Home » » लोग्ने बिदेशमा,श्रीमति अर्केसँग

लोग्ने बिदेशमा,श्रीमति अर्केसँग


मकबानपुर हाँडीखोलाका राजन बर्तौला धन कमाउने आश बुन्दै खाँडी मुलुक साउदी पुगे । मरुभुमिमा पसिना बगाएर कमाएको पैसाले उनले रामैसगँ घरपरीबार धानी नै रहेका थिए ।

२ छोरीलाइ नाम चलेकै निजि स्कुलमा उनले भर्ना गरीदिएका थिए । बिहे गरे लगत्तै बाबुआमासँग झगडा गरेर छुटिटएका बर्तौलाले गाउ नजिकै एउटा कोठा भाडामा लिएर जहान परीबारलाइ त्यँहि राखेका थिए । श्रीमान बिदेशमा भएपछि उनकी श्रीमति कमला (नाम परीबर्तन) को फाइफुटटि नै अर्के थियो । २ आमाको छोरी भइसकेकी कमला श्रीमान बिदेशीएपछि आफुखुसीमा चल्न थालिन ।

डेरामै बस्ने बिक्रम तामाङ केटासगँ उनको हिमचिम बढदै गयो । नभन्दै एक दिन गाउँलेहरुले कमला र ब्रिकम सुतिरहेका बेला रंगेहात पक्राउ गरे । समाजमा मुख देखाउनै नहुने गरी उनिहरुले चर्चा चल्न थालेपछि उनिहरु गाउँ नै छाडेर भागे ।

श्रीमतिको नाममा पठाएको रकमले कमलाले आफनै नाममा जग्गा किनेकी रहिछिन । तर त्यो जग्गा ब्रिकमको नाममा छ । २ बर्षका लागि साउदी गएका राजन ४ बर्ष भयो नेपाल आउन मान्दैनन । २ छोरीहरु पनि कमलाको माइतमा छन । उनिहरुको अहिले बिचल्ली नै छ । श्रीमति र छोरीलाइ सुखका साथ पाल्ने सपना बोकेर धन कमाउन गएका राजनको यत्ति खेर जिन्दगी नै लुटिएको छ ।

कमला भने अहिले कलंकीको एक होटलमा भाडा माझदै दिन चलाउदैछिन । कलंकीमा एक दिन जम्काभेट हुदा कमलाले दिन बिग्रिन थालेपछि मति पनि बिग्रदै जादो रैछ के गर्नु न मर्न सकिदो रहेछ न जिउन, भनेर बताइएकी थिइन । बैदेशिक रोजगारमा गएकाहरुको धेरै धरपरीबार भताभुँग भएको छ । राजाराम र कमलाको मात्र होइन ।

त्यस्तै हेटौडा ८ कै प्रदिप श्रेष्ठ कतार गएको ९ महिनामै नै नेपाल फर्के । कारण थियो, श्रीमति प्रतिक्षा नाम परीबर्तनले आफनै फुपुको छोरा राजेशसगँ भागेर बिबाह गरीन । मामा र माइजुले भान्जा राजेशसँग बुहारीले लसपस थाहा पाएपछि उनिहरु भागेका हुन । आफनो ३ महिनाको गर्भ बोकेर प्रतिक्षा राजेशसगँ बिहे गर्न बाध्य भएन ।

आफनै मामाको बुहारी भगाएपछि कतारबाट नेपाल आए लगत्तै प्रदिपले प्रहरीमा उजुरी हाले । हाडनाता पर्ने भएपछि राजेश र प्रतिक्षा काठमाण्डौमा लुकेर बसे ।  दुबै जना अहिले नामै परीबर्तन गरेर राजधानीमै जिन तिन बाचिरहेका छन । उनिहरुको घरमा आउजाँउ छैन । उनिहरुकै कारणले मामा र आफनै घरपरीबारको समेत बोल चाल बन्द भएको छ ।

त्यस्तै श्रीमतिलाइ घरमा छाडेर मलेसिया गएका हेटौडा पदमपोखरीमा अर्जुन केसिले पनि नेपाल आए लगत्तै डिफोर्स लिए । बाबु आमाले नै  बुहारीको अन्य युबकहरुसगँ सम्बन्ध भएको कुरा लगाइदिएपछि उनले डिफोर्स दिएका हुन ।

३ छोरीकी आमा सुभद्रा नाम परीबर्तन अहिले कोटेश्बरमा चिया पसल खोलेर एक्लै बसिरहेकी छिन । श्रीमान बिदेशमा भएका अधिकाँशका श्रीमतिहरु अन्तै जाने क्रम बढिरहेको छ ।

यस्ता घटनाहरुको उजुरी प्रहरी समक्ष दिनहु जाने गरेको छ  । जोसमा होस पुरयाउदा उनिहरुको मात्र होइन पुरै परीबारकै जिन्दगी अन्धकारमय तिर गइरहेको छ ।
………………

0 comments:

Post a Comment

Find Us On Facebook