|
प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’ विलियम सेक्सपियरको यो भनाइलाई मध्यनजर गर्दै तपाई आफ्नो अब्यक्त प्रेमलाई व्यक्त गर्न यसरी गर्नुहोस् प्रेम प्रस्तावः
उपहार : तपाइ आफ्नी प्रेमिकालाई प्रपोज गर्ने तयारीमा हुनुहुन्छ भने सुरुमा कुनै उपहारको जोहो गर्न नबिर्सनुस् । उपहारले प्रेमप्रस्तावको माहोलमा सकारात्मक ऊर्जा थप्नेछ । औँठी, पुष्पगुच्छा, चकलेट वा उनलाई मन पर्ने जुनसुकै सामग्री उपहारका रूपमा छनोट गर्न सक्नुहुनेछ ।
स्थान : सकेसम्म त्यो स्थानमा प्रपोज गर्ने तारतम्मे मिलाउनुस्, जहाँ तपाईंले पहिलोचोटि उनलाई देख्नुभएको थियो । तपाईंहरूबीच सम्बन्धको सुरुआती पृष्ठभूमि र त्यसप्रतिको आत्मीयता जगाउने सबैभन्दा उत्कृष्ट उपाय यही हो । अन्यथा कुनै पार्क वा होटलको रोमान्टिक वातावरणमा प्रपोज गर्नु सही विकल्प हुन सक्छ ।
उपयुक्त समय : प्रस्ताव राख्न पनि उपयुक्त समय पर्खन जान्नुपर्छ । कुनै विशेष दिन भ्यालेन्टाइन डे, उनको जन्मदिन वा अरू कुनै प्रेमिल समारोह रोज्न सक्नुहुनेछ ।
पर्याप्त पूर्वतयारी : प्रस्ताव गर्न जानुअघि आफ्नो पहिरनमा पनि ध्यान दिनुस् । तपाईंको मुहार वा शरीर सुहाउँदो पहिरनले उनको मनमा सकारात्मक धारणा जगाइदिन्छ । सुगन्धदायी पफ्र्युम लगाउन नबिर्सनुस् । आफ्नो प्रस्तुतिशैलीलाई यस्तो बनाउनुस्, उनलाई पनि कुनै विशेष मान्छेसँग भेटिरहेको अनुभूति होस् ।
इन्भाइट गर्नुस् : उनलाई डिनर वा लन्चका लागि अफर गर्नु प्रस्तावको अर्को गतिलो उपाय हुन सक्छ । उनको इच्छाअनुसारका परिकार अर्डर गर्नुस् । उनलाई लाग्नेछ– तपाईं उनका चाहना र रुचिबारे कति धेरै सचेत हुनुहुँदो रहेछ ।
प्रस्ताव–पत्र : सोझै मुखले भनेर प्रस्ताव गर्नुभन्दा ‘म तिमीलाई धेरै माया गर्छु, के तिमी मेरो जीवनसाथी बन्न सक्छ्यौ रु’ भन्ने आशयका वाक्यांश लेखिएको कार्ड दिँदा माहोल थप सहज बनिदिनेछ ।
विनयशीलता : घुँडा टेकेर शिर निहुर्याउँदै उनलाई फूल, औँठी वा अन्य आकर्षक गहना पहिर्याइदिनु पनि प्रेमप्रस्तावको पुरानो तर उत्कृष्ट उपाय मानिन्छ । तपाईंको यस्तो विनयशीलताले प्रेमिकाको हृदयलाई पनि तपाईंप्रतिको मायामा कोमल बनाइदिन सक्छ ।
लङ ड्राइभ : उनलाई कुनै लङ ड्राइभमा लैजानुस् । गाडीमा रोमान्टिक शैलीका गीत पनि बजाउन नबिर्सनुस् । माहोल रोमान्टिक हुन थालेपछि उनलाई आफ्ना भावनाहरू सेयर गर्नुस् । उनीसँग बोल्दा तपाईंका हरेक शब्द आकर्षक हुन आवश्यक छ । नहडबडाइकन भन्नुस्– ‘तिम्रो आगमनले मेरो जीवनलाई पूर्णता दिनेछ । म धन्य हुनेछु ।’
सरप्राइज : प्रायस् सबै केटी प्रेमीबाट सरप्राइजको अपेक्षा गरिरहेका हुन्छन् । तपाईंकी प्रेमिका पनि त्यस्तै स्वभावकी छन् भने यस्तो अवसरलाई भरपुर उपयोग गर्नुस् ।
नआत्तिनुस् : प्रेमिकाका अगाडि कहिल्यै नहडबडाउनुस् । यस्तो स्वभावका केटालाई मन पराउने केटी संसारमा बिरलै होलान् । प्रस्ताव गर्दा हडबडाउन थाल्नुभयो भने अवस्था हाँसो उठ्दो बनिदिन्छ, तपाईंका प्रेमिल शब्दहरूले उनलाई नछुन सक्छन् । त्यसैले उनका अगाडि सकेसम्म साहसी बन्नुस् । ताकि उनलाई पनि महसुस् होस– ‘यो केटाले नै मलाई जीवनभर सबैखाले सुरक्षा दिन सक्छ ।’
|
0 comments:
Post a Comment