Home » » दीपामाथी सौता हाले दिपकले, रीमा कान्छी श्रीमती (हेरौ भिडियो)

दीपामाथी सौता हाले दिपकले, रीमा कान्छी श्रीमती (हेरौ भिडियो)


निर्मल शर्मा अर्थात ‘गैडा’ दीपाश्री निरौलालाई दिपकको विरुद्धमा मुद्दा हाल्न सल्लाहा दिदै थिए । बिहे गरेको ११ बर्ष पश्चात दिपकले एक्कासी कान्छी श्रीमती घर ल्याएपछि दीपा तनावमा थिइन् । कान्छी श्रीमतीको रुपमा घर भित्रन पाउँदा मोडल रीमा विश्वकर्मा भने खुशी देखिएकी थिइन् ।
dipak-dipa-and-reema
यो कुनै वास्तविक घटना नभई हाँस्य सिरियल ‘तितो सत्य’को छायांकनको क्रममा देखिएको दृश्य हो । समाजमा देखिने दुई श्रीमती बिचको लफडालाई पर्दामा उतार्न लागेको निर्देशक दिपकराज गिरीले जानकारी दिए ।
उनले निक्कै रमाइलो तरिकाले ‘दुई श्रीमतीको पोई कुना पसि रोई’ भन्ने सन्देश दिन खोजेको बताए ।केही हप्ता अघि मात्र ५०० भाग मनाएको चर्चित सिरियल ‘तितो सत्य’मा पहिलो पटक दिपकले घरमा कान्छी श्रीमती भित्राउँन लागेका हुन् । अहिलेसम्म ‘तितो सत्य’मा दिपक र दीपा श्रीमान् श्रीमतीको रुपमा देखिदै आएका थिए । आफूहरुको नयाँ बिषयलाई दर्शकले मन पराउने विश्वास सिरियल यूनिटको छ । अनलाइनखबर बाट साभार गरिएको ।

0 comments:

Post a Comment

Find Us On Facebook