Home » » रक्सी सेवन कति उचित, कति अनुचित ?

रक्सी सेवन कति उचित, कति अनुचित ?


रक्सीको सेवन प्राचीनकालदेखि नै कुनै न कुनै रूपमा भइरहेको पाइन्छ । यसलाई विभिन्न परिस्थिति र समयमा विभिन्न उपनाम जस्तैस् सोमरस, अङ्गुरको छोरी इत्यादिले पुकारिन्छ । आजको बदलिंदो सामाजिक र आर्थिक परिस्थितिको कारण व्यक्तिको रहनसहन तथा खानपिनमा परिवर्तन आएको छ । रिक्सा चलाउने मजदुरदेखि उच्च ओहदाको अधिकृत र राजनीतिज्ञले समेत रक्सीको आनन्द लिइरहेको हुन्छ । कहिलेकाहीं आनन्दको लागि रक्सी सेवन गर्नु स्वभाविक हो तर याद गर्नुस् जुन दिन तपाईंलाई रक्सीले वशमा पार्छ त्यसपछाडि जुन अप्ठ्यारोपना महसुस हुन्छ त्यसबारे विचार गर्न अनुरोध गर्दछु । रक्सी के हो रु यसलाई कति मात्रामा कसरी खाने र रक्सी सेवनबाट के फाइदा र के हानि–नोक्सानी हुन्छ त्यसबारे पनि छलफल गर्न जरुरी छ । यस लेखमा मैले रक्सीबारे वैज्ञानिक तथ्यको आधारमा कुरा गर्न गइरहेको छु । रक्सी एक किसिमको पेय पदार्थ हो जसमा इथिनोल हुन्छ । रक्सीलाई अल्कोहलको प्रतिशतको आधारमा तीन भागमा बाँडिएको छ – बियर, वाइन, स्प्रिट । बियर पनि अल्कोहल प्रतिशतको आधारमा तीन भागमा बाँडिएको छ– साधारण बियर ९३ प्रतिशत अल्कोहलको मात्रा०, कडा बियर ९५।५ प्रतिशत० र अत्यधिक कडाखाले बियर ९७ प्रतिशत० । वाइन पनि दुई प्रकारको हुन्छ– टेबुल वाइन ९अल्कोहलको मात्रा ८ देखि १० प्रतिशत०, फोर्टिफाइड वाइन जस्तै सेरीपौर्ट ९अल्कोहलको मात्रा १३ देखि १६ प्रतिशत० । स्प्रिट– यस अन्तर्गत ह्वीस्की, जीन, भोड्का र ब्रान्डी पर्छ । यसमा अल्कोहलको मात्रा ३२ प्रतिशत वा सोभन्दा अलिकति माथि हुन्छ । छिमेकी मुलुक भारतमा करिब दुई प्रतिशत मान्छे रक्सीमा डिपेन्डेन्ट छ भने हाम्रो देशमा तीनदेखि पाँच प्रतिशत मान्छे अल्कोहल–युज–डिसअर्डरबाट पीडित छ । लोग्ने मान्छेले एक हप्तामा २१ युनिट जबकि महिलाले १४ युनिट रक्सी खान सक्छ । तर धूमपान सेवन गर्ने महिला–पुरुषले अलिकति बढी खान सक्छ । याद रहोस् एक युनिट बराबर आठ ग्राम हुन्छ । उदाहरणको लागि चार सय पचास एमएल बियरमा १।५ युनिट अल्कोहल हुन्छ त्यस्तै एक बोतल टेबुल वाइनमा सात युनिट र एक बोतल स्प्रिट ग्रुपको रक्सीमा तीस युनिट अल्कोहल हुन्छ । भोको पेटमा रक्सी चाँडै अवशोषित हुने र खानेकुरासँग खायो भने ढिलो अवशोषित र विस्तारै शरीरबाट निस्किन्छ । त्यसैले खानेकुरासँग रक्सी खायो भने थोरै रक्सीले लामो समयसम्म आनन्दको अनुभव गर्न सकिन्छ । एकछिन रक्सीबाट के फाइदा हुन्छ विचार गरौं । शीशाको विभिन्न र·को बोतलमा विभिन्न ढ·बाट सजाएर राखिएको रक्सीले मान्छेलाई तलतल पार्छ । हिन्दीको प्रसिद्ध कवि हरिवंश राय बच्चनले आफ्नो किताब मधुशालामा रक्सीलाई मेलमिलाप गराउने साधन बताउनुभएको छ – ‘बैर कराता मन्दिर, मस्जिद, प्रेम कराता मधुशाला ।’ एक ग्राम अल्कोहलले सात किलो क्यालोरी शक्ति प्रदान गर्दछ । रक्सी उद्योगले मान्छेलाई रोजगार तथा देशको अर्थतन्त्रमा टेवा पुर्‍याइरहेको हुन्छ । यसलाई रमाइलो गर्ने साधनको रूपमा मान्छेले प्रयोग गर्छ । पाँच युनिटभन्दा कम रक्सी सेवन प्रतिदिन गर्‍यो भने यसले मुटुलाई रक्षा गर्छ भनिन्छ । अब यसबाट के हानि–नोक्सानी हुन्छ त्यसबारे विचार गरौं । रक्सी सेवन गर्ने व्यक्तिमा विभिन्न प्रकारको मानसिक, शारीरिक, सामाजिक तथा आर्थिक समस्याहरू आउन सक्छ । नशा तथा मानसिक समस्यास् रक्सी सेवन गर्ने व्यक्तिमा इनटौक्सिकेशनको समस्या हुन सक्छ । इनटौक्सिकेशन भन्नाले रगतमा अल्कोहलको मात्रा सामान्यभन्दा बढी हुनु हो । रगतमा अल्कोहलको मात्रा १०० मिलिग्राम प्रतिशत छ भने त्यसलाई मध्यमखाले इनटौक्सिकेशन भनिन्छ । त्यस्तै १०० देखि २०० मिलिग्राम प्रतिशत भयो भने अत्यधिक कडाखाले इनटौक्सिकेशन हुन्छ । यदि रगतमा ४०० मिलीग्राम प्रतिशत बढी अल्कोहलको मात्रा छ भने मान्छेको मृत्यु हुन सक्छ । – रक्सीमा बानी बसिसकेको मान्छेले एक्कासि छोडेको ६ देखि १२ घण्टा पछाडि उसलाई निद्रा नलाग्ने, छटपटी हुने, मुटु ढुक्ढुक् गर्ने, नारीको चाल बढ्ने, रक्तचाप बढ्ने, पसिना आउने तथा हात काप्ने हुन सक्छ जुन चारदेखि पाँच दिनसम्म प्रायस् रहन सक्छ । – कहिलेकाहीं रक्सी सेवनले गर्दा असामान्य अनुभूति जस्तैस् नभएको वस्तु देख्ने, शरीरमा कीरा हिंडेको महसुस हुने, नबोलेको बेला कानमा आवाजहरू सुनिने हुन सक्छ । – रक्सीमा बानी बसिसकेको १० प्रतिशत मान्छेको शरीरमा रक्सी छोडेको १२ देखि ४८ घण्टामा एक किसिमको कम्पन आउन सक्छ जुन छारेरोगजस्तै देखिन्छ । त्यसलाई रमफिट्स भनिन्छ । – कहिलेकाहीं रक्सी छोडेपछि सेवनकर्तामा एकदम कडाखाले रोग जसलाई डिलिरियम ट्रिमेन्स भनिन्छ, हुन सक्छ । यो प्रायस्जसो ५ दिनसम्म रहन्छ र उपचार गरेन भने ५ प्रतिशत व्यक्तिको मृत्युसमेत हुन सक्छ । यो एक प्रकारको अपर्झट अवस्था हो । – थाइमिनको कमीले गर्दा ध्भचलष्अपक भलअभउजबयिउबतजथ र प्यचकबपयखुक उकथअजयकष्क हुनसक्छ । – रक्सी सेवनकर्तामध्ये ८० प्रतिशत मान्छेमा उदासीनताको रोग हुनसक्छ जसमा २० प्रतिशतले आत्महत्याको प्रयास गर्छ । – २० देखि ४५ प्रतिशतमा चिन्ता रोगको लक्षण भेटिन्छ । – पतिपत्नीबीच चारित्रिक शड्ढा–उपशड्ढा हुनसक्छ जसलाई हामी पैथोलोजिक जेलसी भन्दछौं । – लि· उत्तेजनामा कमी, चाँडै वीर्य स्खलन हुन सक्छ जसले गर्दा दाम्पत्य जीवन सुखी हुँदैन । – रक्सी सेवन गर्ने महिलाको बच्चाको टाउको सानो हुने, सुस्त मनस्थिति बच्चा जन्मने र तौल कम हुने गर्दछ । शारीरिक समस्या – शरीरमा बी, ए, डी, बी सिक्स, इ र फोलेट भन्ने भिटामनी र अन्य तत्त्वको कमी हुन जान्छ र त्यस कमीले गर्दा हुने समस्याहरू देखिन्छ । – रक्सीले गर्दा पैताला पोल्ने वा जलन हुने, घोच्ने र छोयो भने थाहा नहुनेजस्ता लक्षणहरू देखिन सक्छ जसलाई फेरिफेरता न्युरोपैथी भनिन्छ । – कलेजोमा अल्कोहलिक हेपाटाइटिस, सिरेसिसजस्ता रोग लाग्न सक्छ । – गैसट्राइटिस, पेप्टिकल्सर र पैंक्रिया टाइटिस हुनसक्छ । – उच्च रक्तचाप, कारडियक मायापैथी र स्ट्रोक हुन सक्छ । – सडक दुर्घटना, टाउकोमा चोटपटक लागेर मृत्युसमेत हुन सक्छ । सामाजिक तथा आर्थिक समस्या – पारिवारमा झैझगडा, हिंसा, पारपाचुके, बालबच्चामा नकारात्मक असरहरू पर्न सक्छ । – पढाइ, अन्य काम तथा जागिरमा समस्या हुन सक्छ । – आपराधिक क्रियाकलाप बढ्न सक्छ । – आर्थिक समस्या हुन सक्छ । हामीले रक्सीबाट हुने फाइदा र बेफाइदा दुवैबारे कुरा गर्‍यौं । महात्मा गाँधीको रक्सीले आत्मा र शरीर दुवैलाई नाश गर्छ भन्ने अभिव्यक्ति कहिले पनि बिर्सनुहुँदैन । त्यसैले रक्सी सेवन गर्नु पहिले एकछिन विचार गर्नुहुन अनुरोध गर्दछु किनभने तपाईं आफ्नो लागि सबभन्दा ठूलो न्यायकर्ता हो र एक स्वास्थ्यकर्मीको नाताले रक्सी खानुभन्दा नखानु नै मलाई बेस लाग्दछ ।

0 comments:

Post a Comment

Find Us On Facebook