|
महिला हिंसा अन्त्यका लागि देशभर अभियान तथा दबाबमुलक कार्यक्रम भैरहेपनि हिँसाका घटना कम हुन सकेको छैन । दिन प्रतिदिन महिलामाथि चरम हिंसा, यातना, हत्या र बलात्कारका घटना भैरहेको भन्दा महिला अधिकारवादी संघसंस्थाले चिन्ता जनाएका । ओरेक नेपालका अनुसार बैशाखमा महिला हिंसाका घटना झन बढेको पाइएको छ ।
ताप्लेजुङमा एक छिमेकी युवकले बलात्कार गरेपछि कारवाहीका लागि गुहारिएका प्रहरीबाट ती पीडित महिला पुःन बलात्कृत भएकी छिन् । यसैगरी आफूले पढाउँदै आएकी बलिकालाई बलात्कार गरी मरणासन्न हुने गरी एक शिक्षकले कुटपीट गरेको छ । महिला हिंसाका घटनाहरू उन्मूलन गर्न सम्बन्धित सरोकारवालाहरूको संवेदनशील र जवाफदेहीको आवश्यकता रहेको आरेक नेपालले जनाएको छ ।
बैशाखका कति ?
बैशाख महिनामा महिला हिंसाका २२७ वटा घटना भएका ओरेक नेपालले नाएको । जसमा १०५ वटा घरेलु हिंसा (जसमा श्रीमान् र परिवारका अन्य सदस्यहरूको कुटपिट, मानसिक यातना, घर निकाला, गाली गलौज, शारीरिक यातना पर्दछन्) भएका छन् । यस्तै १९ वटा सामाजिक हिंसा (जस अन्तर्गत बोक्सीको आरोपमा कुटपीट, बाल विवाह र गाली गलौज रहेका छन्), ६५ वटा बलात्कार (आफन्त, छिमेकी, शिक्षक र अन्यबाट), ५ वटा बलात्कारको प्रयास, १० वटा हत्या, ७ वटा हत्या प्रयास, ९ वटा यौंनिक हिंसा, १ वटा बेचबिखनको घटना लगायत अन्य ६ वटा हिंसाका घटना रहेका ओरेक नेपालले जनाएको छ ।
|
0 comments:
Post a Comment