Home » » खानेपानी आपूर्ति खुलाउन सरकार उदासीन, बन्द अझै लम्बिने

खानेपानी आपूर्ति खुलाउन सरकार उदासीन, बन्द अझै लम्बिने


पानी व्यवसायीले तीनदिनदेखि खानेपानी आपूर्ति बन्द गराएको कारण राजधानीमा खानेपानीको अभाव हुँदा पनि सरकारले कुनै चासो देखाएको छैन । व्यवसायीहरुले सरकारले आप\mना माग सम्बोधन नगरेको हुनाले आपूर्ति बन्दको आन्दोलन अझ बढ्ने शनिबार बताएका छन् । ट्यांकर र जार दुवै खानेपानी सेवा अहिले बन्द रहेको छ ।
मिडिया इन्टरनेसनलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खाने पानी संयुक्त संघर्ष समितिले जायज माग पनि राज्यले सम्बोधन नगरेको भन्दै आन्दोलन थप सशक्त बनाउने उद्घोष गरेको छ । संघर्ष समितिका संयोजक विष्णु दाहालले आफूहरुका २० बुँदे माग सरकारले सम्बोधन नगरेसम्म पानी आपूर्ति ठप्प पार्ने चेतावनी दिनुभयो । खानेपानीको गुणस्तर कायम गर्न पहल गर्दा समेत राज्यले वेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् ।
पिउने पानीमा भ्याट हटाइनुपर्ने, हरेक समय पानीको आपूर्ती खु्ल्ला गरिनुपर्ने, बन्द हड्ताल जस्ता समस्यामा पानीका गाडीमाथि भएका क्षतिको राज्यले क्षतिपूर्ति दिनुपर्ने माग व्यवसायीले राखेका छन् । पानीका बारेमा राज्यको उचित नीति नभएकोले उहाँले चौतर्फी कर तिर्नुपरेको कारण व्यवसायी मारमा परेको बताउनुभयो ।
आफूहरु तत्काल वार्ता गरेर समस्या समाधान गर्न तयार रहेको तर सरकारले वार्तामा महत्व नदिएको उहाँले उल्लेख गर्नुभयो । ‘सहरी विकास मन्त्रालयसँग वार्ता भयो तर वार्तामा मन्त्रालयले खासै चासो दिएन’, उहाँले भन्नभयो, ‘सरकारको सम्बन्धित जिम्मेवार निकाय पनि समस्याबाट पन्छिन खोजेको कारण आन्दोलन लम्बाउनुपरेको हो ।’ उक्त अन्तरक्रियामा पनि सरकारी अधिकारी सहभागी हुन नमानेको आयोजक मिडिया इन्टरनेसनलले जनाएको छ ।
नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष धर्मनन्द श्रेष्ठले आफूहरुले उपभोक्तालाई अप्ठ्यारो पार्न नखोजेको तर सरकारको लाचारीपनका कारण पानी आपूर्ति बन्द गर्न बाध्य भएको बताउनुभयो । उहाँले पानीलाई अत्यावश्यक वस्तुका रुपमा ढुवानीमा लाग्ने कर मिनाहा गर्नुपर्ने बताउनुभयो ।
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष बेगबहादुर लामाले पानी ढुवानी गर्ने मजदुरका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । खानेपानी व्यवसायमा संलग्न विभिन्न व्यवसायीले खानेपानी संयुक्त संघर्ष समितिको गठन गरी दुई महिनादेखि आन्दोलन गर्दै आएका छन् ।

0 comments:

Post a Comment

Find Us On Facebook