
आफ्ना छोरीहरु रेडलाइट एरियामा जाओस् भन्ने चाहना कुनै पनि आमाबुबाको हुँदैन आफ्ना दिदीबहिनीले यौनलाई पेशा बनाएर आर्थिक उपार्जन गरोस् भन्ने कुनै पनि दाजुभाईको चाहना हुँदैन । आफ्नो शरीर बेचेर पैसा कमाउने चाहना पनि कमै महिलाहरुमा मात्र होला । तर पनि नेपालमा यौनलाई पेशाकै रुपमा अपनाउने क्रम बढिरहेको छ । राजधानी काठमाडौंलगायत प्रमुख शहर र राजमार्ग आसपासका क्षेत्रहरुमा यौन ब्यवसाय आक्रामकरुपमा बढेको तथ्याङ्क विभिन्न सरकारी तथा गैह्रसरकारी निकायहरुले प्रकाशित गर्ने गर्छन् । यौन ब्यवसायलाई अनाधिकृत भन्दै दैनिकजसो प्रहरीले छापा मारेर कयौ युवा युवतीलाई ुरेड ह्यान्डु पक्राउ गर्ने घटना पनि बृद्धि भइरहेको छ । यहि कारण सरकारले यौन व्यवसायलाई मान्यता दिनुपर्ने सवाल उठिरहेको छ । जुन स्वभाविक पनि छ । झन् पछिल्लो केही समययता त ुसेक्स टुरिजमु को
आवाज बुलन्द बनिरहेको छ । सेक्सलाई पर्यटनको रुपमा विकास गरेर व्यवस्थित गर्नुपर्ने यसका पक्षधरहरुको भनाई छ । नेपालले सन् २०११ लाई पर्यटन बर्ष मनाएको एक वर्षपछि अर्थात अहिले २०१२ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउँदै छ । कुनै ठाँउ विशेषको नाममा नेपाललाई विश्वसामु परिचित गराउँदै पर्यटनको केन्द्रको रुपमा विकास गर्ने उद्देश्य सरकारको रहेको छ । चाहे जे सुकै परिभाषामा वर्षहरु घोषणा गरिएपनि नेपाल पर्यटन विकासको माध्यमबाट राष्ट्रिय विकासको पथमा लम्कन खोज्नु राम्रो हो । हामी नेपालीहरु पर्यटन भन्ना साथ खोलामा गएर र् याफ्टिङ हाँक्ने पहाड र हिमालहरु चढ्ने विभिन्न निकुाजहरुमा घुम्ने मठ मन्दिरहरुमा पुग्ने आदि कार्यलाई बुझ्दछौ । नेपालमा सरकारले पनि पर्यटकीय क्षेत्रको विस्तारमा हिमाली क्षेत्र ताल र मठ मन्दिर तथा पर्यटकीय क्षेत्रमा भएका होटल ब्यवसायलाई मात्र ध्यानमा दिएर सेवा सुविधा वढाउने काम गरिरहेको छ । तर अहिले विश्वमा पर्यटनको अवधारणमा फेरबदल आएको अवस्थामा नेपाल सरकारको ती पुराना नीतिहरुमा नयाँपन दिनु आवश्यक छ । विश्वका धेरै मुलुकहरुले पर्यटनलाई विशिष्टरुपमा परिभाषित गर्दै देश विकासको मुख्य आधार बनाउन सफल पनि भएका छन् । ती मध्ये साँस्कृतिक पर्यटन खेल पर्यटन र हालको समयमा सबैभन्दा फष्टाएको यौन पर्यटन आदिलाई लिन सकिन्छ । भारतको तिरुपती बालाजी मालदिभ्सको विच खेल पर्यटन उत्कृष्ठ सुचिकृत पर्यटनको नमुनाको रुपमा परिचित छ । यस बाहेक यौन पर्यटन पनि विश्वमा मौलाएको अर्को महत्वपूर्ण पर्यटन हो । यौन पर्यटनको रुपमा आफ्नो आर्थिक अवस्था निकै माथि उठाएको राष्ट्रमा थाइल्याण्ड ब्राजिल चीन रुस मस्कोलगायतका रहेका छन् । यौन पर्यटनबाट उल्लेख्य परिवर्तन गर्दै विकासमा यौनलाई पनि महत्वपूर्ण ठाँउ दिनेमा भारत पनि परेको छ । यसबाहेक यौनलाई पर्यटनको रुपमा विकास गरी आर्थिक उपलब्धि हासिल गर्नेमा चिन मकाउ हङकङ सिङगापुर अमेरिका तथा क्यारेवियन मुलुकहरु पनि रहेका छन् । १९ औ शताव्दीबाट केही चर्चा सुरु भएपनि २० औ शताब्दीमा आईपुग्दा विश्वको धेरै मुलुकहरुमा सेक्स पर्यटन मौलाएको र त्यसले राष्ट्रिय अर्थतन्त्रलाई निकै माथि उठाएको तथ्यहरु प्रकाशित भएका छन । फिलिपिन्स चिन भियतनाम इन्डोनेसिया हङकङ सिङगापुर मकाउलगाएतका देशहरुमा सेक्स टुरिज्मले ठुलै फड्को मारेको छ । भारतले रेडलाइट एरिया घोषणा गरेर सेक्सलाई आयश्रोतको मुख्य माध्यमको रुपमा परिभाषित गरे पनि अन्य दक्षिण एसियाली राष्ट्रहरु रहेको अति पुरातनवादी सोचको कारण सेक्स टुरिज्मको विकास हुन सकेको छैन् । अहिले मानवीय आधारभुत आवश्यकताको रुपमा गाँस बास कपासपछि सहबास पनि अति आवश्यक रहेको चर्चाहरु चलेको परिबेशमा सेक्सलाई टुरिज्मको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु नेपालमा पनि रहेको छ । नेपालमा पनि सेक्स टुरिम्मको चर्चाहरु नचलेको भने होईन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक दशक अघि नेपालमा सेक्स टुरिज्म भित्र्याउन खोजिए विकृति आउने धारणा राखेका थिए । कोइरालाले सांस्कृतिक मूल्यमान्यता समाप्त पार्न कुनैपनि कदम स्वीकार्य नहुन भन्दै नेपालमा सेक्स टुरिज्मको कल्पनासमेत गर्न सकिने बताएका थिए । यसरी विशिष्ठ ब्यक्तिबाट नै सेक्सलाई अति पुरातनबादी सोचबाट बुझिदिदा यसले पर्यटनको रुप लिन नसकेको हो । वास्तवमा नेपालमा अहिले धेरै नै अस्तब्यस्त तबरले यौन पेशामा लाग्नेको जमात बढ्दै गएको छ । जसले समाजमा पनि विकृति ल्याउन सक्छ । अब्यवस्थित तरिकाले हुने यौन ब्यवसायले यौनजन्य रोगहरुको संक्रमण फैलनु तथा स्वस्थ्य यौन ब्यवहारमा समस्या ल्याउन सक्छ । यौन ब्यवसायलाई कुनै पनि हालतमा रोक्न नसकिने भएकोले सरकारले यसलाई ब्यवस्थित गर्दै सेक्सलाई टुरिज्मको अवधारणा ल्याउन सकेमा राष्ट्रिय विकासमा योगदान पुग्न सक्ने छ । देशको कुनै शहरलाई यौन पर्यटनको लागि छनोट गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गरिए यौनजन्य रोगको कमी पाच्य यौन ब्यवहार तथा यौनकर्मीहरुलाई पनि निकै सहज हुने छ । यौन पर्यटनबाट विश्वको उदयीमान अर्थतन्त्रको रुपमा चिनिन लागेका धेरै मुलुकहरुले नियमन गरी ब्यवसायीलाई सहज तथा राष्ट्रलाई आर्थिक फाईदाको भरपर्दो माध्यम बनाएका छन् । ब्राजिल मे)िक्सको फिलिपिन्स र थाईल्याण्ड पछिल्लो समय सेक्सलाई टुरिज्मको रुपमा विकसित र अर्थतन्त्रको विकास गर्ने मुलुक हुन् । यिनीहरुबाट पनि सिक्दै नेपाल सरकारले सेक्स टुरिज्मको विकास गरे नेपालमा धेरै पर्यटक भित्र्याएर पर्यटन प्रर्बद्धन तथा विकासमा सहयोग पुग्ने प्रचुर सम्भावना रहेको छ । सेक्सलाई अति क्लिष्टरुपमा बुझ्नाले नेपालमा सेक्ससम्वन्धी धेरै दुर्घटना हुने गरेका छन् । बर्षेनि हजारौ नेपाली महिलाहरु बलात्कृत हुनु परेको छ भने पुरुषहरु पनि अव्यवस्थित यौन ब्यवहारको कारण यौन कुलतमा फसेका छन् अर्थात ुसेक्स एडिक्टक्टु बनेका छन् । यो समस्या समाधानको लागि पनि सरकारले निश्चित ठाउँमा रेडलाइट एरिया निर्धाराण गरी यौन ब्यवसायलाई मर्यादित बनाउन सके सबै हिसाबले राष्ट्रलाई सहयोग पुग्नेमा दुई मत छैन भने बलात्कारको घटनामा कमी आउने थियो । त्यसैगरी सेक्सको नाममा हुने उश्रृंखलता घट्ने थियो । सेक्स जस्तो संवेदनशील विषयलाई अब्यवस्थितरुपमा ब्यापार गरिदा सामाजिक जीवनसमेत प्रभावित पर्ने हुँदा यसलाई मर्यादित तथा सरकारले नियम बनाएर ब्यवसायिक रुप दिनसके नेपालको आर्थिक विकासमा सेक्स टुरिजमको निकै महत्वपूर्ण भूमिका खेल्नेमा दुईमत छैन ।
0 comments:
Post a Comment