कुनै कारण छैन। यौनसम्बन्ध पुरुष अनि महिला दुवैले मलजल गरी सुमधुर बनाउने हो न कि यो कुनै परीक्षा वा प्रतियोगिता हो, जहाँ हामी सफल वा असफल हुन्छौं। सुमधुर यौन सम्बन्ध नै सफल यौनसम्पर्क, यौन चरमसुख अनि यौन जीवनको आधार हो।

0 comments:

Post a Comment

Find Us On Facebook