Home » » यौन हरेक दुःखको औषधि

यौन हरेक दुःखको औषधि


सम्भोगमा असक्षमताले दम्पतीबीच असमझदारी र तनाव त ल्याउँछ नै यसले पुरुषका लागि आफ्नो अभिमानमा पनि ठेस पुराउँछ । त्यसकारण यौन जिवनको सन्तुष्टीका लागि स्वस्थ जिवनयापन अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।
याद राख्नुहोला, महिलाले सबैभन्दा बढि एक दहि्रलो यौन सम्बन्ध नै चाहन्छन् । यो चाहना पूरा गर्नु पुरुषहरुका लागि फलामको च्यूरा चपाउनु जस्तै हुन्छ भन्दा फरक नपर्ला । यहाँ ६ वटा उपाय प्रस्तुत गरिएको छ जसलाई अपनाएर तपाइँ पुरुष मित्रहरुले आफ्नो यौन सम्बन्धलाई दहि्रलो बनाउन सक्नुहुन्छ :

मज्जाले पोषिलो खाना खानुहोस्, स्वस्थ र मजबुत रहनुहोस् – तपाइँको भोजनमा पोषक तत्वहरुको पर्याप्तता भयो भने त्यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्छ र यौन जिवनलाई दहि्रलो बनाउँछ । त्यसैले पोषिला तथा शक्ति दिने खानाहरु जस्तै अण्डा, ओखर लगायतका विभिन्न फलका गुदी, माछा मासु, दुध, सागपात जस्ता खाना नियमित खानुहोस् । तर जंक फूडबाट भने टाढा रहनुहोस् ।
व्यायाम पनि जरुरी हुन्छ – स्वस्थ पुरुष यौनिक रुपमा पनि तन्दुरुस्त नै हुन्छ । यौन इच्छा तथा यौन क्षमता बढाउन व्यायाम उत्तम उपाय हो । व्यायामले तनाव घटाउँछ र सरीरमा यौन हर्मोनको रुपमा रहेको टेष्टेस्टेरोन हर्मोनको उत्सर्जन बढाउँछ ।
धूमपान मध्यपान छाड्नुहोस् – तपाइँले सुन्नु भएकै होला की धूमपान मध्यपानले यौन जिवनमा असर गर्छ भन्ने कुरा । धूमपानले सरीरमा रक्त प्रवाहमा नकारात्मक असर पूराउँछ । यसले फोक्सोमा पनि असर पूराउँछ । जसले यौन क्षमता मात्र नभएर अरु सबै शारीरिक तथा मानसिक क्षमतामा नकारात्मक असर पूराउँछ । त्यस्तै मध्यपानले पनि सरीरमा नकारात्मक असर पूराउने र यौन उत्तेजनामा असर पूराउने बताइन्छ ।
हस्तमैथुन सन्तुलित गर्नुस्- हस्तमैथुन धेरै गर्नु राम्रो होइन । प्राकृतिक यौन सम्बन्ध्का लागि पनि केही कुरा बाँकी राख्नुहोस् । त्यसैले अति उत्तेजनालाई नियन्त्रण गर्नु राम्रो हुन्छ ।
सम्भोगका लागि सही आसन छान्नुहोस् – सम्भोगका लागि उपयुक्त आसन र नयाँ प्रयोगले पनि यौन जिवनलाई दह्रो तथा सुखमय बनाउन सहयोग गर्छ । मुखमैथुनले पनि पार्टनरबीच मनोवैज्ञानिक खुल्लापन र निकटलाई बढाइ यौन सम्बन्धलाई सुखमय बनाउँछ ।
बढि कसिला भित्री वस्त्र नलगाउनुहोस् – बढि कसिला भित्री वस्त्रले पनि यौन क्षमतामा असर पूराउँछ । यसले यौन तथा प्रजनन क्रियामै असर पूराउने वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । बढि कसिला पेन्टी लगाउँदा पुरुषको हकमा लिंगका कोषमा असर पुग्ने र लिंगमा रक्तप्रवाह गर्ने रक्तनली थुनिने खतरा हुँदा त्यसले लिंगको उत्तेजनामा असर पूराउँछ र यौन क्षमतामा नकारात्मक असर पुग्छ ।


यौन हरेक दुःखको औषधि

अस्वस्थ यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने बेग्लै कुरा, संसारमै सुखद् मानिने यो गतिविधिमा स्वस्थ रूपमा क्रियाशील हुनुहुन्छ र कुनै भ्रान्ति पाल्नुभएको छ भने आजैदेखि हटाउनुस् । विशेषज्ञहरूका अनुसार स्वस्थ यौनक्रिया सबैभन्दा राम्रो व्यायाम हो । यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । ‘स्वस्थ सम्भोग पौडी खेल्नुभन्दा राम्रो व्यायाम हो,’ जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चर्म तथा यौनरोग विभाग प्रमुख प्राडा अनिलकुमार झा भन्छन्, ‘पौडी खेल्दा शारीरिक व्यायाममात्र हुन्छ भने सम्भोगबाट मानसिक सन्तुष्टिसमेत पाइन्छ ।’ स्वस्थ यौनसम्बन्धबारेे समाजमा धेरै गलत धारणा भए पनि यो हरेक दृष्टिले फाइदाजनक रहेको उनी बताउँछन् ।
यौनक्रियाबारे वैज्ञानिक विश्लेषणको सुरुआत पूर्वीय समाजमै भएको उल्लेख गर्दै प्राडा झा समयसँगै पूर्वीय जोडीहरू नै यो अद्भुत सुखबारे गलत बुझाइमा रहेको सुनाउँछन् । ‘यौनक्रियासम्बद्ध पहिलो उत्कृष्ट विज्ञान कोकशास्त्र भारतीय उपमहाद्वीपमै आविष्कृत भएको हो,’ उनी भन्छन्, ‘यसमा जस्तो भरपर्दो वैज्ञानिक विश्लेषण अन्त कतै छैन । विदेशी विशेषज्ञले गर्ने धेरैजसो यौन अध्ययनसमेत कोकशास्त्रमै आधारित हुन्छन् ।’ उपत्यकाका मन्दिरका टुँडालहुँदी कुँदिएका आकृति र भारतको खजुराहो मन्दिरमा पाइने यौनक्रियासम्बद्ध प्रस्तर मूर्तिले मान्छेका यी गुप्त जिज्ञासालाई मेटाउन खोजेको झा सुनाउँछन् । ‘यौनक्रियाकलापले फाइदा नहुँदो त मन्दिरमा यस्ता चित्र किन कोरिन्थे ?’ उनी भन्छन्, ‘तर धेरै जनासँग सम्भोग सुख लिन खोज्दा फाइदा कम बेफाइदा बढी हुन्छ ।’ उनका अनुसार कोकशास्त्रमा विभिन्न आसनबारे वर्णन गरिनुको अर्थ ‘पार्टनर’ फेर्नु नभई एकै जनासँग भिन्नभिन्न तरिकाले आनन्द उठाउनु हो अर्थात् स्वस्थ यौन क्रियाकलापमा संलग्न हुनु हो । यौन गतिविधि स्वस्थ र नियमित रहे शरीरलाई धेरै फाइदा पुग्ने तथ्य विदेशमा गरिएका अध्ययनले समेत देखाएका छन् । नर्थ क्यारोलिना र पिटरबर्ग विश्वविश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार यौनक्रियाले शरीरमा ‘आक्सिटोसिन’ हार्मोनको मात्रा बढाउँछ । यसबाट यौनसाथीको आपसी सम्बन्धमा प्रगाढ हुन थाल्छ, एकअर्काप्रति विश्वास बढ्छ

0 comments:

Post a Comment

Find Us On Facebook