|
काठमाडौ, जेष्ठ २१ - पछिल्लो समय खुलेको कान्छो विद्यालय हो, भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल। २० रोपनीभन्दा बढी जग्गा चर्चेको यस स्कुलको चमकदमक पाँचतारे होटलजत्तिकै भव्य छ। सुकसुकाउँदो र विशाल खेल मैदान, पौडी पोखरी, बालबालिकाका खेल सामग्रीका सजावट अनि वातानुकूलित कक्षा कोठा तारे होटलकै हाराहारीमा छन्।
क्रमशः कक्षा थप्दै प्लस टूसम्म पुग्ने लक्ष्य लिएको राजषिर्ले यसै शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म पढाइ थालेको हो। विद्यार्थीहरू बिहान साढे ७ बजे नै स्कुल पुग्छन् र दिउँसो २ बजे घर र्फकन्छन्। राजषिर्ले भर्ना शुल्कबापत प्रत्येक विद्यार्थीबाट ७५ हजार रुपियाँ असुल्छ। नयाँ विद्यालय भएका कारण अधिकांश अभिभावकले डेढ लाखसम्म भर्ना शुल्क बुझाएर 'सहयोग' गरेको र २५ हजार रुपियाँ धरौटीचाहिँ विद्यार्थीले स्कुल छाडेमा फिर्ता हुने पि्रन्सिपल दिलीप रानामगरको दाबी छ।
स्कुलमा शुल्कबापत मासिक २५ हजार रुपियाँ बुझाउनुपर्छविभिन्न शीर्षकमा। जस्तो : ट्युसन फि १० हजार, खाना ५ हजार ५ सय, खेलकुद पाँच हजार, कम्प्युटर एक हजार, आईटी सहयोग एक हजार, यातायात २ हजार ५ सय। अहिले राजषिर्मा २३ जना विद्यार्थी छन्। एउटा कक्षामा बढीमा पाँच जना। प्रिन्सिपल रानामगरको दाबीलाई सत्य मान्ने हो भने विद्यालयमा एक विद्यार्थीबराबर एक शिक्षकको व्यवस्था छ। खानेकुराको 'मेनु' पनि पाँचतारे होटलको भन्दा कम छैन।
पि्रन्सिपलको दाबी अनुसार स्कुलका संस्थापकहरू राजेश चौधरी, अनुराग गिरी र अनिल शर्माले आफ्ना सन्तानका लागि भनेजस्तो स्कुल नपाएकाले राजषिर् खोलेका रहेछन्। अनुशासित, कर्मठ र राष्ट्रप्रेमी नागरकि उत्पादन यसको मूल लक्ष्य हो। एउटा विद्यार्थीबाटै यति शुल्क लिने विद्यालयले शिक्षकलाई चाहिँ कति तलब दिँदो हो ? यस्तो जिज्ञासा आउनु स्वाभाविकै हो। आर्थिक विभागका विजय श्रेष्ठ चलाखीपूर्वक जवाफ दिन्छन्, "सन्तोषजनक छ।"
यस्तै तारे विद्यालयको झल्को दिन्छ, रातो बंगला स्कुलले। केही वर्षअघिसम्म रातो बंगलाको प्रचार तारे विद्यालयका रूपमा भए पनि यसलाई उछिन्ने अरू विद्यालय आइसकेको बताउँछन्, प्रशासन प्रमुख श्रीराम शर्मा। रातो बंगलामा पनि शुल्कको पारो उच्च नै छ। १ कक्षाको शुल्क १८ हजार मासिक, भर्ना शुल्क फिर्ता हुने र नहुने गरेर ६० हजार रुपियाँ नाघ्छ। खानाचाहिँ अरूले जस्तो कन्टिनेन्टल होइन, विशुद्ध नेपाली खुवाउँछ, दाल, भात र तरकारी।
विद्यालय व्यवस्थापक उत्तम थापाको भनाइमा विद्यार्थीलाई दिइने शिक्षाका आधारमा शुल्क केही होइन। स्कुलमा विद्यार्थी र शिक्षकले एकदिन नेपाली मात्रै बोल्नुपर्छ, त्यो पनि अंग्रेजी नमिसाईकन। स्कुलले दैलेखमा सामुदायिक स्कुलमा सहयोग गररिहेकाले हुनेबाट लिएर नहुनेका बच्चालाई सेवा दिइरहेको र शिक्षकले पनि उल्लेख्य तलब पाएको दाबी थापाको छ। रातो बंगलाका शिक्षकले मासिक कम्तीमा २० हजारदेखि बढीमा ८० हजार रुपियाँसम्म तलब पाउने व्यवस्थापक थापाको भनाइ छ। रातो बंगलामा १ देखि १० कक्षासम्म ६ सय ३८ जना विद्यार्थी अध्ययनरत छन्।
सयौँ विद्यार्थीले भर्नाका लागि आवेदन दिँदा वर्षमा ५० जना छानिन्छन्। पाँच वर्षको बच्चाले परीक्षा दिएर पास हुनु वा नहुनु न्यायसंगत हो त ? व्यवस्थापक थापा भन्छन्, "त्यसो नगर्ने हो भने छनोट गर्नै सकिँदैन। अभिभावकहरूले गर्भको बच्चासमेत वेटिङ् लिस्ट (प्रतीक्षा सूची)मा राख्छौँ भन्छन्।"
उसो त रातो बंगलाले पनि विद्यार्थीलाई दिइने सुविधामा कुनै कमी ल्याएको छैन। सुविधासम्पन्न ल्याब, सूचनाप्रविधि, खेल मैदान र सामग्री, व्यवस्थित पुस्तकालय विद्यालयको विशेषता हो।
पि्रमियर इन्टरनेसनल पनि तारे विद्यालयकै सूचीमा पर्छ। भव्य भवन, आधुनिक ल्याब र नयाँ अध्ययन सामग्रीबाटै स्कुलको 'हैसियत' थाहा हुन्छ। स्कुलकी व्यवस्थापन संयोजक प्रविना थापाका अनुसार चर्को शुल्क लिने स्कुलका रूपमा प्रिमियरको नाम अगाडि आए पनि वास्तविकता त्यसो होइन। सबै खर्च जोड्दा १ कक्षाको शुल्क १७ हजार रुपियाँभन्दा बढी हुँदैन।
"एउटा कक्षामा ३० जनाभन्दा बढी बच्चा हुँदैनन्। तीनपटक खाना दिन्छौँ, खर्च त स्वाभाविक रूपमा बढ्छ नै," प्रविनाको तर्क छ, "अहिलेका प्रायः विद्यालयले ५० हजारभन्दा बढी भर्ना लिन थालेका छन्, हामीले त सेवा दिएर मात्र शुल्क लिएका हौँ।" शिक्षकलाई चाहिँ स्तर र क्षमता हेरेर तलब दिइने उनको भनाइ छ।
चम्किला मार्बलयुक्त भर्याङका खुड्किला, होटलका जस्ता शौचालय र सुविधासम्पन्न कक्षा कोठा, ठूलो खेल मैदान, आधुनिक डाइनिङ् हल यसका विशेषता हुन्। तारे स्कुलमा राख्न मिल्छ, रुपिज इन्टरनेसनललाई पनि। १ कक्षाभन्दा तल चारवटा कक्षा हुन्छन्। सबै हिसाब जोड्दा महिनाको १७ हजार तिर्नुपर्छ। स्कुल व्यवस्थापन संयोजक गीता पुरीका अनुसार रुपिजले लिने पैसा सेवाका आधारमा धेरै होइन, बरू थोरै हो। अभिभावकले खुसीसाथ दिएका पनि छन्। भर्ना शुल्क छ, ६० हजार रुपियाँ। ३० हजार विद्यार्थीले स्कुल छाड्दा फिर्ता हुन्छ। कन्टिनेन्टल, इन्डियन, नेपाली र इटालियन खाना पाक्छ स्कुलमा। फ्रेन्च, स्पेनिस, चाइनिज, हिन्दीलगायतका भाषा अतिरत्तिm विषयका रूपमा पढाइ हुन्छन्। पौडी पोखरी, मन लागेको वाद्ययन्त्र सिक्ने मौका, आधुनिक ल्याब, सूचनाप्रविधिको उच्च व्यवस्थापनले पनि स्कुलको सानलाई इंगित गर्छ। रुपिज त पाँचतारे होटलजस्तै रहेछ भन्ने संवाददाताको टिप्पणीमा गीता भन्छिन्, "जसरी लिए पनि भयो, हामी गुणस्तरमा सम्झौता गर्दैनौँ।" बर्सेनि सयौँले पढ्न रुचि देखाउनु यस कुराको पुष्टि भएको उनकोे तर्क छ। विद्यालयले एउटा कक्षामा २० जनाभन्दा बढी विद्यार्थी राख्दैन।
अर्को स्कुल छ, युलेन्स। करबि सात वर्षअघि स्थापित युलेन्समा ६ सय विद्यार्थी छन्। स्कुलका प्रिन्सिपल मेदिन लामिछानेका अनुसार एउटा विद्यार्थीले महिनामा करबि २० हजार रुपियाँ तिर्छन्। फिर्ता हुने र नहुने गरेर ८० हजार रुपियाँ भर्ना शुल्कबापत तिर्नुपर्छ। ७५ प्रतिशतले पूरा शुल्क तिर्छन्, २० प्रतिशतजतिले निःशुल्क पढ्छन्। हुनेबाट लिएर नहुनेलाई फाइदा पुर्याइरहेको लामिछानेको दाबी छ। पेसागत र जातिगत आधारमा अभिभावक छनोट भएपछि मात्रै तिनका केटाकेटीले भर्ना पाउँछन्। विभिन्न पेसा भएका अभिभावकका केटाकेटीले अनुभव आदानप्रदान गरून् भनेर यसो गरएिको पि्रन्सिपलको दाबी छ। भन्छन्, "कहिल्यै विज्ञापन नगरेको स्कुलमा विद्यार्थीको चाप थेगिनसक्नु हुन्छ ।"
केटा र केटी बराबरको संख्यामा लिने, भर्ना परीक्षा नलिने तर अभिभावकको अन्तर्वार्ता लिने चलन छ। विद्यार्थीका लागि युनिर्फम तोकिएको छैन। मेदिन भन्छन्, "यो सेनाको ब्यारेक होइन, बच्चाहरू रंगीचंगी कपडामा हिँडेकै सुहाउँछ।"
विषयगत रूपमा कोठा फेररिहनुपर्ने चलन छ स्कुलमा। दिनमा तीनपटक खाना दिइने स्कुलमा सबै किसिमका परकिार पाक्छन्, होटल या रेस्टुराँमा जस्तै। युलेन्सले शुल्क केही बढी लिए पनि आमस्कुलभन्दा फरक रहेकाले यसमा प्रश्न गर्नु नपर्ने उनको तर्क छ। भन्छन्, "भोलि कुनै कारणवश स्कुल बन्द भयो भने सम्पत्ति राष्ट्रियकरण हुन्छ, व्यक्तिको हुँदैन। तर, अरू सबैजसो विद्यालयको व्यक्तिगत सम्पत्तिमा जोडिन्छ।"
शिक्षकलाई विद्यालयले २० हजारभन्दा कम तलब दिँदैन। पाँचतारे भन्न लायक सुविधा यसमा पनि छन्। वातानुकूलित कक्षाकोठा, ठूला खेल मैदान, भव्य पुस्तकालय, सूचनाप्रविधिमा अब्बल व्यवस्था यसका विशेषता हुन्। राष्ट्रिय स्तरको होइन भन्न अप्ठ्यारो मान्नु नपर्ने पनि लामिछानेको भनाइ छ। लामिछाने आफूले अमेरकिाको शिक्षा पद्धति अध्ययन गरेर आएको र सोहीबमोजिम नेपालमा पनि लागू गर्न प्रयासरत रहेको सुनाउँछन्।
बि्रटिस स्कुल पनि तारे स्कुलमै गनिन्छ। नेपाली उच्च घरानियाँ केही र कामको सिलसिलामा नेपालमा कार्यरत युरोपियनका छोराछोरीले पढ्ने बि्रटिस स्कुलबारे सुरक्षाका कारण धेरै जानकारी दिन नमिल्ने स्कुलका कर्मचारी न्यान्सी खेतानको तर्क छ। उनले स्कुलका बारेमा धेरै जानकारी नमाग्न आग्रह गरनि्। मासिक ८० हजार नेपाली रुपियाँ शुल्क तिर्नुपर्ने बि्रटिस स्कुललाई पाँचतारे भनेर पनि नपुग्न सक्छ।
'धेरै जानकारी दिन नमिल्ने' अर्को स्कुल हो, लिंकन स्कुल। सुरक्षालाई मध्यनजर गरेर स्कुलका जानकारी सार्वजनिक नगरएिको भनाइ छ, प्रशासनकी कर्मचारी रेजिना थापाको। कूटनीतिक नियोगका कर्मचारीका छोराछोरी र केही नेपालीका सन्तान पढ्ने लिंकनले मासिक एक लाख नेपाली रुपियाँ शुल्कबापत लिन्छ। जानकारी सार्वजनिक गर्न नमिल्ने विद्यालय प्रशासनको दाबीले पनि पुष्टि गर्छ, यो स्कुल सार्वजनिक पहुँचभन्दा बाहिरै छ।
होटलहरूको स्तर मापन गर्न तारे भनिएजस्तै छन्, काठमाडौँका केही विद्यालय। तिनको शुल्क, खाना र दिइएको सुविधा तारेभन्दा कम छैनन् पनि। राजषिर् गुरुकुल, रातो बंगला, युलेन्स, लिंकन, बि्रटिस, रुपिज र पि्रमियर उच्च घरानियाका छोराछोरी पढ्ने विद्यालय हुन्।
पछिल्लो समय लगानीका हिसाबले पनि शिक्षामा व्यापारीकरण ह्वात्तै बढेको छ। बढी पैसा तिरेर आफ्ना केटाकेटीलाई पढाउन सके सामाजिक प्रतिष्ठा बढ्ने र पढाइ पनि अब्बल हुने लोभमा अभिभावकहरू देखिन्छन्। विद्यालयहरूको शुल्क अनुगमन र नियमनका लागि सम्बद्ध निकाय सक्रिय छैनन्। शिक्षाविद् विद्यानाथ कोइराला सरकारी र सामुदायिक विद्यालयको स्तर सुधारोन्मुख नभएसम्म निजी विद्यालय मोटाइरहने, अभिभावकले कमाइको अधिकांश हिस्सा केटाकेटीको शिक्षामा खर्चे पनि सन्तुष्ट हुन नसक्ने स्थिति रहिरहने टिप्पणी गर्छन्।
शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माका अनुसार सम्बन्धित जिल्लाको शिक्षा कार्यालयले अनुगमन गरेपछि मात्रै विद्यालयले अनुमति पाउँछन्। यस्ता विद्यालयले विभिन्न शीर्षकमा धेरै रकम असुल्दै आएको अभिभावकहरूको गुनासो छ। प्रवक्ता शर्मा भन्छन्, "उल्लेख गरेभन्दा बढी पैसा लिएका रहेछन् भने सम्बन्धित जिल्ला शिक्षा कार्यालयले त्यो फिर्ता गराउन पनि सक्छन्।"
रातो बंगला
भर्ना शुल्कः ६० हजार रुपियाँ
मासिक शुल्कः १८ हजार रुपियाँ
युलेन्स
भर्ना शुल्कः ७५ हजार रुपियाँ
मासिक शुल्कः २० हजार रुपियाँ
लिंकन
भर्ना शुल्कः उपलब्ध नभएको
मासिक शुल्कः एक लाख रुपियाँ
ब्रिटिस
भर्ना शुल्कः उपलब्ध नभएको
मासिक शुल्कः ८० हजार रुपियाँ
राजर्षि गुरुकुल
भर्ना शुल्कः ७५ हजार रुपियाँ
मासिक शुल्कः २५ हजार रुपियाँ
प्रिमियर इन्टरनेसनल
भर्ना शुल्कः ५० हजार रुपियाँ
मासिक शुल्कः १७ हजार रुपियाँ
रुपिज इन्टरनेसनल
भर्ना शुल्कः ६० हजार रुपियाँ
मासिक शुल्कः १८ हजार रुपियाँ
© नेपाल साप्ताहिक
|
0 comments:
Post a Comment