Home » » हेटौंडामा युवतीको सामूहिक बलत्कार, युवती हिड्न नसके पछि अस्पताल भर्ना

हेटौंडामा युवतीको सामूहिक बलत्कार, युवती हिड्न नसके पछि अस्पताल भर्ना


मकवानपुर जिल्लामा एकमहिलाको सामूहिक बलत्कार भएको छ ।
१८ बर्षीया कविता शर्मा (नाम परिवर्तन) लाई पाँच जनाको समूहका युवाले पालैपालो बलत्कार गरेको प्रहरीले जनाएको छ ।
कवितलाई बलत्कार गरेको अभियोगमा प्रहरीले हेटौंडा–४ का २५ बर्षीय सुरेश ढकाल, चितलाङ्ग–९ का २५ बर्षीय श्रीहरि अर्याल, २२ बर्षीय लक्ष्मण खत्री, भारत घर भई हेटौंडा–४, गोलक्वाटरमा रेस्टुरेन्ट संचालन गर्दै आएका २७ बर्षीय गोपी सरा र भीमफेदी–६ का १७ बर्षीय विकास लामालाई पक्राउ गरेको हो ।
उनीहरुले भीमफेदी–५ घर भई सिद्धार्थ उच्च माध्यामिक विद्यालयमा अध्यनरत कवितालाई ललाई फकाई सामूहिक बलत्कार गरेका हुन् । उनीहरुले कवितालाई हेटौडा–११ स्थित नारायणी गेष्टहाउसमा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ ।
सामूहिक बलत्कार पछि हिड्डूल गर्न नसके पछि कवितलाई उद्दार गरेर अस्पताल पुर्‍याईएको थियो । उनको सामूहकि बलत्कार पछि अवस्था गम्भीर भएको छ ।

0 comments:

Post a Comment

Find Us On Facebook