Home » » आजबाट राजेश हमाल ४९ बर्षमा (फोटोफिचरसहित)

आजबाट राजेश हमाल ४९ बर्षमा (फोटोफिचरसहित)


काठमाडौ, जेष्ठ २६ - नेपाली चलचित्र क्षेत्रका महानायकको रुपमा कहलिएका राजेश हमाल आजबाट ४९ बर्ष लागेका छन् । सन् १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले झन्डै तीनसय नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनी सन् १९८५ देखि चलचित्र क्षेत्रसँग सम्बन्धित छन् ।
रुसका लागि नेपाली राजदुत बुवा चुडाबहादुरसँगै बसेर माध्यमिक तह पार गरेका हमालले निम्न माध्यमिक तहको अध्ययन पाल्पाबाटै सकाएका हुन् ।
उनी भारतको चण्डिगढ यूनिभर्सिटीबाट अंग्रेजी साहित्यमा स्नोकोत्तर छन् ।
सन् १९८८ मा यूगदेखि युगसम्म नामक चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हमालको कयौं फिल्म फ्लप भएपनि उनको क्यारिअरलाई कुनै असर गरेन् ।
उनले आफ्नो डेब्यू चलचित्रसँग बिभिन्न चलचित्रबाट दर्जन बढी राष्ट्रिय अवार्डसाथै बिशेष सम्मान र पुरस्कार पाएका छन् । अविवाहित हमालले यो बर्ष प्रेमीका मधुसँग विहेको चर्चा छ ।
फिल्मी क्यारिअर सुरु गरेको तेस्रो बर्षमै गरेको देउता चलचित्रको अभिनयबाट उनको लोकपि्रयता चुलिएको थियो । कलेजको आवारा केटाको अभिनयले यी सालिन व्यक्तित्वको अभिनेताको क्यारियरलाई उकालो लगाएको हो ।
त्यसपछि उनले काम गरेको पृथ्वी, जीवनसंघर्ष, चण्डाल, माटो बोल्छ, जुनतारा, कान्छा,नगद नारायणजस्ता चलचित्रले उनलाई नेपाली चलचित्र क्षेत्रका आइकनको रुपमा चिनायो । उनी नेपाली चलचित्र क्षेत्रका एकमात्र सुपरस्टार हुन् ।


0 comments:

Post a Comment

Find Us On Facebook