|
बेइजिङ । चिनियाँ प्रहरीले महिलालाई यौन हिंसाबाट बचाउन सार्वजनिक यातायातमा गर्मीका बेला मिनिस्कर्टजस्ता भड्किलो पहिरन नलगाउन आग्रह गरेको छ ।
राजधानी बेइजिङको लोक सुरक्षा ब्युरो सम्बद्ध यातायात विभागले महिलाका लागि यो निर्देशन जारी गरेको हो । पर्स वा पत्रिकाले अन्तरवस्त्र छोपेर बस्न र अग्लो सिट सिटमा सकेसम्म नबस्न प्रहरीले भनेको छ । पूर्व सतर्कता अपनाएमा अरु तस्वीर खिच्ने सम्भवना कमै हुने प्रहरीको सुझाव छ ।
सार्वजनिक यातायातमा सवारी गर्दा चिनियाँ महिलाले थुपै्र खाले उत्पीडनको सामना गर्नुपर्ने गरेको बताइन्छ । त्यहाँका अधिकांश बसमा क्यामेरा जडान गरिएको हुन्न । यस्तोमा यौन उत्पीडनसम्बन्धी उजुरीको छानविन गर्न प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । यस्तो घटनामा अरोपित पुरुषलाई बढीमा १५ दिनसम्म थुनामा राख्न सकिन्छ ।
चीनमा कम्युनिष्ट शासनको स्थापना हुने बित्तिकै माओत्से तुङले आधा आकास महिलाले भरिएको बताएका थिए । यति हुँदाहुँदै पनि चीनमा महिलाप्रतिको पूरानो सामाजिक परम्परा कायमै छ । सरकारी सेवा र निजी कम्पनीमा कार्यरत महिला र पुरुषको अनुपातमा ठुलो अन्तर छ।
|
0 comments:
Post a Comment