Home » » २३ वर्षीया अलेक्जेन्ड्रा ले एकैपटक पाँच सन्तान पाइन् (फोटोफिचर)

२३ वर्षीया अलेक्जेन्ड्रा ले एकैपटक पाँच सन्तान पाइन् (फोटोफिचर)


चेक गणतन्त्रमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी छिन् । उनका यसअघि एक छोरा छन् । अधिकारीहरुका अनुसार २३ वर्षीया अलेक्जेन्ड्रा किनोवाले चार छोरा र एक छोरीलाई जन्म दिएकी
हुन् । एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएको चेक गणतन्त्रमा पहिलोपटक हो । उनको प्रसुती अपरेशनबाट गरिएको हो । चिकित्सकहरुले उनको प्रसवमा कुनै ठूलो समस्या नआएको बताए ।
यद्यपि हाल बच्चा र आमालाई आईसीयूमा राखिएको छ र उनीहरुको अवस्था राम्रो रहेको छ । छोराको नाम डेनियल, माइकल, अलेक्स र मार्टिन राखिएको छ भने छोरीको नाम टेरेजका राखिएको छ








। राजधानी प्रागबाट २० किलोमिटर नजिकको मिलोविक शहरमा बस्दै आएका अलेक्जेन्ड्रा र एन्टोनिन क्रोससेन दम्पत्तिको यसअघि नै एक छोरा छन् ।
अलेक्जेन्ड्रालाई सुरुमा जुम्लाह सन्तान होला भन्ने लागेको थियो ।

0 comments:

Post a Comment

Find Us On Facebook