Home » » एक हप्तामै रणवीरको सिनेमाले कमायो १०८ करोड, खानहरुलाई चुनौती

एक हप्तामै रणवीरको सिनेमाले कमायो १०८ करोड, खानहरुलाई चुनौती



बलिउड नायक रणवीर कपुर ले अभिनय गरेको चलचित्रलेे एकपछि अर्को सफलता हाशिल गर्न थालेको छ । चलचित्र ‘बर्फी’ र ‘रकस्टार’बाट एकाएक चर्चामा पुगेका रणवीर अहिले बलिउडका तिन खानलाई नै चुनौती दिने भएका छन् ।रणवीर कपुर र दीपिका पादुकोणले अभिनय गरेको चलचित्र ‘ए जवानी हे दिवानी’ले एक सातामै १०८ करोडको व्यापार गरेर तहल्का मच्चाएको छ । यो चलचित्र भारतका ३ हजार हलमा प्रदर्शनमा आएको थियो । बलिउड नायक सलमान खानले अभिनय गरेको चलचित्र ‘एक था टाइगर’को केही रेकर्ड पनि यसले ब्रेक गरेको छ । इदको अवसरमा ३५०० हलमा प्रदर्शनमा आएको ‘एक था टाइगर’लाई नै ‘ए जवानी हे दिवानी’ले चुनौती दिएको छ । सलमानको यो चलचित्रले तिन दिनमा ५९ करोडको व्यापार गरेको थियो । तर रणविरको ‘ए जवानी हे दिवानी’ले भने तिन दिनमा ६२ करोडको व्यापार गरेको छ ।
३००० हलमा चलेको ‘ए जवानी हे दिवानी’ले ६ दिनमा ९८ करोडको व्यापार गरेको छ भने सलमानको ‘ए था टाइगर’ले बिदाको समयमा ३५०० हलमा चलेर १ सय करोड कमाएको थियो । रणवीर अभिनित ‘ए जवानी हे दिवानी’ बिदाको अबसरमा प्रदर्शनमा आएको चलचित्र होइन । यस्तै ओभरसिजमा यो चलचित्रले बिहिबार सम्म ३७ करोडको व्यापार गरिसकेको छ ।
एक सातामै १ सय करोडको क्लबमा समावेश भएपछि अहिले रणवीर र दीपिकाको चर्चा चुलिएको छ । नायिका पादुकोणले अभिनय गरेको २ चलचित्रले यो बर्ष १ सय करोडको क्लबमा आफूलाई उभ्याइसकेका छन् । यसअघि जनवरीमा प्रदर्शनमा आएको ‘रेश २’ ले १०४ करोडको व्यापार गरेको थियो । निरन्तर सिनेमा सफल दिएपछि रणविर कपुरलाई बलिउडका तिन खानसँग तुलना गर्न थालिएको छ । बलिउडमा साहरुख खान, सलमान खान र आमिर खानले बक्स अफिसमा कब्जा जमाउँदै आएका छन् ।

0 comments:

Post a Comment

Find Us On Facebook