यस्तो केटासंग टाढै रहँदा राम्रो

तपाईं यो टोलको सबभन्दा हृयाण्डसम व्यक्ति हुनुहुन्छ र तपाईंको चर्चा कलेजका प्रत्येक कक्षा कोठामा छ । यदि यस्तै शब्दहरु कुनै केटाहरुलाई भनिदिने हो भने तपाईंलाइ थाहा नै छ कि कति छिटै केटाहरु तपाईंको जालमा पर्छन् ।
तर, यस्ता शब्दहरु धेरै व्यक्तिहरु माझ छानिएको एक व्यक्तिलाई भन्दा बुद्धिमानी होला । यदि तपाईं सुमधुर सम्बन्ध खोजिरहनु भएको छ भने, यी कुराहरुले कस्ता व्यक्तिबाट टाढा रहँदा ठिक होला भन्ने कुरामा जानकारी गर्नेछ ।
कोमल प्रियतमः
यस्ता व्यक्तिहरु आफूलाइ एकदम जतनकासाथ सम्हालियोस् भन्ने चाहन्छन् ।
उनीहरुमा पुरुषार्थ भन्ने कुरा केहि पनि हुँदैन । यदि तपाईंको प्रेमी आफ्नो धेरै समय ऐनाको अगाडि व्यतित गर्छ र सौर्न्दर्य स्पातिर मन डुलाउँछ भने, त्यस्ता व्यक्तिहरु आफ्नो प्रशंसा आफै गर्छन्, त्यसकारण उनीहरुसंग तपाईंलाइ प्रशंसा गर्ने फुर्सद नै हुदैँन ।
निर्णायकः
यद्यपि, यो भन्न सजिलो छ कि प्रेम गर्नलाइ खुल्ला दिमागको आवश्यकता पर्छ तर यस्ता मानिसहरुले तपाईंको बितेका दिनमा गरेको कामको आधारमा निर्णय लिन्छन् । उसले तपाईंलाई आफ्नो सिद्धान्तहरुको झटारो हानेर दोषी तुल्याएरै मार्न खोज्छ ।
खेलकुद मेरो पहिलो प्रेमः हामी सबैलाई थाहा नै छ, केटाहरु खेलमा अलि बढि रुची राख्छन् तर त्यो रुची तपाईंमा कम र खेलमा ज्यादा भयो भने सोच्नै पर्ने अवस्था हुन्छ । यदि उसलाई तपाईंसँग फिल्म हेर्न हो कि कुनै खेल हेर्ने हो भनेर सोध्दा त्यसमा उसले तपाईंको पछिल्लो विकल्प रोज्नुहुन्छ भने, सावधान, तपाईंले उहाँको माया पाउनुहुन्न ।
आत्म केन्द्रितः
यदि सबै दिइएको अवस्थामा तपाईंको प्रेमीले तपाईंलाइ गलत र आफूलाई सहि साबित गर्न खोज्नु हुन्छ भने त्यस्ता व्यक्तिहरुसंग तपाईंले आफ्नो सम्बन्ध अगाडि नबढाउँदा नै ठिक हुन्छ ।
स्वामिगत ढाँचाः
कुनै केटाले ‘तिमी मेरो लागि जन्मेकी हौ ‘ भन्यो भने त्यसमा शंका गर्ने ठाउँ निकै हुन्छ । हो, यस्ता कुराहरु फिल्मको लागि मात्र उपयुक्त हुन्छ असली जिन्दगीमा होइन । यद्यपी कसैले माया गर्ने कुरा थाहा पाउँदा कसलाई खुसी लाग्दैन र – तर त्यति हदसम्म पनि होइन जसले गर्दा तपाईंको व्यक्तिगत जिन्दगी नै गुमाउनु परोस् । चिनी पनि धेरै खाए तितो हुन्छ भने झैं माया धेरै कडा भयो भने गाह्रो हुन्छ ।

के तपाइंलाई तनाब छ? उसोभए दहि पिउनोस सब ठिक हुन्छ

यदि तपाईको  दिन प्रतिदिन  तनाबमा हुनुहुन्छ ?  छ भने तपाईलाई एउटा खुसीको खबर पत्ता लागेको छ । यदि यसबाट बच्न चाहने हो भने तपाई आजै बाट दही खान सुरु गर्नुहोस । युसिएलए युनभरसिटी  अफ
क्यालीफोर्नियाका, लस एन्जलस्स्‍कूल अफ मेडिसीन द्धारा नयाँ अध्यन अनुसार दही खानाले  मानसिक समस्याको साथै तनाब कम हुने   अध्यनले पत्ता लगाएको  छ । यसका साथै  दहीमा हुने  तत्वले मस्तिष्‍क  शान्त बनाउने गर्दछ ।


अध्ययनकर्ताले दिनहु दहिको प्रयोगले मानसिक रुपमा गरिने काममा मस्तिष्कलाई आराम  दिने हुनाले दहीको प्रयोग उपयुक्त्त रहेको अध्ययनकर्ताको दाबी  छ ।

 अध्यन कर्ताले १८- ५३ वर्षका महिलामा  दुइृ  समुहमा विभाजन गरेर एउटा समुहलाई   दही खान दिईएको थियो अर्को   समुह लाई दही खान दिएको थिएन , यसबाट दही नखाने भन्दा दही खानेको परिवार खुसी  र तनाब कम भएको पाइएको थियो ।  

घरमै वसरे कसरी कमाउने गृहणीले

केहि समय अघिसम्म सुनिता कार्कीको दैनिकी पट्यारलाग्दो थियो । भक्तपुर, गाघरमा डेरा वस्दै आएकी उनी विहान, वेलुकी भान्छामा विताउथिन् भने वा“की समय फुर्सदिलो हुन्थिन् । कुनै काम नगरी दिन कटाउन उनलाई निकै गाह्रो लाग्थ्यो । यतिवेला भने उनको दैनिकी फेरिएको छ । दिनको फुर्सदिला समयलाई उनले आयआर्जको वाटोमा लगाएकी छिन् । फुर्सदिलो समयमा उनी ह्यान्डीक्राफ्टका सामग्रीहरु तयार गर्छन् । घरैमा वसेर फुर्सदको उपयोग गर्ने गृहणीहरुमा उनी एक्ली छैनन् । थुप्रै गृहणीले आफ्नो सीप प्रयोग गरेर आय अर्जन गरिरहेका छन् । गृहणीहरुले केवल भान्छाको काममा मात्र समय वर्वाद गर्नु राम्रो होइन । यो समय आफुस“ग भएको सीप प्रयोग गरेर काममा व्यास्त रहनु राम्रो हुन्छ । यदि कुनै सीप छैन भने, घरैमा वसी–वसी काम गर्न सकिने सीप सिक्नुपर्छ । त्यसपछि आफ्नो सीप र जा“गरलाई पेशामा वदल्नुपर्छ । कुनैपनि क्षेत्रमा काम गर्न इच्छुक गृहणीहरुले घरैमा वसेर लघु उद्योग या कुनै पनि व्यावसाय सञ्चालन गर्न सक्छन् । यस्ता लघु उद्योग या व्यावसायले गृहणीहरुलाई आत्मनिर्भर त वनाउ“छ नै, परीवारमा पनि राम्रो सहयोग पुग्छ । आत्मनिर्भर बन्न सबैभन्दा पहिले अफुमा लुकेर रहेको कला र सौखलाई राम्रोस“ग चिन्नुपर्छ । यति गर्न सके तपाईंं आफैं आफ्नो भविष्यलाई उज्यालोतर्फ डो¥याउन सक्षम हुनुहुन्छ । घरबाहिरको काम गरेर मात्र अर्थोपार्जन हुन्छ भन्ने होइन । केही काम यस्ता हुन्छन् जसलाई तपाईंं घरमै बसेर आरामस“ग गर्न सक्नुहुन्छ । ह्यान्डीक्राफ्ट धेरैजसो गृहणीको लागि घरैमा वसेर ह्यान्डीक्राफ्टका सामग्रीहरु वनाउने काम सहज वनेको छ । धागो या कागजवाट रुमाल, टोपी, स्विटर लगायतका सामग्रीहरु तयार गरिने यस कामवाट पनि राम्रै आय आर्जन हुन्छ । थोरै लगानी गरेर यस्ता सामग्री तयार गर्ने लघु उद्योग खोल्न सकिन्छ । व्युटिसियन हिजोआज व्युटिसियनहरूको ठूलो माग छ । व्युटिसियनको राम्रो कोर्स गरेर तपाईंं घरमै व्युटीपार्लर खोल्न सक्नुहुन्छ । अथवा घरमा व्युटीपार्लरको स्थापना गरी नया“ विद्यार्थीहरूलाई ट्रेनिङ दिन सक्नुहुन्छ । यसको लागि आफुलाई अनुकुल हुने समय पनि मिलाउन सकिन्छ । बुटिक यदि सिलाइ–बुनाइमा पोख्त हुनुहुन्छ भने घरमै एउटा राम्रो बुटिक खोल्नुहोस् । केही कामदारहरू राखेर घरमै बुटिक चलाउन सकिन्छ । बुटिकका साथसाथै हेन्डिक्राफ्टको व्यापार पनि गर्न सकिन्छ । किन्डर गार्टेन आजकलका बाबुआमा बढी कामकाजी हुने हुनाले छोराछोरीको हेरचाह गर्न पाउ“दैनन् । त्यसका लागि उनीहरूले आफ्ना शिशुलाई राम्रो किन्डर गार्डेनमा भर्ना गरिदिनुपर्ने हुन्छ । तपाईंं पनि त्यस्तै किन्डर गार्डेन घरमै खोल्न सक्नुहुन्छ । केही आयाहरू राखेर तपाईंं शिशुका कक्षाहरू सञ्चालन गर्न सक्नुहुन्छ । ट्युसन यदि तपाईंं शिक्षित हुनुहुन्छ र बालबालिकाहरूलाई पढाउन इच्छुक हुनुहुन्छ भने होम ट्युसन खोज्नुहोस् । त्यसै पनि आजकलका बालबालिकाहरूले ट्युसन नपढी हु“दैन । यो एउटा राम्रो विकल्प हुनसक्छ । कुकिङ कक्षा यदि तपाईंंलाई हरेक किसिमका व्यञ्जन, थरीथरीका अचार आदि बनाउन आउ“छ भने घरमै कुकिङ क्लास खोल्नुहोस् । यसका साथै जाम, अचार आदि बनाएर बजारमा सप्लाई गर्न सकिन्छ । साथै सानातिना पार्टीको अर्डर पनि लिन सक्नुहुन्छ । खेलौनाको निर्माण घर बसीबसी विभिन्न किसिमका खेलौनाहरू बनाएर बेच्न सकिन्छ । यो व्यवसायतर्फ महिलाहरू अहिले निकै आकर्षित छन् । बजारमा उपलब्ध खेलौनाहरू मह“गो पर्ने हु“दा यसको बजार राम्रो देखिन्छ । नर्सरी फूलका सौखिनहरूका लागि यो एउटा राम्रो व्यवसाय बन्न सक्छ । विभिन्न किसिम र जातिका फूलहरू घर वरिपरि रोपेर त्यसलाई बेच्न सकिन्छ । यसबाट दोहोरो फाइदा हुन्छ । फूल बोटबिरुवाले गर्दा घर पनि आकर्षक देखिन्छ भने फूल बेचेर आम्दानी पनि हुन्छ । आफ्नो सीप र सौखलाई व्यवसायमा बदलेर स्वरोजगारी प्राप्त गर्नतर्फ उन्मुख हुनुहोस् । यसो गर्नाले तपाईंं कुशल गृहिणीका साथसाथै कुशल बिजनेस वुमन पनि बन्न सक्नुहुन्छ ।

Find Us On Facebook