Home » » 'लुट'को आयकर १२ लाख

'लुट'को आयकर १२ लाख



काठमाडौं – ब्लकबस्टर फिल्म 'लुट'ले २०६८ सालमा उत्पात मच्चाएको थियो। निश्चल बस्नेतद्वारा निर्देशित फिल्मले तीन करोडसम्मको कारोबार गरेको चर्चा थियो। तर, यसका निर्माताले आयकर कति तिरे त? नागरिकको प्रश्नमा निर्माता माधव वाग्लेले जवाफ दिए, '१२ लाख रुपैयाँ।' नरेन्द्र महर्जनसँग मिलेर वाग्लेले बनाएको फिल्म देशविदेश सबैतिर राम्रै चलेको थियो।

'आयकरवापत् १५ प्रतिशत तिर्नुपर्ने सरकारी प्रावधान रहेछ, हामीले सबै खर्च कटाएर १२ लाख रुपैयाँ तिरेका हौं,' वाग्लेले भने। यो आँकडाले हिसाब गर्दा 'लुट'ले ८० लाख रुपैयाँ नाफा गरेको देखिन्छ।

'लुट'मा ३०–३५ लाखभन्दा बढी लगानी परेको छैन भन्ने धेरै फिल्मकर्मीको बुझाइ छ। ३५ लाखको फिल्मले १२ लाख कर बुझाउनु भनेको फिल्मलाई उद्योगको मान्यता नदिने सरकारी नीतिका लागि गतिलो जवाफ हो। 'लुट'लगत्तै प्रदर्शनमा आएर राम्रो कमाइ गर्ने सूचीमा परेको फिल्म 'चपली हाइट'ले भने हिसाबकिताब भइरहेको र पूर्ण विवरण आएपछि आयकर तिर्ने जनाएको छ।

0 comments:

Post a Comment

Find Us On Facebook