Home » » मस्ती गर्दागर्दै स्वीमुङ पुलमै ढले अर्धनग्न युवायुवती (भिडियोसहित)

मस्ती गर्दागर्दै स्वीमुङ पुलमै ढले अर्धनग्न युवायुवती (भिडियोसहित)



जोसमा होस नपुर्‍याउँदा भयानक दुर्घटना हुनसक्छ । हालै मेक्सिकोमा यस्तै भएको एउटा पुल पार्टीमा । युवा युवतीहरु गीत संगीतका साथ पुल पार्टीमा रमाइरहेका थिए । कोलाहलयुक्त गीत संगीतले नपुगेपछि थप रमाइलो गर्न र माहोललाई धुँवादार बनाउन पानीमा नाइट्रोजन हाले ।
pool-party
तर, पानीमा नाइट्रोजन हालेपछि एक युवती कोमामा छिन् भने ८ जनालाई अस्पताल भर्ना गरिएको छ । घटना मक्सिकोमा लिओनमा भएको हो । पुल पार्टीमा युवा युवतीहरु रमाइरलेका बेला चार बाटा झोल नाइट्रोजन हालिएको थियो । नाइट्रोजन पानीको सम्पर्कमा पुग्नासाथ पौडिरहेका युवा युवतीहरु हेर्दा हेर्दै लत्र्याकलुत्रुक परे र पानीमै लडे ।
साथीहरुले हतार हतार अस्पताल पुर्‍याएका कारण मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे अधिकारीहरुले छानविन थालेका छन् । पार्टीमा झण्डै २ सय युवा युवती रमाइरहेका थिए ।
भिडियो


0 comments:

Post a Comment

Find Us On Facebook