|
|
बेलायतको एक अदालतल गतवर्ष भएको ६ बालबालिकाको हत्यामा उनकै बाबुआमाको संलग्नता ठहर गरेको छ ।
नटिंघमको अपराध अदालते ५२ वषर्ीय माइक फिलपोट, उनकी ३२ वर्षिया श्रीमती मेरिड तथा उनीहरूका साथी पउल मोस्लेलाई बालबालिकाको हत्याको दोषी ठहर्याएका हो । करिब आठ घन्टासम्म चलेको सुनुवाइपछि तीनैजनालाई दोषी ठहर गरिएको हो ।
उनीहरूलाई दिने सजाय बुधबार अबेर घोषणा गरिने अदालतले जनाएको छ । गतवर्षको मेमा डर्बीस्थित एक घरमा भएको आगलागीमा ती बालबालिकाको मृत्यु भएको थियो ।
आफ्नी पूर्वप्रेमिका लिसा विल्सलाई फसाउन माइकले पत्नीको सहयोगमा ६ जना बच्चा सुतेको कोठा आगजनी गरेको अनुसन्धानमा खुल्न आएको छ । मारिएका बालबालिकामध्ये पाँचजनाको घटनास्थलमै र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा माइक तथा उनकी प्रेमिका लिसाबाट जन्मेका पाँच तथा माइकीकी पत्नी मेरिड फिलटपको पहिलो पतिबाट जन्मेका एक रहेका थिए । सबै बालबालिका ५ देखि १३ वर्षभित्रका थिए ।
केही वर्षदेखि भिक्टोरिया रोडस्थित एक घरमा माइक, उनकी पत्नी मेरिड तथा माइककी प्रेमिका लिजा विल्स बस्दै आएका थिए । गतवर्ष फेब्रुअरीमा लिजाले माइकसँग बस्दै आएको घर
छाडिदिएकी थिइन् ।
लिजाले पाँच सन्तानसहित घर छाडेपछि माइक तनावमा देखिन्थे । उनले लिजासँग जोडिएका व्यक्तिलाई आगो लगाएर हत्या गर्ने र लिजालाई फसाउने योजना रहेको कैयेोँ साथीलाई बताएका थिए ।
लिसाले सन्तानसमेत साथ लिएर गएपछि बालबालिकाको पालनपोषणका लागि सरकारले दिँदै आएको रकम बन्द भएपछि उनले यसो गरेको बि्रटिस मिडियाले जनाएका छन् ।
अदालतमा मुद्दाको सुनवाइका क्रममा माइक हिंस्रक प्रवृत्तिका व्यक्ति भएको पनि खुल्न आएको छ । उनले पूर्वप्रेमिका लिसा विल्सलाई आफ्नै हिसाबले चलाउन खोजेपछि लिसा उनलाई छाडेर गएकी थिइन् ।
प्रेमीको भनाइ इन्कार गरेपछि लिसालाई २७ पटक भौतिक आक्रमण गरेको आरोपमा माइकले सात वर्ष कारावासको सजायसमेत भोगिसकेका छन् ।
आफूले नजिकबाट नियालेको तथा अनुसन्धान गरेको घटनामध्ये यो सबैभन्दा हिंस्रक भएको एक वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् ।
|
|



0 comments:
Post a Comment