Home » » ब्रा लगाउनेको भन्दा नलगाउनेको वक्षस्थल बढी खुकुलो

ब्रा लगाउनेको भन्दा नलगाउनेको वक्षस्थल बढी खुकुलो


ब्राले वक्षस्थल कसिलो बनाउँछ तथा स्तनलाई बढी खुकुलो हुनुबाट रोक्छ भन्ने आम मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ ।

उक्त अनुसन्धानले ब्रा लगाउने महिलाको वक्षस्थल नलगाउने महिलाको भन्दा झनै खुकुलो हुने गरेको निचोड निकालेको हो ।


एक फ्रान्सेली शोधकर्ता जिन डेनिसले १५ वर्ष लगाएर गरेको अध्ययनले महिलाको वक्षस्थल ब्रा ले बढि खुकुलो पार्नुका साथै ब्रा लगाउँदा पिठ्यूँको दुखाइ पनि कम गर्छ भन्ने मान्यता गलत रहेको देखाएको हो ।

अध्ययनका क्रममा ब्रा नलगाउने महिलाका वक्षस्थलका मांशपेशी बढि कसिला तथा तन्दुरुस्त पाइएको बताइएको छ ।

ब्रा लगाउने बानी परेपछि वक्षस्थल कृत्रिम सपोर्टमा निर्भर हुने र स्तनका मांशपेशी छिटै क्षतिग्रस्त तथा कमजोर हुने अध्ययनले देखाएको छ ।

0 comments:

Post a Comment

Find Us On Facebook