|
सप्तरी, १२ असार । पतिले तेजाब हालेर घाइते भएकी बकधुवा गाविस–७ महुलीकी ३० वर्षीया बद्रीमाया विश्वकर्र्मा हिजो सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छन् । छिमेकी पुरुषसँग बोलेकामा आफ्नो चरित्रमाथि लाञ्छना लगाउँदै कुटपिट गर्ने पति ४८ वर्षीय कृष्णबहादुर विश्वकर्माले सुतिरहेका बेला गुप्ताङमा तेजाब हालेर फरार भएको पीडितले बताइन् । सख्त घाइते बद्रीमायाको उपचारका लागि स्थानीय महिलाले पाँच हजार चन्दा संकलन गरी युनिक अस्पतालमा भर्ना गरिदिएको र सो अस्पतालले सिफारिस गरेपछि मङ्गलबार अपराह्न अञ्चल अस्पताल भर्ना गरेको महिला अधिकारकर्मी बकधुवा गाविस–९ की कुसुम आचार्यले\ बताउनुभयो । जेठी पत्नीले छाडेपछि कृष्णबहादुरले १३ वर्ष अघि बद्रीमायासँग बिहे गरेका थिए ।बद्रीमायातर्फ ११ वर्षकी छोरी र पाँच वर्षको छोरा छन् । घटनाका बारेमा महुली प्रहरी चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
|
0 comments:
Post a Comment