Home » » कम निद्रा र मोटोपनको सम्बन्ध

कम निद्रा र मोटोपनको सम्बन्ध


किशोर उमेरका जतिपनि मानिसहरू राम्रो निद्रा लिने गर्दछन, उनीहरू कम सुत्ने मानिसहरूको तुलनामा स्वास्थ्यवर्धक भोजन मन पराउँदछन ।
अमेरिकाको स्टोनी ब्रुक यूनिभर्सिटी स्कूल अफ मेडीसन प्रीभेन्टिव मेडिसनका एसोसिएट प्रोफेसर लारेन हेलको नेतृत्वमा हालै गरिएको एक अध्ययनबाट के हुराको खुलासा भयो भने निद्रा र मोटोपनको आपसी सम्बन्ध रहेको छ ।
हेलका अनुसार किशोर उमेरका जो मानिसहरू कम सुत्दछन, उनीहरू खाना धेरै खान मन पराउँदछन । जुन उनीहरूका लागी राम्रो हैन, जुन राम्रो खाना हुन्छ, त्यो भने कम लिने गर्दछन ।
अनुसन्धानकर्ताहरूले किशोरावस्थाका क्रममा जो मानिस सात घण्टा भन्दा कम सुत्दछन, उनीहरू हरेका साता दुइ वा त्यो भन्दा धेरै पटक फास्ट फूड खाने गर्दछन, साथै उनीहरू फलफुल तथा तरकारीमा कम ध्यान दिने गर्दछन ।
अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सले किशोरहरूका लागी नौ देखि दश घण्टाको निद्रा लिने सल्लाह दिएको छ । यस अध्ययनलाइ एसोसियेटेड प्रोफेशनल स्लीप सोसायटीजको वार्षिक बैठकमा पेश गरिएको थियो ।

0 comments:

Post a Comment

Find Us On Facebook