|
सबैको सोच हुन्छ आफ्नो र पार्टनरबिचको सम्बन्ध सुमधुर बनाउने। सबैले चाहिरहेका हुन्छन आफु बेस्ट पार्टनर बन्न। सफल जिन्दगीको लागि पनि समुधुर सम्बन्ध महत्वपुर्ण हुन्छ। तर कहिलेकहीं सम्बन्धमा खलबली आउन सक्छन। यस्ता खलबली चाडैं नै हट्नुपर्छ नत्र सम्बन्धमा खतरा श्रीजना हुन सक्छ। कसरि बन्ने त बेस्ट पार्टनर? आउनुहोस जानौं केहि टिप्स:
सरी, प्लिज, थ्यांक यु, वेलकम जस्ता शब्दहरुको प्रयोगले आदरको फिलिंग बढाउँछ त्यसैले यस्ता शब्दहरुको प्रयोग गर्नुहोस।
कयौं अनुसन्धानहरुमा पत्ता लागिसकेको कुरा हो कि Dull रिलेशन नै पछी गएर बिग्रन थाल्छ। त्यसैले कुनै पनि बोरिंग स्थिति श्रीजना हुन नदिनुहोस। आफ्नो पार्टनरलाई सरप्राइज दिन पनि कुनै नयाँ ठाउँमा घुम्न जानुहोस वा अन्य कुनै किसिमको सरप्राइज दिनुहोस।
हास्नु स्वास्थ्यका लागि मात्र हैन सम्बन्धका लागि पनि राम्रो हुन्छ। त्यसैले सानो सानो कुरामा पनि हसिदिनुहोस्, सकेसम्म नारिसाउनुहोस किनकि मानिसलाई साथी पनि त्यस्तो साथी राम्रो लाग्छ जो संग खुलेर हाँस्न पाइयोस।
ज्यादै नखरा नपर्नुहोस, किनकि रिलेशनको सुरुमा नखरालाई पार्टनरले झेले पनि लामो समयपछि त्यसले तपाईहरुबिचको सम्बन्धमा दरार ल्याउन सक्छ।
यदि पार्टनरलाई तपाईको जन्मदिन, एनिभर्सरी जस्ता महत्वपुर्ण दिनहरु याद रहदैन भने पनि यसलाई इस्स्यु नबनाउनुहोस केयारफुलनेस अरु कुराहरुबाट पनि झल्किन्छ।
सानोतिनो झगडा हुनु खासै ठुलो कुरा हैन, तर यसलाई इस्स्यु बनाएर लामो समयसम्म एकअर्कासंग नरिसाउनुहोस्। साथै झगडा पर्दा आफ्नो पार्टनरलाई सानो देखाउने वा उ/उनलाई होच्याएर बोल्ने कार्य नगर्नुहोस।
कुनै पनि कुरामा एकले अर्कालाई मदत र सपोर्ट गर्नुहोस।
रिलेशनशिप लामो समयसम्म चल्दै जाँदा रिलेशनशिपमा केहि अप्ठ्यारा परिस्थितिहरु पनि आउन सक्छन यसलाई मिलेर सल्टाउनुहोस्।
|
0 comments:
Post a Comment