Home » » साउदी अरबमा भाइरसको आतंक,नेपालीलाई पनि खतरा

साउदी अरबमा भाइरसको आतंक,नेपालीलाई पनि खतरा



रियाद। धेरै नेपाली काम गर्न खाडीको मुलुक साउदी अरबमा सार्स नाम गरेको डरलाग्दो भाइरसले अर्को एक व्यक्तिको ज्यान लिएको छ। श्वासप्रश्वाससंग सम्वन्धित यो भाइरस हावाबाटै सर्न सक्दछ।
यो संगै सार्स भाइरसका कारण साउदीमा मर्नेको संख्या १६ पुगेको छ ।
साउदी स्वास्थ्य मन्त्रालयले सोमबार एक व्यक्ति मरेको पुष्टी गरे पनि विस्तृत विवरण भने दिएको छैन् ।
विश्व स्वास्थ्य संगठनले सार्स भाइरसको अचानक उत्पतीको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।
ट्युनेसियाको सरकारले पनि साउदी अरब गएर फर्किएकी एक महिला सार्स बाट मरेकी र उनका दुइ सन्तान संक्रमित भएको जनाएको छ।
सार्स अव बिस्तारै अन्य देशमा समेत फैलन थालेको छ।
साउदी सहित खाडीका अन्य मुलुकमा रहेका नेपाली कामदारहरु समेत सावधन हुन जुरुरी रहको छ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..

0 comments:

Post a Comment

Find Us On Facebook