Home » » फेसबुकमा च्याटरूम आउँदै

फेसबुकमा च्याटरूम आउँदै


फेसबुकले तपाइँलाइ च्याट रूमको सुविधा दिन सक्नेछ । फेसबुक च्याट रूमलाइ अहिले टेस्ट गरिरहेको छ । यसको कोडनेम ‘होस्ट च्याट’ राखिएको बताइएको छ ।
फेसबुकपनि यस कुराको पुष्टि गरेको छ कि यस प्रकारको फीचरको अहिले टेस्ट भैरहेको छ, तर यस सम्बन्धमा धेरै कुरा गर्न भने फेसबुकले मानेको छैन । च्याट र म्यासेन्जरको मामलामा फेसबुकलाइ ह्वाट्सएप, गूगल ह्याङ्गआउट, ब्ल्याकबेरी म्यासेन्जर र ऐपलको आईमेसेज आदि का साथमा कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
च्याट रूमबाट फेसबुकलाइ निकै फाइदा हुन सक्दछ । फेसबुकको लगातार यो स्ट्र्याटेजी रहेको छ कि यूजरले फेसबुकमा धेरै भन्दा धेरै समय बिताउनु । च्याट रूमका कारण यूजरले साइटमा धेरै भन्दा धेरै समय बिताउने छन । किनभने कुनैपनि म्यासेजिङका क्रममा यूजर धेरै समय सम्म साइटमा रहँदैन, तर च्याट रूम भने धेरै समयसम्म खुली रहन्छ ।
techcrunch लाइ सूत्रहरूले बताए अनुसार फेसबुकले यसका लागी अपडेट स्टेटस र एड फोटोज/भिडियो को संगै होस्ट च्याटको बटन दिन सक्नेछ । यसमा क्लिक गरेपछि एउटा च्याटरूम खुल्नेछ, जसको नाम होस्ट हुन सक्नेछ ।
होस्टले यसमा साथीहरूलाइ जोड्नेछ । यद्दपी बिना इन्भिटेशन पनि यसमा साथीहरू सहभागी हुन सक्नेछन । यसमा सबै साथीहरूलाइ न्यूज फीडमा उनका साथीले एक च्याट रूम बनाएको कुरा देखाइदिनेछ । जहाँ उनका लागी यो च्याट रूममा ज्वाइन गर्ने अप्सन पनि हुनेछ ।
होस्टले प्राइभेसी सेटिङ्स पनि गर्न सक्नेछ कि को को ज्वाइन गर्न सक्नेछन । होस्टले जसलाइ चाहन्छ, उसलाइ च्याट रूमबाट बाहिर राख्न सक्दछ । साथै यसमा साथीहरूलाइ सहभागी गराउँने सुविधा पनि प्राप्त हुनेछ ।
टेस्ट भैरहेको होस्ट च्याटमा मात्र टेक्स्टको प्रयोग भैरहेको छ, यसमा फोटो तथा भिडियो जोडिएको छैन ।

0 comments:

Post a Comment

Find Us On Facebook