|
काठमाडौं - कमसल धितो राखेर सिद्धार्थ विकास बैंकबाट १३ करोड रुपैयाँ कर्जा लिई बद्मासी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गौरी ज्ञवाली सोमबार अस्पताल भर्ना भएकी छन्।
६ करोडको जग्गा २५ करोड मूल्यांकन गराएर १३ करोड ऋण निकालेको तथ्य खुलेपछि राष्ट्र बैंकको आग्रहमा ब्युरोले गौरी र किशोर ढकाललाई जेठ २३ गते पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।
अभियुक्त गौरी प्रेसर र सुगर बढेको भन्दै वीर अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज भर्ना भएकी छन्। ब्युरोले महानगरीय प्रहरी प्रभाग सिंहदरबार हिरासतमा राखेदेखि नै उनको परिवारले स्वास्थ्य समस्या देखाउँदै अस्पताल भर्नाको प्रयास गरेको थियो।
पटकपटक स्वास्थ्यसम्बन्धी गुनासो आएपछि उनलाई सोमबार वीर अस्पताल लगिएको र वीरले रेफर गरेर काठमाडौं मेडिकल कलेज पठाएको प्रहरीले जानकारी दियो। श्रीमती पक्राउ परेपछि किस्ट बैंकको सिइओ पदबाट राजीनामा दिन बाध्य उनका श्रीमान् कमल ज्ञवालीले नै गौरीलाई केएमसी भर्नाको 'च्यानल' मिलाएको स्रोतले जनायो।
गौरीको स्वास्थ्यमा समस्या देखिएकाले महानगरीय प्रहरी परिसर, काठमाडौंमा सम्पर्क गरेर निर्देशनअनुसार वीर अस्पताल लगिएको सिंहदरबार प्रभागका प्रहरी निरीक्षक निशान थापाले जानकारी दिए। 'वीरले परीक्षण गरेर केएमसी पठायो,' उनले नागरिकसँग भने, 'चिकित्सकले भर्ना गर्नुपर्छ भन्दै भर्ना लिए।'
काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत गोविन्द शर्माले गौरीबारे कुनै जानकारी दिन चाहेनन्। उनले 'अहिले प्रशासन बन्द भइसक्यो, भोलि फोन गर्नुस्, आइएम सरी' भन्दै फोन राखे।
सरकारी हिरासतमा रहेका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार सम्भव नभएमात्रै अन्य अस्पतालमा रेफर गर्नुपर्ने प्रावधान छ। तर, प्रहरी हिरासत छल्न आफन्त र चिकित्सकको मिलेमतो र प्रहरीको सहमतिमा पहुँचवाला बिरामी बनेर अस्पताल बस्ने गरेका छन्।
यसअघि ठगीको अभियोगमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएकी एभ्को इन्टरनेसनकी सञ्चालिका विनिता प्रधान पनि प्रहरी हिरासत छल्न स्वस्थ भए पनि गम्भीर बिरामी भन्दै वीर अस्पताल बसेकी थिइन्। किर्ते अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको गोविन्द संघाई २४ दिन नर्भिक बसेर सिधै धरौटीमा मुक्त भएका थिए।

0 comments:
Post a Comment