Home » » ४९ औं जन्मोत्सव मनाउंदा पनि राजेश हमाल एक्लै

४९ औं जन्मोत्सव मनाउंदा पनि राजेश हमाल एक्लै


नेपाली चलचित्रका महानायक राजेश हमाल हिजोदेखि मा ४९ वर्षमा प्रवेश गरेका छन् ।
हमालले युग देखि युग सम्म बाट फिल्मी यात्रा तय गरेका थिए । हमालले अहिले सम्म झण्डै सय चलचित्रमा काम गरिसकेका छन् । विकिपीडियाका अनुसार महानायक हमालको जन्म आजकै दिन अर्थात् वर्ष सन् १९६४ जुन ९ तारिखका दिन पाल्पाको तानसेनमा भएको थियो ।
सम्पन्न परिवारमा जन्मिएका हमालले सन् १९८६ मा राजधानीमा भएको एक कार्यक्रममा रयाम्पमा उत्रिएर ग्ल्यामरको दुनियाँमा प्रवेश गरेका थिए । पहिलो फिल्म नै सफल रहेको हमाललाई नेपाली फिल्म क्षेत्रमा महानायकको ‘दर्जा’ दिइएको छ ।
हमालले एक वर्षमा औसत १० देखि १२ चलचित्रमा अभिनय गर्ने गरेका छन् । उनले वर्ष सन् १९९४ मा एकैवर्षमा १६ वटा चलचित्रमा अभिनय गरेको विकिपीडियाको तथ्यांकले दर्शाएको छ ।
४९ औं जन्मदिन मनाउँदा समेत एक्लो रहेका हमाल यतिखेर भने विराटनगरकी मधु भट्टराई सँगको प्रेम सम्बन्धले धेरै चर्चा पाइरहेको छ । यसै वर्ष मधु सँग विवाह बन्धनमा बााधिने हल्ला यतिखेर कलिउडमा छ ।

0 comments:

Post a Comment

Find Us On Facebook