Home » » यस्तो पो चुम्बन

यस्तो पो चुम्बन


राजेश हमाल र करिश्मा मानन्धरले जोडीका रूपमा थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन्। धेरैवटा चलचित्रमा अनस्त्रिmन रोमान्स गरिसकेका यी दुवै स्थापित कलाकारले अहिलेसम्म कुनै पनि चलचित्रमा अधरपान भने गरेका थिएनन्। प्रदर्शनको तयारीमा रहेको चलचित्र 'किन किन' मा भने उनीहरूले दर्शकलाई नै रोमाञ्चित तुल्याउने शैलीमा चुम्बन गरेका छन्। साउन ३२ गते सार्वजनिक हुने यो चलचित्रको राजेश-करिश्माको चुम्बनलाई निर्देशक दाहाल 'हट किस' भन्न रुचाउँछन्। राजेश र करिश्मालाई सन् ७० को दशकको गेटअपमा प्रस्तुत गरिएको यो चलचित्रमा अन्य नायक-नायिकालाई पनि चुम्बन दृश्यमा कैद गरिएको निर्देशक दाहाल बताउँछन्। 

0 comments:

Post a Comment

Find Us On Facebook