Home » » मैले बिर्सिदेऊ भन्दा मान्दिनन्। यस्तो अवस्थामा म के गर्न सक्छु ?

मैले बिर्सिदेऊ भन्दा मान्दिनन्। यस्तो अवस्थामा म के गर्न सक्छु ?



म विवाहित पुरुष हुँ। चार महिनाअघिदेखि एउटी अविवाहित युवतीसँग फोनसम्पर्क हुँदै गयो र बिस्तारै त्यो सम्बन्ध मायामा परिणत भयो। उनलाई म विवाहित हुँ भन्ने थाहा छ। उनी सम्पन्न परिवारकी छोरी हुन्। मलाई पाइनँ भने तपाईंको नाममा चिठी लेखेर मर्छु भन्छिन्। मैले बिर्सिदेऊ भन्दा मान्दिनन्। म सामान्य परिवारको व्यक्ति हुँ। आजसम्म उनीसँग देखभेट भएको छैन। यस्तो अवस्थामा म के गर्न सक्छु ?
२४७०
सबैभन्दा पहिले आफ्नी पत्नीप्रति इमान्दार हुनुहोस्। कुनै व्यक्ति वा संस्थाप्रतिको इमान्दारिताले कुनै पनि मानिसको विवेकलाई बलियो र जिम्मेबार बनाउँछ। तपाईंको हकमा तपाईं अन्य युवतीतर्फ चिप्लिन लाग्नुभएको हो भन्ने कुरा तपाईंको पत्रले स्पष्ट पार्छ। अहिलेको अवस्थामा तपाईं गलत बाटोमा हुनुहुन्छ। पत्रमा उल्लेख भएअनुसार तपाईंलाई पछ्याइरहेकी युवतीलाई तपाईंले नदेखेको अवस्थामा ती युवतीसँगको कथित सम्बन्ध तोड्न सजिलो पनि छ। तपाईंले ती युवतीलाई फोनमार्फत नै आफ्नो निर्णयका बारेमा बताउन सक्नुहुन्छ। तपाईंको निर्णयपछि पनि ती युवतीले तपाईंलाई पछ्याउन छाडिनन् भने ती युवतीका आमाबुवालाई जानकारी दिन सक्नुहुन्छ। त्यसपछि ती युवतीका आमाबुवाले नै उनलाई तपाईंबाट टाढा लानेछन्।

1 comments:

  1. रेखा जी आफै प्रेममा असफल हुनुहुन्छ के अरुलाइ लभगुरु बनेर सल्लाह दिनुहुन्छ र खै मत बिश्वास मान्दिन हो ।

    ReplyDelete

Find Us On Facebook