Home » » आइरनको गोली आमा र बच्चाका लागी निकै फाइदाजनक

आइरनको गोली आमा र बच्चाका लागी निकै फाइदाजनक


महिलाहरूको गर्भावस्थाका क्रममा दैनिक रूपमा आइरनको एक गोली आमाका लागी मात्र नभै बच्चाको स्वास्थ्यका लागी पनि उतिनै आवश्यक हुने गर्छ । आइरनको दैनिक एक गोलीले बच्चाको कम तौलको सम्भावनालाइ हटाउँदछन । महिलाहरूमा एनीमियाको खतरा पनि कम हुने गर्दछ ।
`बीबीसी` को एक रिपोर्ट अनुसार, करीब २० लाख महिलाहरूमा भएको अध्ययन पछि अनुसन्धानकर्ताहरूले आइरनको एक सानो मात्राले पनि एनीमियाको खतरालाइ १२ प्रतिशत सम्म र कम तौल हुने खतरा तीन प्रतिशत सम्म कम गर्ने पत्ता लागेको छ ।
अल्पविकसित देशहरूमा धेरै महिलाहरूमा आइरनको कमी पाईने गर्दछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै मात्र गर्भवती महिलाहरूलाइ दैनिक ८० मिलीग्राम आइरनको सेवन गर्नका लागी सल्लाह दिएको छ ।
ब्रिटिश मेडिकल जर्नलले चीन र तन्जानिया सहित विभिन्न देशहरूमा गर्भवती महिलाहरूमाथि गरेको ९० वटा भन्दा धेरै अध्ययनको नतीजाहरूको विश्लेषण गरेको थियो । अनुसन्धानमा बताइए अनुसार हरेक दिन १० मिलीग्राम अतिरिक्त आइरन तथा अधिकतम ६६ मिलीग्राम आइरन दैनिक रूपमा लिनाले एनीमिया र कम तौलको बच्चा जन्मिने खतरा कम हुने देखिएको छ । दैनिक रूपमा १० मिलीग्राम अतिरिक्त आइरन सेवनले बच्चाको तौल १५ ग्राम सम्म बढ्ने देखिएको छ ।
`बीबीसी` का अनुसार, अध्ययनकर्ताहरूलाइ यद्दपी आइरनको सेवनभन्दा अघि बच्चा हुने खतरामा कमी आउने भने कुनै प्रकारको संकेत प्राप्त भएको छैन । अनुसन्धानमा बताइए अनुसार गर्भावस्थाका क्रममा आइरनको कमीका कारण महिलाहरूमा धेरैजसो एनीमियाको समस्या हुने गर्दछ । यो पनि बिशेष रूपमा निम्न तथा मध्यम आय वर्गका देशहरूमा धेरै समस्याका रूपमा देखिएको छ । सन २०११ मा मात्र एनीमियाबाट करीब ३.२ करोड महिलाहरू प्रभावित भएका थिए । एजेन्सी

0 comments:

Post a Comment

Find Us On Facebook