|

बर्लिन — जर्मन चान्सलर एगेला मर्केलले बेरोजगारीबाट छुटकरा पाउनको लागि एक नयाँ उपाय सुझाएकी छन्। उनले भनेकी छन् 'यूरोपीयनहरु कामको खोजीको लागि आफ्नो ठाउँ छोडेर बाहिर जान तयार हुनुहोस्।' स्पेन, ग्रीस जस्ता यूरोपीयन देशहरु अत्यधिक बेरोजगारीको सामना गरिरहेका छन्।
बीबीसीसँग विशेष कुराकानी गर्दै एगेलाले बेरोजगारी एउटा ठूलो समस्या भएको बताइन् तर उनले सरकारी खर्चलाई घटाउने नीतिको भने बचावट गरिन्।
'पूर्वी जर्मनीमा जब बेरोजगारी समस्या बढ्यो तव युवा कामको खोजीको लागि दक्षिण तर्फ गए', मर्केलले भनिन्, 'मानिस एक ठाउँबाट अर्को ठाउँमा जानको लागि तयार हुन जरुरी छ।'
रोजगारी र विकासको लागि युरोपियन देश कठिन परिस्थितिको समना गरिरहेका छन्।
|
0 comments:
Post a Comment