|
|
चलचित्र महोत्सव गरेर आफूलाई अहिले सम्मकै सफल बनाउने धुनमा लागेको चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता अहिले तनावमा छन् । धरानमा आयोजना भएको तिन दिने चलचित्र महोत्सवले आलोचना मात्र खेपेपछि उनी एक्लिन थालेका हुन् । चलचित्र बिकास बोर्ड जस्तो निकायले गरेको महोत्सवले कलाकारको वेइजती गरेको, मदिरामा रमाउने स्थान भएको जस्तो आरोप सबैतिरबाट लागेको छ । यसको सम्पुर्ण जिम्मेबारी बोर्ड अध्यक्षले नै लिनु पर्दछ । चलचित्र महोत्सवमा कमजोरी भएको स्विकार गर्न नसकेपछि ‘पप्पु’ले आफूलाई बचाउन धेरै किसिमका तर्क अघि सारिरहेका छन् ।पप्पुकै नेतृत्वको चलचित्र बिकास बोर्डले प्रदान गर्न लागेको राष्ट्रिय चलचित्र पुरस्कार आफ्नो हातबाट दिनका लागि राष्ट्रपति रामवरण यादव पनि हच्किएका छन् । राष्ट्रपतिको हातबाट पुरस्कार प्रदान गर्न नसकेको खण्डमा पप्पु झनै असफल हुनेछन् । यसैले पनि महोत्सव पश्चात चलचित्र बिकास बोर्ड लथालिङ्ग मात्र भएको छैन नेपाली सिनेमा नगरी पनि सुस्ताएको छ ।
सुर्खेत महोत्सवका कारण स्थानिय एक हल बन्द भएको दाबी गर्दै आएका चलचित्रकर्मी अहिले धरान महोत्सवले पूर्वका कतिवटा हल बन्द गराउने हो भन्ने तर्क अघि सार्न थालेका छन् ।
यसैबिच चलचित्र बिकास बोर्डको सल्लाहाकार पदबाट केपी पाठकले राजिनामा दिएका छन् । उनले चलचित्र महोत्सव असफल भएपनि गल्ती स्विरका गर्नुको साटो झनै विभिन्न आरोप आयोजकले चलचित्रकर्मीलाई लगाउँदै हिडेको भन्दै राजिनामा दिएको बताएका छन् ।
|
|



0 comments:
Post a Comment