Home » » प्रेमीलाई ६३ पटक फोन गरेपछि आत्महत्या गरेकी जीयाको अन्त्येष्टि

प्रेमीलाई ६३ पटक फोन गरेपछि आत्महत्या गरेकी जीयाको अन्त्येष्टि


सोमबार बेलुकी आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी बलिउड नायिका जीया खानको बिषयमा विभिन्न तथ्यहरु बाहिर आएका छन् । उसो त जीयाको वुधबार दाहासंकार पनि गरिएको छ । जीयाको मुम्बइको जुहुस्थित कब्रस्तानमा अन्तिम संकार गरिएको छ ।
उनको अन्तिम संस्कारमा नायक आमिर खान, रितेश देशमुख सहभागी भएको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।नायिका जीया खान बलिउडमा करिअर अघि बढ्न नसकेपछि निक्कै चिन्तित रहेको बताइएको छ । उनले आत्महत्या गर्नुको पछाडी उनको प्रेम जीवन पनि कारण रहेको तथ्य खुलेको छ । उनी विगत १ बर्षदेखि आदित्य पंचोलीका छोरा सुरज पंचोलीसँग प्रेमसम्बन्धमा थिइन् ।
तर पछिल्लो समय उनलाई सुरजले वेवास्ता गरेपछि जीया झनै दिकदारीमा परेको बताइएको छ । उनको सोमबार सुरजसँग ६३ पटक फोन र धेरै पटक एसएमएसमा कुरा भएको बताइएको छ ।
उनले अन्तिम एसएमएसमा सुरजलाई लेखेकी थिइन्, ‘यू आर गेटिङ टु कुल्ड’ । फोनमा कुरा भएपछि जीया सुरजको घर पनि गएको बताइएको छ । तर सुरज आफ्नै घरमा आमाबुवासँग व्यस्त भएको खबर पाएपछि जीया फर्किएकी थिइन् ।
सुरज पछिल्लो समय नितु नाम गरेकी एक युवतीसँग नजिकएपछि जीया तनावमा रहेको बताइएको छ । उनले सुरजसँग आफ्नो जीन्दगी र भबिष्यको बारेमा पनि कुरा गर्ने गरेकी थिइन् । चलचित्र क्षेत्रमा जम्न नसक्नु, प्रेम जीवन पनि असफल हुनु जीयाले आत्महत्या गर्नुको मुख्य कारण रहेको बताइएको छ । 

0 comments:

Post a Comment

Find Us On Facebook