|
लन्डन (एजेन्सी), - केही साताअघि विश्वलाई नै आश्चर्यमा पारेकी थिइन्, हलिउड अभिनेत्री एन्जेलिना जोलीले । उनमा स्तन क्यान्सर हुन सक्ने बीआरसी-१ जिन फेला परेको थियो । स्तन क्यान्सरका लागि धेरै हदसम्म जिम्मेवार मानिने त्यो जिनबाट छुटकारा पाउन उनले मस्टेक्टोमी गराई आफ्ना दुवै स्तन फाल्न लगाएकी थिइन् । उपचारको यो पाटोले भन्दा पनि आफ्ना दुवै स्तन फालेको उनको स्वीकारोक्तिले संसारलाई चकित पारिदिएको थियो । स्तन शल्यक्रियाबारे उनले लेखै छपाएकी थिइन् ।
सुन्दरताकी पर्याय मानिने एन्जेलिनाको पछिल्लो अवस्थाप्रति जान्ने उत्सुकता धेरैमा भइरहेका बेला उनी पहिलोचोटि सार्वजनिक कार्यक्रममा देखिएकी छन् । त्यो पनि बेलायती राजधानीमा । आफ्ना प्रेमी ब्राड पिटको पछिल्लो फिल्मको रेड कार्पेट पि्रमियरमा उनी क्यामेराहरूको केन्द्रबिन्दुमा रहिन् । कालो गाउन लगाएकी एन्जेलिना प्रेमीसँग निकै आत्मविश्वासी देखिएकी थिइन् । सञ्चारकर्मीहरूले उनको पछिल्लो शारीरिक अवस्थाबारे अनगिन्ती जिज्ञासा राखेका थिए ।
'म यो मानेमा धेरै खुसी छु, आजकी महिलाको स्वास्थ्यलाई लिएर यति धेरै बहस भयो, यो भनेको संसारले मप्रति गरेको जिज्ञासा हो,' एन्जेलिनाले भनेकी छन्, 'मैले क्यान्सरकै कारण आमालाई गुमाएकीले पनि आज आफूलाई भाग्यमानी ठानेकी छु ।' उनकी आमाको पाठेघर क्यान्सरका कारण मृत्यु भएको थियो । सानीआमाको पनि स्तन क्यान्सरले नै निधन भएको थियो ।
आफैंले जन्माएका तीन र तीन धर्मसन्तान गरी ६ जनाकी आमा एन्जेलिनाले प्रेमी ब्राडको पनि प्रशंसा गर्न चुकिनन् । फिल्ममा गरेको अभिनयबारे उनले भनिन्, 'म ब्राडको कामप्रति एकदमै उत्साहित छु । यो एकदमै रमाइलो फिल्म थियो र हाम्रा बच्चाहरूले पनि मन पराए ।' उनले ब्राड असाधारण व्यक्ति भएको भन्दै थपिन्, 'उनी वास्तवमै अद्भुत पुरुष हुन्, अनि त्यत्तिकै असल बाबु पनि । म आफूलाई एकदमै धेरै भाग्यमानी मान्छु ।'
त्यसो त ब्राडले पनि प्रेमिकाको प्रशंसा गर्न छुटाएनन् । उनले एन्जेलिना एक साहसी र अविश्वसनीय रूपमा दरिलो मुटु भएकी महिला भएको टिप्पणी गर्दै भने, 'मैले जे देखेर उनलाई सुरुवातमै मन पराएको थिएँ, उनको त्यो स्वरूप आज बल्ल तपाईंहरूले देख्न पाउनुभएको छ । उनी कहिल्यै चुनौती र समस्यासँग नडराउने महिला हुन् ।' एन्जेलिनाले स्तन फालेको सत्य सार्वजनिक गर्नुमा आफूले कुनै अनौठो नमानेको पनि उनले बताए ।

0 comments:
Post a Comment